भर्खरै :

एसईईको परीक्षाफलमा मनपरी भएको हो ?

चैत ६ गतेबाट हुने भनिएको एसईई परीक्षा कोभिड – १९ को कारणले हुन सकेन । लामो समयसम्म त शिक्षा मन्त्रालय र परीक्षा बोर्डले परीक्षा सकेसम्म लिने निर्णय गरे पनि कोभिडको सङ्क्रमण घट्नुभन्दा झन् बढी भएपछि शिक्षा मन्त्रालयले एसईई परीक्षा लिने सम्भावना नदेखेपछि परीक्षा नलिने घोषणा शिक्षामन्त्रीबाट भयो । त्यसपछि नतिजाको लागि परीक्षा बोर्डले सबै जिम्मेवार सम्बन्धित विद्यालयलाई नै जिम्मा लगायो । विद्यालयको आन्तरिक मूल्याङ्कन र विद्यार्थीको आन्तरिक मूल्याङ्कनको आधारमा नतिजा निकाल्न तय गरियो । सबै विद्यालयले नै आफ्नो विद्यार्थीको मूल्याङ्कन गर्न पाउने भए । एसईई परिक्षाको नतिजा सोमबार प्रकाशित भयो । जसमा शतप्रतिशत पास भए । ग्रेडिङ प्रणाली आएपछि परीक्षामा ‘ए’ ग्रेड बाट सुरु भई ‘ई’ ग्रेडसम्म हुन्थ्यो र आंशिक परीक्षा दिन पर्दथ्यो ग्रेड नपुग्दा । तर, यसपालि त्यो भएन । सबै विद्यार्थीको परीक्षाफल सफल भए कसैको नराम्रो ग्रेड आएन । विद्यालयले आफ्नै मनोमानीरूपमा नतिजा निकाल्यो । विगतको परीक्षामा ‘ए’ प्लस आउनेको सङ्ख्याभन्दा यसपालि निकै नै फरक आयो । २०७२–२०७६ सम्मको ए प्लस ४ जनाको आउनेको सङ्ख्या योअनुसार छ । विगतको नतिजा हेर्दा जीपीए ४ ल्याउनेको सङ्ख्या कम छ । २०७२ मा २ जना, २०७३ मा ४ जना, २०७४ मा ७४ जना, २०७५ मा १०६ जना तर यसपटक जीपीए ४ ल्याउनेको सङ्ख्या किन नौ हजार ३ सय १९ जना रहेको छ । यो पालिको नतिजाको आधार हेर्दा बढी विद्यार्थीको जीपीए ४ आएको छ । यसैपालि परीक्षा पनि लिइएको छैन । यो हेर्दा विद्यालयले आफ्नो विद्यार्थीलाई कुनै पनि प्रयोगात्मक परीक्षाबिना नै परीक्षाफल तयार पारिएको देखिन्छ ।
एसईई परीक्षाको परीक्षाफलको आधारमा नै ं२ अध्ययन गर्न पाइन्छ । यो सरसरती हेर्दा अहिले जीपीए ४ ल्याउने जति ९३१९ छन् उनीहरूको भोलि कक्षा ११ र १२ मा पनि जीपीए ४ आउने सम्भव छ । अहिले जीपीए यति आए तापनि भोलिको दिन मा ११ र १२ को कक्षामा तिनै विद्यार्थी कुनै पनि विषयमा पास हुन नसकेर कटाउन धौ धौ गरेर भौतारिने अवस्था नआउला भन्न सकिन्न । त्यसैले आफ्नो विद्यालयको सान र आफ्नो विद्यार्थीको मानको लागि भए पनि विद्यालय र शिक्षकले सोच्नुपर्ने हो ? के यो जीपीएले विद्यालयको भविष्यको निर्धारण गर्छ । यो आधारमा नै जीपीए आए पनि अब आउने एसईईको ब्याचले पनि त्यो अहिले जीपीए ४ ल्याएको विद्यालयबाट यो पटक जति जनाको आएको छ उति नै ल्याउन सक्छ ? यो आधारमा हेर्दै जादा विद्यार्थीको आन्तरिक मूल्याङ्कनको आधारमा परीक्षाफल प्रकाशित गरे पनि भोलि त्यो मार्कसीटको आधारमा नै विद्यार्थीले ं २ र अन्य तहको परीक्षामा सफल होला ? अब यही जीपीएको आधारमा नै विद्यार्थीको जिवनको सुरुआत हुन्छ । तर, जीपीए ४ आएको छ तर त्यो विद्यार्थी पढाइमा कमजोर छ भने के जीपीए ४ ले काम ग¥यो ? के यो जीपीएले विद्यार्थीको जीवनमा असर पार्दैन ? जीपीए ४ आउने विद्यार्थी नि धेरै असफल हुन्छन् । विद्यालयमा पहिलो दोस्रो वा टप टेनमा पर्ने विद्यार्थीको मात्र जीपीए ४ आउँछ ? यो हेर्दा शिक्षकले नि भेदभाव गरिएको देखिन्छ । यो नतिजा हेर्दा गणितमा फेल हुने पनि पास भएका छन् । भोलि उनीहरूले कुनै गणितीय विषय पढेमा के उसले सजिलै कटाउन सक्छ ? त्यसले विद्यालयले यो नतिजामा विद्यालयको भविष्य नहेरी विद्यार्थीको भविष्य हेर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *