लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
नेपालमा सिनेमा आउनुभन्दा धेरैै वर्ष पहिले ‘छायाको नाच’ (किपा प्याखँ) को मनोरञ्जन लिने गरिन्थ्यो । धागोको जोेर्नीले बत्तीको अगाडि मसिनो कालो धागो खेलाएर दुई पुतलीका हात, खुट्टा र जिउलाई चलाइन्थ्यो र त्यसको छाया पर्दामा पारिन्थ्यो । त्यसलाई ‘किपा प्याखँ’ भनिन्थ्यो । त्यसको अर्थ वास्तविक झगडा नभई पुतलीको खेल हुन्थ्यो ! कुनै व्यक्तिको इच्छाले देखाउने खेल ! छायाको खेलमा खलनायक र कुपात्रहरूलाई प्रहार हुन्न ।
वर्तमान नेपालको राजनैतिक, आर्थिक, शैक्षिक र सबै क्षेत्रमा फरक–फरक खेलाडीले नेपाल र नेपाली जनतालाई खेलाउँदै र भिडाउँदै छन् । तर, दोष प्रधानमन्त्री, मन्त्री, नेता रराजनैतिक दलहरू तथा ‘राजनीति’ शब्दप्रति लक्षित भएको देखिन्छ ।
उदाहरण हो – ‘हजार कन्टेनर सात महिनादेखि केरुङमा अलपत्र’ (नागरिक दैनिक, २०७७ भदौ १९) शीर्षकको समाचार । पत्रिकामा ‘रसुवागढी नजिकै केरुङमा भरिएका कन्टेनर’ को तस्बीर छ, हजार वटाभन्दा बढी कन्टेनरमा लत्ताकपडा, कम्प्युटर, फर्निचर, कच्चा पदार्थ, खाद्यान्न, इलेक्ट्रोनिक्स सामान, रेडिमेट गार्मेन्ट, जुत्ता–चप्पललगायत अर्बौँ रूपैयाँका सामानहरू छन् ।
नेपाल हिमालयन सीमापार वाणिज्य सङ्घका अध्यक्ष बच्चु पौडेलले भने, “रोकिएका ती सामान कहिलेसम्म आउने हो अझै निश्चित छैन ।” पौडेल अगाडि भन्छन्– “पछिल्लो समय चीनले सीमा नाकामा कडाइ गरेका कारण सामान ल्याउन कठिनाइ भएको हो । चीनमा कोरोना देखिएपछि केही समय रसुवागढीका स्थानीयले सामान ल्याउन अवरोध गरेका थिए ।”
पौडेलजीको भनाइ अर्धसत्य होला ! तर, यसको भित्री अर्थ चीनसँग नेपालको व्यापार सहजरूपले गराउन नदिने शक्तिको हात छ । पौडेल र रसुवाका स्थानीय जनता कुन राजनैतिक पार्टीबाट सञ्चालित छन् भन्ने कुरा प्रस्ट भएपछि पर्दाभित्र बसी देश र जनताको विरोधमा काम गर्ने अपराधी पत्ता लाग्छ । यसबारे नेपालको गुप्तचर विभाग, गृहमन्त्री र प्रधानमन्त्रीले चासो देखाएमा सबै कुरा प्रस्ट हुन्छ ।
नेपाल हिमालयन सीमापार वाणिज्य सङ्घका अध्यक्ष बच्चु पौडेलले भने, “रोकिएका ती सामान कहिलेसम्म आउने हो अझै निश्चित छैन ।” पौडेल अगाडि भन्छन्– “पछिल्लो समय चीनले सीमा नाकामा कडाइ गरेका कारण सामान ल्याउन कठिनाइ भएको हो । चीनमा कोरोना देखिएपछि केही समय रसुवागढीका स्थानीयले सामान ल्याउन अवरोध गरेका थिए ।”
पहिले तातोपानी नाकामा पनि हप्तौँसम्म सामान रोकिन्थ्यो । यसबारे शङ्का लागेर एक संसदीय समूह त्यहाँ पुगेर कर्मचारीहरूसँग सोध्दा जवाफ आयो – “भारतबाट चिनियाँ सामान नपठाउन मन्त्रालयमा दबाब दिइन्छ र भन्सारले सबै काम सिध्याइदिएपछि स्थानीय मानिसले सामान रोक्छन् ।”
सरकार अर्थात् गुप्तचर विभाग र प्रहरीलाई ती असम्बन्धित व्यक्तिहरूले भनेकै भरमा सामान नछोड्दा गृह मन्त्रालय र प्रहरीको हेडक्वार्टर किन मौन बस्छन् ? ती गुन्डाहरू अरू ठाउँबाटै सञ्चालित थिए, त्यसकारण नै तिनको अगाडि गृह मन्त्रालय र प्रहरी हेडक्वार्टर लाचार भए । सस्तो सामान नेपाल पस्दा महँगो भारतीय सामान बिक्दैन र नेपाली जनताले बाध्य भएर महँगो सामान किन्नुपर्ने हुन्छ । यस्तो प्रस्ट विषयमा राजनैतिक दल, नेता र कार्यकर्ताहरू किन मौन बस्ने ? राज्य स्वयम् गुन्डाहरूको अदबमा बस्नु दुःखदायी विषय हो ।
तराईको काठ महँगोमा पहाडतिर आउँदा १० ठाउँमा चौकीले रोक्छ तर तस्करी गरी सस्तो मोलमा विदेश पठाउने अपराधीहरूमाथि किन सरकार (गृह मन्त्रालय, गुप्तचर विभाग, प्रहरी हेडक्वार्टर र सेना) चुप लाग्छ ?
त्यस्तै, निकुञ्जहरूमा हात्ती, गैँडा वा अन्य दुर्लभ जन्तुहरू मर्छन् तर त्यहाँका कार्यालयका हाकिम र कर्मचारीहरू कहिल्यै कडा कारबाहीमा पर्दैनन्, किन ? विदेशबाट सञ्चालित नेपालविरोधी तत्वहरू विविध कारणले नेपाली वन्य–जन्तुको व्यापक हत्या गर्ने गर्छन् – विष दिएर वा गोली हानेर! अब छायायुद्धलाई अन्त्य गर्नु आवश्यक छ ।
Leave a Reply