भर्खरै :

भीष्म साहनी र कथाबारे साहनीको दृष्टिकोण

भीष्म साहनीको परिचय
प्रगतिवादी आन्दोलन १९३० पछि उँभो चढिरहेको यथार्थवादी परिणाम एवम् परिस्थितिलाई विकसित गर्ने आन्दोलन थियो । यस आन्दोलनले सामाजिकरूपमा परिपूर्ण यथार्थवादी कथा साहित्यको जग राख्यो । प्रगतिवादी साहित्यको प्रारम्भिक चरणमा रचनाको दृष्टिबाट नेतृत्व एवम् निर्देशन प्रेमचन्द, पन्त, निराला सशक्त रूपमा उडाए । यद्यपि, उपन्यासको माध्यमबाट माक्र्सवादी विचार जनतासम्म पु¥याउने प्रथम प्रयास राहुल साङ्कृत्यायनले ‘भागो नही दुनियाको बदलो’ को माध्यमबाट गरे ।
जहाँसम्म प्रगतिवादी कथा आन्दोलन र भीष्म साहनीका कथा साहित्यको प्रश्न उठ्छ, यसलाई कालको सीमामा सीमित गर्नु उचित हुँदैन । हिन्दी साहित्य लेखनमा समाजउन्मुखतर्फको लहर धेरै पहिला नवजागरण कालदेखि नै उठेको थियो । माक्र्सवादले त्यसमा एक अर्को आयाम थपेको थियो । यही माक्र्सवादी चिन्तनलाई मानवतावादी दृष्टिकोणसँग जोडेर जन जनसम्म पु¥याउनेमध्ये एक नाम भीष्म साहनी हो । स्वतन्त्रतापछिका लेखकहरू जस्तै भीष्म साहनी सहज मानवीय अनुभूतिहरू अनि तत्कालीन जीवनका अन्तरद्वन्द्वहरू लिएर अगाडि आए, त्यसलाई रचनाको विषय बनाए । जनवादी चेतनाका लेखक भीष्म साहनीको लेखकीय संवदेनाको आधार जनताका पीडा हुन् । व्यापक जनताप्रति समर्पित साहनीका लेखन यथार्थको ठोस जमिनमा आधारित हुन्छ ।
साहित्यकार साहनी कुरामात्र गरेर होइन बरु विषयको साँचो गहराइ नाप्नुलाई त्यति नै उचित सम्झन्थे । उनी आफ्नो साहित्यको माध्यमबाट सामाजिक विसङ्गति र सङ्घर्षका बन्धनहरू तोडेर अगाडि बढ्न आह्वान गर्दथे । उनका साहित्यमा सर्वत्र मानवीय करुणा, मानवीय मूल्य र नैतिकता पाइन्छ ।
भीष्म साहनीको जन्म ८ अगस्त १९१५ का दिन रावलपिण्डीमा एक साधारण मध्यम वर्गीय परिवारमा भएको थियो । उनी आफ्ना बुबा श्री हरवंश लाल साहनी तथा माता श्रीमती लक्ष्मी देवीका सातौँ सन्तान हुन् । १९३५ मा लाहोरको सरकारी क्याम्पसमा अङ्ग्रेजी विषयमा एम.ए. को परीक्षा उत्तीर्ण गरेपछि उनले डा. इन्द्रनाथ मदानको निर्देशनमा ‘ऋयलअभउत या तजभ जभचय ष्ल तजभ लयखभ’ि शीर्षकमा आफ्नो शोधकार्य सम्पन्न गरे । सन् १९४४ मा उनको विवाह शीलासँग भयो । उनको पहिलो कथा ‘अबला’ प्रवीणता क्याम्पसको पत्रिका ‘रावी’ मा तथा दोस्रो कथा ‘नीली आँखे’ अमृतरायको सम्पादकत्वमा ‘हंस’ मा छापियो । साहनीले झरोखे, कडियाँ, तमस, वसन्ती, मøयादास की माडी, कुंतो, नीलू नीलिमा नीलोफर नामक उपन्यासका अतिरिक्त भाग्यरेखा, पटरियाँ, पहला पाठ, भटकती राख, वाड चू, शोभायात्रा, निशाचर, पाली, प्रतिनिधि कहानियाँ र मेरी प्रिय कहानियाँ नामक दश कथा सङ्ग्रह सिर्जना गरे । नाटकको क्षेत्रमा पनि उनले हानूश, कबिरा खडा बजार में, माधवी मुआवजेजस्ता प्रसिद्धि प्राप्त नाटक लेखे । जीवनी साहित्यअन्तर्गत उनले मेरे भाइ बलराज, अपनी बात, मेंरे साक्षात्कार लेखे । बाल साहित्यअन्तर्गत वापसी, गुलेलका खेल सिर्जना गरेर साहित्यका हरेक विधामा आफ्नो कलम स्थापित गरे । आफ्नो मृत्युको केही दिनअघि उनले ‘आज के अतीत’ नामक आत्मकथा प्रकाशन गराए । ११ जुलाई २००३ मा उनको शरीर पञ्चतत्वमा विलिन भयो ।
स्वतन्त्र व्यक्तित्वका धनी साहनी गहिरो मानवीय संवेदनाका सशक्त हस्ताक्षर हुन् । जसले भारतको सामाजिक, राजनीतिक एवम् सांस्कृतिक यथार्थको स्पष्ट चित्र आफ्नो उपन्यासहरूमा प्रस्तुत गरे । उनको यथार्थवादी दृष्टिकोण उनको प्रगतिशील र माक्र्सवादी विचारको प्रतिफल हो । भीष्म साहनीको सबैभन्दा ठूलो विशेषता नै उनले जुन जीवन बिताए, जुन सङ्घर्षको सामना गरे, त्यसैलाई जस्ताको तस्तै आफ्नो रचनामा चित्रित गरे । यसकारण उनको लागि रचना कर्म एवम् जीवन धर्म फरक थिएन । उनी लेखनको सच्चाइ आफ्नो सच्चाइ मान्थे ।
कथाकारको रूपमा साहनीमा यशपाल एवम् प्रेमचन्दको गहिरो छाप छ । उनका कथामा अन्तरविरोधी त्यो जीवनको द्वन्द्व, विसङ्गतिले डुबेको मध्यम वर्गका साथै निम्न वर्गका जिजीविषा तथा सङ्घर्षशीलता उद्घाटन गरेको पाइन्छ । जनवादी कथा आन्दोलनको क्रममा साहनीले सामान्य जनताको आशा, आकाङ्Ôा, दुःख, पीडा, अभाव, सङ्घर्ष तथा विडम्बनालाई आफ्नो उपन्यासबाट ओझेलमा पर्न दिएनन् । नयाँ कथामा साहनीले कथा साहित्यको परम्परालाई भत्काएर निश्चित सामाजिक आधार दिए । एक भुक्तभोगीको हैसियतमा साहनीले विभाजनको दुर्भाग्यपूर्ण हिंस्रक इतिहास भोगे । जसको अभिव्यक्ति ‘तमस’ मा हामी प्रस्ट देख्छौँ । जहाँसम्म नारी मुक्ति समस्याको प्रश्न छ, साहनीले आफ्ना रचनामा नारीको व्यक्तित्व विकास, स्वतन्त्रता, एकाधिकार, आर्थिक स्वतन्त्रता, महिला शिक्षा तथा सामाजिक उत्तरदायित्व आदिमा महिलाहरूको ‘सम्मानजनक स्थिति’ को समर्थन गरे । एकतिरबाट हेर्दा साहनी प्रेमचन्दको पदचिह्नमा हिँडेर उनीभन्दा पनि निकै अगाडि बढे । साहनीका रचनाहरूमा सामाजिक अन्तरविरोध पूर्णरूपमा उजागर भएका छन् । राजनीतिक विचार वा दलीय पक्षधरताको आरोपबाट टाढा रहेका साहनीले भारतीय राजनीतिमा निरन्तर बढ्दो भ्रष्टाचार, नेताहरूको पाखण्डी प्रवृत्ति, चुनावको भ्रष्ट प्रणाली, राजनीतिमा धार्मिक भावना, साम्प्रदायिक भावना, जातिवादको दुरूपयोग, भाइ–भतिजावाद, नैतिक मूल्यमा ¥हास, व्यापकरूपमा आचरण भ्रष्ट, शोषणको षड्यन्त्रकारी प्रवृत्तिहरू एवम् राजनीतिक आदर्शहरूको खोक्रोपन आदिको चित्रण बढी प्रामाणिक र तटस्थताका साथ गरे । उनको सामाजिक बोध व्यक्तिगत अनुभवमा आधारित थियो । उनको उपन्यासमा शोषणहीन, समतामूलक प्रगतिशील समाजको रचना, पारिवारिक स्तरमा रुढीवादको विरोध तथा संयुक्त परिवारको पारस्परिक विघटनको स्थितिप्रति असन्तोष व्यक्त भएका छन् । साहनीको सांस्कृतिक दृष्टिकोण नितान्त वैज्ञानिक एवम् व्यवहारिक छ, जो निरन्तर परिमार्जन, परिशोधन र परिवद्र्धनको प्रक्रियाबाट अगाडि बढ्छ । प्रगतिशील दृष्टिको कारण उनी मूल्यमा आधारित यस्तो धर्मभावनाको पक्षधर छन् जो मानवमात्रको कल्याणप्रति प्रतिबद्ध तथा औचित्यपूर्ण छ ।
उनको साहित्यमा जहाँ एकातिर सहृदयता र सहानुभूति छ, त्यो नै अर्कोतिर जातीय तथा राष्ट्रिय स्वाभिमानको आगो पनि हो । उनी पुँजीवादी आधुनिकताबोध एवम् यथार्थवादी विचार धाराको अन्तरविरोध खुलाउँदै बढे । निम्न मध्यम वर्गका सशक्त रचनाकार साहनीले भारतीय समाजको आधुनिकीकरणको फलस्वरूप विश्व साम्राज्यवाद एवम् देशी पुँजीवादमा व्याप्त भ्रष्टाचारका उदाङ्ग्याउँदै रहे । उनले मध्ययुगीन सामन्ती व्यवस्थासँग सम्झौता गरेर पुँजीवादले आफ्नो बुर्जुवा संस्कृतिबाट लोकप्रिय भएको निम्नकोटीका बुर्जुवा संस्कारहरूको चित्रण गरेर प्रेमचन्दका परम्परालाई अगाडि बढाएको देखिन्छ । उनी एकतर्फ आधुनिकताबोधका विसङ्गति र विरानोपनको विरुद्ध लड्थे भने अर्कोतर्फ रुढीवादी अन्धविश्वासपूर्ण धार्मिक कुरीतिमाथि प्रहार गर्दथे ।
महिला पुरुष सम्बन्धको बारेमा साहनी भारतीय गृहस्थ जीवनमा महिला पुरुष जीवन रथको दुई पाङ्ग्राको रूपमा स्वीकार्छन् । विकास र सुखी जीवनको लागि महिला र पुरुषबीच आदर्श सन्तुलन र सामाञ्जस्य बनाइराख्नु अनिवार्य हुन्छ । उनका रचनामा सामाञ्जस्यपूर्ण जीवन जिउने आदर्श दम्पतीको धेरै महत्वका साथ रेखाङ्कित गरेका छन् । उनको विश्वास छ कि महिलाको लागि समुचित शिक्षा, आर्थिक स्वतन्त्रता र व्यक्तित्व विकासको सुविधा आदर्श समाज सिर्जनाको लागि नितान्त आवश्यक छ । उनी महिलाहरूको व्यक्तित्व विकासका पक्षपाती थिए । महिलाहरूले अवसर पाए आफ्नो उच्चतम विकास गर्नसक्दछन् । साहनी परम्परादेखि चल्दै आएको विवाहको अन्ध परम्परालाई अस्वीकार गर्दै भावनात्मक एकता एवम् रागात्मक अनुबन्धन विवाहको प्रमुख आधार मान्दथे ।
मानवीय मूल्यमा आधारित उनको धर्म भावनाले मानिसलाई मानिससँग जोड्दछ, पृथक बनाउँदैन । उनका उपन्यासहरूमा शोषणविहीन, समतामूलक प्रगतिशील समाजको स्थापनाको सँगै समाजमा व्याप्त आर्थिक विसङ्गतिहरूको त्रासद परिणाम, धर्मका विद्रुप अनि खोक्रोपन उद्घाटन गरेका छन् ।
माक्र्सवादबाट प्रभावित भएका कारण साहनी समाजमा व्याप्त आर्थिक विसङ्गतिहरूको त्रासद परिणामहरूको निकै गम्भीरतासँग अनुभव गर्दथे । उनी व्यापक जनतामाथि पँुजीवादी व्यवस्थाअन्तर्गत विभिन्न तरिकाबाट गरिने शोषण सामाजिक विकासमा सर्वाधिक बाधक र अमानवीय मान्दथे । वसन्ती, झरोखे, तमस, मøयादास की माडीजस्ता उपन्यासमा उनले आर्थिक विषमता अनि त्यसको दुःखद परिणामहरूको निकै मार्मिकरूपमा उद्घाटन गरे । जुन समाजको स्वार्थी कुचक्रको परिणाम हो । अनि यी दुःखद् स्थितिको लागि दोषपूर्ण समाज व्यवस्था उत्तरदायी छ । एक शिल्पीको रूपमा पनि उनी सिद्धहस्त कलाकार थिए । कथ्य एवम् वस्तुप्रति उनको सजगता र तत्परताका भाव थियो भने शिल्प सौन्दर्यप्रति पनि उनी निरन्तर सावधान रहन्थे ।
भीष्म साहनी प्रेमचन्दको समान जीवनका विसङ्गति र विडम्बनाहरू आफ्ना रचनामा अभिव्यक्ति प्रदान गर्दथे । हुन त उनी प्रेमचन्दले जस्तै ग्रामीण विषयवस्तु समाउन सक्दैनन् । यद्यपि परिवेशको समग्रतामा विषयवस्तु एवम् पात्रको अन्तरसम्बन्ध जुन प्रकारले खुलाउँथे अनि यी सम्बन्धमा जनताको मुक्तकामी सङ्घर्षलाई उजागर गर्दथे कि ती निश्चितरूपमा उनलाई केवल प्रेमचन्दको निकट पु¥याउँदैन बरु उनमा नयाँ भीष्म साहनी पनि जोडिएर आउँछ । आफ्नो रचनामा उनले जहाँ जीवनको तीतो यथार्थका प्रामाणिक चित्रण गरेका छन् त्यही व्यापक जनताको मङ्गलविधान गर्ने जनसेवकहरूको आदर्श पनि रेखाङ्कित गरेका छन् । आफ्नो यही कालजयी रचनाहरूको कारण भीष्म साहनी हिन्दी साहित्यमा युगान्तकारी उपन्यासकारको रूपमा चिरस्मरणीय रहनेछन् ।

गरिबी पनि एक पक्ष हो । मानिसको मस्तिष्कलाई उक्साउने विचार र विचारधारा पनि एउटा पक्ष हो । यस्ता पक्षहरूको कुनै अन्त छैन । ती आग्रहअनुसार लेखकको जिन्दगीलाई हेर्न र त्यसबाट लेखन कर्मको लागि विषयवस्तु चुन्न अनि उत्थान गर्न सहयोग पुगेको हुन्छ । साथै विस्तारै विस्तारै लेखकको लेखकीय व्यक्तित्व पनि निर्माण हुन थाल्दछ । बाल्यकालको संस्कार, जुन वातावरणमा शैशवकाल बित्यो, लेखकको दृष्टिकोण निर्धारण गर्नमा धेरै राम्रो भूमिका निर्वाह गरेको हुन्छ ।

मेरो कथायात्राको निष्कर्ष
आफ्नो लामो कथा यात्राको लेखाजोखा गर्नु सजिलो काम होइन । यस विषयमा केही प्रश्न छन्, म लेखनतिर किन उन्मुख भएँ ? गद्यलाई नै किन अभिव्यक्तिको माध्यम बनाएँ ? त्यसमा पनि कथा कहानीलाई नै किन चुनेँ ? यसप्रकारका प्रश्नहरूको उत्तर खोज्नु स्वयम् लेखकको लागि कठिन हुन्छ । बरु सर्वेक्षण गर्नु अलि सजिलो हुन्छ होला । कहानीलाई केन्द्रमा राखेर लेखकका प्रारम्भिक वर्षलाई प्रभावित पार्ने परिवेश र संस्कारहरूबारे गरिएका प्रश्नको उत्तर सँगसँगै त्यसका जवाफ उपलब्ध हुन थाल्छ होला । मेरा अधिकांश कहानीहरू यथार्थपरक रहेका छन् । मेरा कथाहरू व्यक्तिकेन्द्रित अथवा व्यक्तिको अन्तरमनमा मात्र केन्द्रित थिएनन् । बरु, कहीँ न कहीँ मेरा पात्रहरूको व्यवहार तथा गतिविधिमा बाहिरको गतिविधिको गहिरो प्रभाव परेका छन् । बरु यसो भनौँ, जुन विसङ्गति अथवा अन्तरविरोधलाई लिएर कहानी लेखियो, ती मात्र व्यक्तिगत स्थितिको अन्तरविरोध नभएर उसको आसपासको सामाजिक जीवनको अन्तरविरोध उसको व्यक्तिगत जीवन भएर लक्षित हुन्थ्यो भन्नु धेरै उपर्युक्त हुन्छ ।
यसै पनि हामी कुनै व्यक्तिको कहानी भछौँ भने त्यो एक व्यक्तिको मात्र कहानीमा सीमित हुनसक्दैन । त्यसमा एक प्रकारको व्यापकता आइहाल्छ । उसको मानसिकता, उसको दृष्टिकोण, उसको सङ्घर्ष आदि उसको मात्र नभएर तत्कालका मानिसको बन्न जान्छन् । ती पात्र आफ्नो समयका प्रतिनिधि बन्न जान्छ । यसकारण मानिसहरू यी कहानी पढ्थे । त्यसमा आफ्नो समयको सामान्य जीवनको बिम्ब देख्न पाइन्छ । अब आफ्नो परिवेशबाट लेखक के चुन्दछ ? र कुन छोड्छ ? कुन पक्षतिर उनी बढी आकर्षित हुन्छ ? कुन पक्षले उनलाई बढी उद्वेलित पार्छ ? कुन पक्षसँग उनको भावनात्मक स्तरमा सम्बन्ध जोडेको छ ? तीबाट निश्चय पनि हामी उनको लेखकीय व्यक्तित्वलाई निकै स्पष्टताका साथ बुझ्न सम्झन पाउँछौँ । महिला पुरुषबीचको यौनसम्बन्ध पनि एउटा पक्ष हो । गरिबी पनि एक पक्ष हो । मानिसको मस्तिष्कलाई उक्साउने विचार र विचारधारा पनि एउटा पक्ष हो । यस्ता पक्षहरूको कुनै अन्त छैन । ती आग्रहअनुसार लेखकको जिन्दगीलाई हेर्न र त्यसबाट लेखन कर्मको लागि विषयवस्तु चुन्न अनि उत्थान गर्न सहयोग पुगेको हुन्छ । साथै विस्तारै विस्तारै लेखकको लेखकीय व्यक्तित्व पनि निर्माण हुन थाल्दछ । बाल्यकालको संस्कार, जुन वातावरणमा शैशवकाल बित्यो, लेखकको दृष्टिकोण निर्धारण गर्नमा धेरै राम्रो भूमिका निर्वाह गरेको हुन्छ ।
धेरै पहिला बाल्यकालमा, रातको खाना खाएपछि परिवारका मान्छेहरू ठूलो कोठामा जम्मा हुन्थे । दुई दिदीबहिनी छेउको कोठामा जान्थे । किनभने अर्को दिन बिहानै उनीहरूलाई विद्यालय जानुपर्ने हुन्थ्यो । हामी दुई भाइ त्यही ठूलो कोठामा एउटा खातमा पल्टिन्छौँ । बुबा कोठामा यताउता ओहरदोहर गर्दै किसिम किसिमका घटनाहरूको टिप्पणी गर्नुहुन्थ्यो । अक्सर यी कुराको सम्बन्ध बाहिरी संसारसँग हुन्छ र बुबा बोल्दा बोल्दै प्रायजसो उत्तेजित बन्नुहुन्थ्यो । उनका कुरा पूराका पूरा बुझ्न सक्दिनथेँ । तर, उनको उत्तेजनाले अवश्य पनि मेरो मनलाई छुन्थ्यो, असर गर्दथ्यो । कहिले भन्नुहुन्थ्यो ः अङ्ग्रेजहरूले देशलाई लुटी खाएको छ । कहिले समाज सुधारको कुरा गर्नुहुन्थ्यो । म यी कुराहरू त बुझ्न सक्दिन थें । तर, मेरो भित्र कहीँ न कहीँ त्यसको उत्कट भावनाले मेरो मनमा प्रभाव छोड्दथ्यो । प्रायजसो यस्तै हुन्थ्यो । बाल्यकालमा हाम्रो दिमागले बुझ्नै नसके पनि हाम्रो सम्वेदनालाई निश्चय नै उद्वेलित बनाउँथ्यो । फेरि हामी पनि यस्ता धेरै घटना देख्थ्यौँ । म सानै थिएँ, टोलका मानिसहरूले एउटा मान्छेलाई पक्राउ गरे । उसलाई बिजुलीको खम्बामा बाँध्न थाले । उसलाई यति धेरै कसेर बाँधे कि उसको आँखा बाहिर आयो । उसलाई थप्पड र मुक्का हाने । उसलाई अर्धमृत बनाएर छोडियो । गलीमा प्रायजसो हल्ला हुन्थ्यो । एक रात फैजअली नामका एउटा मान्छे बन्चरो लिएर आफ्नै नातेदार वयोवृद्ध बुढाबुढी बस्ने घर बाहिर निस्क्यो । यसै पनि सुनसान रातमा कोही चिच्याएको सुनेर मन आतङ्कित हुन्थ्यो । फैजअली ढोकामा बारम्बार बन्चरोले प्रहार गर्दथ्यो । उच्च स्वरमा गाली गर्दथ्यो । घरको नजिकै एउटा ठूलो खुल्ला चौर थियो । जाडो दिनमा हरेक आइतबार कुकुरको झगडा आयोजना हुन्थ्यो । मान्छेहरू बाजी लगाउँथे । प्रथम बनेको कुकुर एक अर्कोमाथि छोडिदिन्थ्यो । उनीहरू एक अर्कोलाई टोक्थे । घाइते कुकुर लड्न नसकेर भाग्न खोज्थ्यो । तर, बाजी लगाउने मान्छेहरूले कुकुरलाई भाग्न दिन्थेनन् । ढुङ्गाले हानी हानी कुकुरलाई फर्काएर प्रतिस्पर्धीको अगाडि धपाउँथे । कतिपटक आपसमा लड्दथे । म एघार वर्षको हुँदा हाम्रो सहरमा पहिलो पटक हिन्दू मुस्लिम दङ्गा भएको थियो । त्यतिबेला मैले पहिलो पटक माथि उठेको आगोको लप्का देखेको थिएँ । आगोको लप्काले आधा आकाश पूरै रातो भएको थियो ।

लेखक किन लेख्छ ? भन्ने प्रश्नमा उत्तर पनि सायद यसैबाट पाउन सकिन्छ । जब कुनै साना बच्चा कागज पेन्सिल लिएर कागजमा बिरालोको चित्र रेखाङ्कित बनाउँछ भने त्यसको पछाडि जीवनको प्रतिध्वनि प्रस्तुत गर्ने उच्चतम उद्देश्य हुन्छ । सायद लेखकको प्रभावको पछाडि पनि यस्तै आग्रहले काम गरिरहेको हुन्छ । जीवनको कुनै पाटोले जसरी उसको मनमा छाप छोडेको छ, उसको प्रतिध्वनी प्रस्तुत गर्ने अभिलाशा त्यस्तै आग्रह अभिनयमा रहेको हुन्छ । साना बच्चाहरु नक्कल उतार्छन् । कहिले भेषभूषा बदलेर साधु बन्छन्, कहिले प्रहरी । उनीहरू पनि जीवनको प्रतिबिम्ब प्रस्तुत गरिरहेका हुन्छन् ।

यस्ता अनुभवले निश्चितरूपमा प्रभाव छोडेर जान्छ । तपाईँ पहिलो पटक आफ्नो परिवेशमा आँखा खोली राख्नुभएको छ भने बाल्यकालले हरेक दिन नयाँ–नयाँ अनुभव ल्याउँछ । एउटा संसार घरबाहिरको अनि एउटा घरभित्रको । घरभित्र नाता सम्बन्धको प्रभाव, भातइको, आमाबुबाको आदि । किसिम किसिमको हृदयानुभूति अनुभवको काखमा हाम्रो बाल्यकाल बितेको छ । अनि जीवनको पहिलो अनुभव भएको कारण त्यो अविस्मरणीय हुन्छ । मैले केही विस्तारमा यसको चर्चा गरेँ । तर, अनुभवको सङ्ग्रह त आजीवन बढ्दै जान्छ । जरुर पनि बाल्यकालको अनुभवबाट हाम्रो व्यक्तित्व पनि निर्माण गर्दछ । केही सीमासम्म दृष्टिकोण पनि दिन्छ ।
समय आएपछि कहिले हामी त्यस परिस्थितिविरुद्ध विद्रोह गर्नतिर लाग्छौँ । कहिले त्यस परिस्थितिअनुसार आफूलाई नै ढाल्छौँ । कुनै लेखकको संवेदनाले के कसरी व्यक्तित्व ग्रहण गर्छ ? यो नै बढी सोचनीय सवाल हो । मैले केवल यसको एक पक्षमाथि प्रकाश पार्ने कोसिस गरेको छु । मेरो लेखन किन कसरी समाजउन्मुख भयो ? यसै त आफ्नो वकालत गर्दा म यो पनि भन्न सक्छु कि जुन कालखण्डमा हामी बाँचिरहेका छौँ, त्यसमा लेखक बाह्यजगत उन्मुख हुनैपर्ने बाध्यता सिर्जना भएको थियो । हिरोशिमामा आणविक बम खसालेपछि संसारभरका मानिसको मन आतङ्कित भयो । ती दिनहरू रेडियो टेलिभिजनमा देश विदेशका खबर सुन्थ्यौँ । त्यसले हाम्रो संवेदनालाई नकोतरिकन बस्नै सक्दैनथे । अझ मेरो त मान्यता यही छ कि हाम्रो यहाँ भारतीय साहित्य उन्नाइसौँ शताब्दीदेखि यथार्थपरक र समाजउन्मुख हुन थालेको थियो । यसको एक उदाहरण बंकिमचन्द्र चट्टोपाध्याय, अनि भारतेन्दु र अनि प्रेमचन्द आदि थिए ।
यी सबै मेरो आफ्नो वकालतका आधार हुन् । प्रत्येक लेखक अन्ततः आफ्नो संवेदना, आफ्नो दृष्टिकोण र जीवनको आफ्नो बुझाइअनुसार लेख्छन् । हो, यति जरुर भन्छु, जीवनको प्रामाणिक अनुभवविहीन र मात्र विचारको बलमा लेखिएका रचना प्रायजसो अधकल्चो हुन जान्छ ।
आफ्नो सफाइको लागि एक अर्को कुरा भन्दिऔँ । मेरा धारणा छ कि साहित्यको केन्द्रमा मानव छ, व्यक्ति छ । तर, ती व्यक्ति अलग अलग छैनन्, आफ्नो समयका सम्पूर्ण एकाइ होइनन् । त्यसलाई बुझ्नको लागि उसको परिवेशमा पनि राख्नु जरुरी हुन्छ । किनकि धेरै सीमासम्म आफ्नो समयको परिणाम पनि हुनसक्छ । तर, आफ्नो परिवेशका हातको उनी कठपुतली हुनसक्दैनन् । लेखक आफ्नो परिवेशबाट धेरै विषय लिनसक्छन्, धेरै विषयवस्तु स्थगित पनि गर्न सक्छन् । यदि लेखकको साहित्य यात्रालाई सत्यको खोज नाम दियो भने गलत हुँदैन । लेखकको कलमबाट लेखिएको प्रत्येक वाक्य एक किसिमले सत्यको खोजीमा अग्रसर भइरहेको हुन्छ । जीवन दर्शन पनि गराइरहेको हुन्छ भने त्यसको पछाडि जीवनको सच्चाइसम्म पुग्ने र त्यसलाई उजागर गरेर पाठकसामुने राख्ने उद्देश्य रहेको हुन्छ । यसलाई पनि म लेखकको संवेदनाको नैसर्गिक गुण मान्दछु । जीवनको कुनै अन्तरविरोध जब लेखकलाई कलम उठाउन बाध्य पार्छ, त्यही क्षण त्यस अन्तरविरोधको पिँधसम्म पुग्ने कोसिस गर्न थाल्छ । त्यसमा छिपछिपे कुरा गरेर बस्न सक्दैन । उनी न त आफैँलाई झुठमा राख्न सक्छन् ? न त पाठकलाई । जहाँ झूठमा राख्न खोजिन्छ, त्यहाँ रचना पनि झूठैझूठ हुन जान्छ ।
लेखक किन लेख्छ ? भन्ने प्रश्नमा उत्तर पनि सायद यसैबाट पाउन सकिन्छ । जब कुनै साना बच्चा कागज पेन्सिल लिएर कागजमा बिरालोको चित्र रेखाङ्कित बनाउँछ भने त्यसको पछाडि जीवनको प्रतिध्वनि प्रस्तुत गर्ने उच्चतम उद्देश्य हुन्छ । सायद लेखकको प्रभावको पछाडि पनि यस्तै आग्रहले काम गरिरहेको हुन्छ । जीवनको कुनै पाटोले जसरी उसको मनमा छाप छोडेको छ, उसको प्रतिध्वनी प्रस्तुत गर्ने अभिलाशा त्यस्तै आग्रह अभिनयमा रहेको हुन्छ । साना बच्चाहरु नक्कल उतार्छन् । कहिले भेषभूषा बदलेर साधु बन्छन्, कहिले प्रहरी । उनीहरू पनि जीवनको प्रतिबिम्ब प्रस्तुत गरिरहेका हुन्छन् ।
साहित्य र जीवनमा धेरै ठूलो भिन्नता पनि हुन्छन् । साहित्यमा सम्भावना प्रमुख हुन्छ । साहित्यलाई हाम्रो जीवनको यथार्थसँग
साक्षात्कार गर्ने पनि मुख्यतः भावनाको माध्यमबाट हो । तर, जीवन व्यवहार भावनाको आधारमा मात्र चल्न सक्दैन । त्यहाँ आफ्नो हित, स्वार्थ, व्यवहार कुशलता, निर्मम प्रतिस्पर्धाको भावना आदि सबैले काम गरेका हुन्छन् । यही कारण हो कि स्वच्छन्द नायकले उपन्यासमा प्रभाव पार्छ । यथार्थ जीवनमा पनि ऊ त्यसरी नै व्यवहार गर्न थाल्छ भने निकै असङ्गत र अनौठो लाग्न थाल्छ । भावावेशमा व्यवहार गर्ने काम उपन्यासमा उपर्युक्त हुन्छ तर यथार्थ जीवनमा आदर्शवादी व्यक्ति प्रायजसो पिछडिएको व्यक्ति मानिन्छ । यथार्थ जीवनमा आफ्नो स्थान बनाउनको लागि जागरुकता, स्वार्थपना, आफ्नो अगाडि बढ्ने उत्कट इच्छा आदि हुनु जरुरी हुन्छ । यसकारण जीवनको यथार्थ र साहित्यको यथार्थमा एक किसिमको भिन्नता हुन्छ । साहित्यमा निश्चितरूपमा वास्तविकताको झल्को हुन्छ । यद्यपि साहित्य मूल्य मान्यतामा जोडिएको हुन्छ । यसकारण आदर्शवादीको लागि साहित्यमा धेरै ठूलो स्थान हुन्छ तर व्यावहारिक जीवनमा होइन । यस मूल्य मान्यतामा मानवीयता सबैभन्दा ठूलो मूल्य हुन्छ । यस दृष्टिकोणबाट साहित्य यथार्थमा जोडिएर पनि यथार्थबाट माथि उठेको हुन्छ । लेखकले यथार्थको चित्रण गरेर पनि पाठकलाई यथार्थभन्दा माथिल्लो स्तरसम्म पु¥याउँछ जहाँ हामी यथार्थ जीवनको गतिविधिको मूल्य मान्यताको जाँचमा अनुमान गर्दछौँ । जीवनलाई एक व्यापक परिप्रेक्ष्यमा हेर्दछौँ । यसमा सच्चाइको अतिरिक्त न्यायपूर्ण र जनहित अनि मानवीयता आदि पनि आउँछ । यथार्थको परखमा मात्र सही साबित हुने रचनाले हामीलाई उत्साहित बनाउँदैन । त्यसमा मानवीयता तथा त्यससँग जोडिएको अन्य मूल्य मान्यताको समावेश हुनु आवश्यक हुन्छ । रचनाले जति हामीलाई उच्चाइमा लैजान्छ, जति विशाल व्यापक दृष्टिकोण हामीलाई दिन्छ त्यति नै त्यो रचना हाम्रो लागि मूल्यवान हुन्छ । यो त रह्यो साहित्य विवेचनाको विषय ।
अन्तमा, लेखकको साहित्यिक प्रयास कहाँसम्म सफल भयो ? कहाँसम्म उनको सत्प्रयास भयो भन्न सकिन्छ ? कहाँसम्म उनले साहित्यका मागलाई पूरा गर्नसके ? यसको फैसला त पाठकहरूले नै गर्नेछन् ।
बिस्तारै बिस्तारै आफ्नो विशेष आग्रहअनुरूप लेख्ने लेखकको सानोतिनो व्यक्तित्व, सिर्जनात्मक व्यक्तित्व बन्न थाल्दछ । उसका रचनाहरूमा केही विशेषताको झल्को देख्न सकिन्छ । यही विशेषताले उसको पहिचान बनाउँछ । तर, बिस्तारै बिस्तारै त्यही विशेषता उसको सीमा पनि बन्न पुग्दछ । एकै प्रकारको कहानी लेखेर आफैँलाई दोहो¥याउन पनि थाल्दछ । उसको रचनामा एकै प्रकारको ध्वनी सुनाउन लाग्दछ । पहिला जुन उसको विशेषता थियो । त्यही उसको मूल स्वरूप बनिसकेको हुन्छ । लेखकको लागि यो निकै सोचनीय हुन जान्छ । नयाँ जमिन खन्ने जिन्दगीले नयाँ–नयाँ घुम्ती नाघिरहेको हुन्छ । त्यसप्रति जागरुक रहनु, विचारको धरातलमा जिद्दीपन आउन नदिनु, यो पनि लेखकको लागि उत्तिकै महत्वपूर्ण दायित्व हुन्छ । यो पनि सत्यको अन्वेषण र सत्यको खोजको अङ्ग हो । लेखकले आफ्नो संवेदनालाई सधैँ द्वन्द्वग्रस्त बनाइराख्नु हुँदैन । यसको लागि उन्मुक्त, सन्तुलित स्वच्छन्द दृष्टिकोण बनाइ राख्नुपर्छ । संवेदनशीलताको हिसाबले ग्रहणशील बनाइ राख्नुपर्छ । यी नितान्त आवश्यक छ । यस्ता केही निष्कर्ष छन् जो आफ्नो कथा यात्रामा मैले ग्रहण गरेको थिएँ ।
स्रोत ः हिन्दी गद्य कोश

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *