भर्खरै :

के झूटको राजनीति गर्नु धोका होइन ?

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीचको अन्तरकलह उचाइमा पुगेपछि अन्ततः समस्या समाधान सुझाव कार्यदल गठन भयो । पार्टी र सरकारको सम्पूर्ण जिम्मेवारी लिएर बसेका अध्यक्षद्वय ओली र दाहाल आन्तरिक विवाद मिलाउन असफल भए । दुई अध्यक्षको आन्तरिक विवाद कुनै सिद्धान्त र विचारको होइन । आन्तरिक विवाद मनपरीतन्त्रले भएको हो । प्रम ओलीले पार्टीको परामर्शविना राष्ट्रिय सवालका विषयमा निर्णय गर्नथाले । ओलीको मनपरीतन्त्रको झोकमा दाहालले प्रमको राजीनामा मागे । प्रम ओलीले पहिले गल्ती गरे, पछि दाहालले पनि गल्ती गरे । प्रम एक्लैले मनपरी निर्णय गर्नुहुँदैनथ्यो । मनपरी निर्णय गरेकै आधारमा पार्टी अध्यक्ष र प्रमबाट राजीनामा माग्नु हुँदैनथ्यो । यसरी दुवै अध्यक्षले गल्ती गरे ।
दुवै अध्यक्षले गरेको गल्ती सुधार्नुपथ्र्याे† सच्याउनुपथ्र्याे । तर, गल्ती सच्याउनुको सट्टा दुवै जना आक्रोशमा आए, आवेगमा आए । गल्ती सच्याउने तत्परता दुवैले देखाएनन्, देखाउन चाहेनन् । यसकै कारण दुवै जनाबीच वैमनस्यता बढ्यो । दुवैलाई गल्ती महसुस गर्न अप्ठेरो भयो । दुवैमा असहमतिको पारो चढ्यो । पछि त दुवैलाई बैठक बोलाउन, बैठक बस्न र भेटघाट गर्नसमेत समस्या देखियो । बोलचाल नै बन्द भयो । बोलचाल नै बन्द भएपछि विवाद कसरी सुल्झिन्छ ? परिणामतः समस्या समाधान कार्यदल बन्यो ।
कार्यदलले भदौ ६ गते प्रतिवेदन बुझायो । प्रतिवेदन अध्यक्षद्वय ओली र दाहाललाई बुझाइयो । कार्यदलको सुझावमा सरकार ओलीले चलाउने र पार्टी दाहालले हेर्ने जिम्मा तोक्यो । पार्टीकै परामर्शमा सरकार सञ्चालन गर्ने सुझाव दिइयो । प्रतिवेदनको अनुमोदन सदस्य सचिवालय र स्थायी समितिले गर्ने बताइएको छ । कार्यदलको प्रतिवेदन जस्ताको तस्तै लागू हुन्छ वा हेरफेर हुन्छ ? प्रतिवेदन कहिलेदेखि लागू हुने हो ? पारित प्रतिवेदन लागू हुन्छ हुँदैन ? प्रतिवेदनको कुरा दुई अध्यक्षलाई मान्य हुन्छ कि हुँदैन ? त्यो समयले देखाउनेछ ।
दुई अध्यक्षको अन्तरकलहमा पदको गन्ध छ । वास्तवमा दुई अध्यक्षबीच नेकपालाई माक्र्सवादी र लेनिनवादी सिद्धान्तलाई नेपालको माटो सुहाउँदो कसरी लागू गर्ने, तद्नुसार लागू भइरहेको छ कि छैन ? छैन भने लागू गर्न के कस्ता नीति र नियम बनाउने हो, नीति नियम लागू गर्न कसरी अघि बढ्ने सन्दर्भमा बहस हुनुपथ्र्याे । तर, त्यसबारे कुनै बहस भएन, चिन्ता र चासो राखेन । दुवै अध्यक्ष कोभन्दा को कम भन्ने चरित्रका छन् । दुवै अध्यक्षले लिएको वैचारिक लाइन गलत छ । दुवै अध्यक्षले पार्टीको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद र लेनिनवादलाई आत्मसात गरेनन्, गर्न चाहेनन् । यो नै नेकपाको कमजोरी हो । नेकपा सिद्धान्त एउटा व्यवहार अर्काे गर्दै छ । यो सिद्धान्तविपरीतको कुरा हो । यो नेपाली जनताको लागि धोका हो, यो झूटको राजनीति हो ।

One response to “के झूटको राजनीति गर्नु धोका होइन ?”

  1. जगनाथ सुजखु says:

    पुजीवादी राज्यसत्ता को लागि राजनीति गर्नेले सिद्धान्तको वकलत गर्नै सक्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *