भर्खरै :

जनघनत्व बढी भए कोभिड पनि बढ्ने

(कोभिड–१९ सङ्क्रमण रोकथामको लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञामा केही खुकुलो गरेको थियो । साँझको ४ बजे काठमाडौँको बसन्तपुरमा कर्मचारी, विद्यार्थी र स्थानीय वडाध्यक्षबीच भेट हुन्छ । नमस्कार आदानप्रदान गर्छन् । देशको विषयमा सङ्क्षिप्त कुराकानी हुन्छ ।)
विद्यार्थी ः “बेलायती भारतले नेपालको काठ र ढुङ्गा ओसार्न सन् १९३० मै भारतको जयनगरदेखि नेपालको जनकपुरसम्म रेल चलाएको थियो । अहिले पनि त्यही भारतकै रेल ल्याइएको त हो नि !”
कर्मचारी ः “हामी कर्मचारी बोले बढ्ता भयो भन्नु होला । त्यही काठ र ढुङ्गा बोक्ने रेलको लिकमा भारतकै सहयोगमा कोइलाबाट चल्ने मानिस चढ्ने रेल गुडाइएको थियो ।”
वडाध्यक्ष ः “म त प्रमुख प्रतिपक्षी पार्टीबाट जनप्रतिनिधिमा निर्वाचित हँु । सरकारले गरेको गलत कामको विरोध गर्नु हाम्रो कर्तव्य हो । त्यतिबेला बेलायती–भारतले कोइलाबाट चल्ने रेल नेपाललाई सहयोग गरी उसले कोइला व्यापार गरेको थियो ।”
विद्यार्थी ः “भारतीय एकाधिकार पुँजीको प्रभावमा नेपाल भनेको यही त हो नि ¤ गोर्खा भर्ती केन्द्रको नाममा नेपाली युवा भारत र बेलायतको निम्ति भाडाको सिपाही बन्नुपर्छ ।”
कर्मचारी ः “बन्दुकसमेत भारतमा काम नलागेको नेपालले किन्नुपर्छ । अहिलेको रेल डिजेल बालेर विद्युत् निकाली चल्ने रहेछ । डिजेल भारतबाटै किन्नुपर्छ । त्यसैले, नेपाललाई त बिजुली रेल नै किन्नुपर्छ ।”
वडाध्यक्ष ः “नेपालमा भारतको निर्देशन मान्दिनँ भन्न सक्ने सरकार आजसम्म बनेकै छैन । सरकारले ८५ करोड रूपैयाँ र कर १५ करोडसमेत गरी १ अर्ब रूपैयाँमा भारतको कोँकण रेलवे कम्पनीसँग खरिद गरेको दावी ग¥यो । भारतीय रेलमन्त्री पियुस गोयलले ट्वीट गर्दै नेपाललाई अनुदानमा दिएको बताए ।”
विद्यार्थी ः “ती दुई…रेलको मूल्य भारतमा ४३ करोड २८ हजार पथ्र्यो तर नेपालले ८५ करोड रूपैयाँमा खरिद ग¥यो । कति घोटाला ¤ प्रम ओलीले पाँचौँ संविधान दिवसको भाषणमा भ्रष्टाचारीविरुद्ध बोल्दै ‘मुखमा पानी नहाल्ने’ दावी गरे । आफै भ्रष्टाचारी र गुन्डाको संरक्षण गर्ने !”
कर्मचारी ः “हामी विद्यार्थी हुँदा सरकारमा गएका यही नेताहरूले सन् १९५० को असमान सन्धि र सन् १९४७ को गोर्खा भर्ती केन्द्र खारेज गर्नुपर्ने सिकाएका थिए । निर्दलीय पञ्चायतको अन्त्य भई यी नेताहरू सरकारमा गएको पनि तीस वर्ष भयो । किनेको रेललाई भारतले अनुदानमा दिएको किन भनेको भनी प्रश्न गर्ने आँट गर्दैनन् ।”
वडाध्यक्ष ः “अब यी रेलले मान्छे बोक्ने हुन् कि चामल, दाल, तेल, चिनी र कृषि मल बोक्ने हुन ? सरकारमा गएकाहरू कृषिमल र चिनीसँगै कमिसन खान पल्केका हुन् । यिनीहरूले कहिल्यै नेपालमा कृषिमल र चिनी कारखाना नबनाउने भए । देशघातीहरू ¤”
विद्यार्थी ः “सन् २०१० मै भारतसँग जयनगरदेखि बर्दीवाससम्म ६९ किमी रेलमार्ग चौडा गर्न सहमति भएको रहेछ । त्यतिबेलादेखि रेल विभाग र सरकारका मन्त्रीहरू के गर्दै थिए ? अहिले रेल ल्याइसकेपछि चालक र अन्य कर्मचारी भारतीय नै राख्नुपर्ने भयो ¤”
कर्मचारी ः “हामी विद्यार्थीकालमा विराटनगरको जुध्द सलाई कारखाना पनि हेर्न गयौँ । गन्धक बनाउने कोठामा मान्छे थिएन, काँटीमा गन्धक…..हेर्न पाएनौँ । किन भनेर सोध्दा “गन्धक बनाउने भारतीय नै हुन्, नेपालीलाई सिकाइएको छैन” जवाफ दिइयो । स्थिति अहिले पनि उस्तै छ !”
वडाध्यक्ष ः “अहिलेसम्म सियो नबनाउने सरकारहरू नै हुन् । संसद्मा हाम्रा सांसदले उद्योगमन्त्रीसँग सियो कहिले बनाउने भनी प्रश्न सोध्नुभएको थियो । मन्त्रीको जवाफ थियो, “विस्तारै बन्छ ।” अन्तरिक्ष यात्राको जामानामा सियो बनाउन नसकेका सरकारहरू ¤”
विद्यार्थी ः “संविधान बनेको ५ वर्ष भयो । सरकारमा गएका पार्टीहरूले मौलिक हक कार्यान्वयनसम्बन्धी ऐन तोडमरोड गरी बनाए । संविधानमा १२ कक्षासम्म निःशुल्क हुने मौलिक हक राखिएको छ । तर, शिक्षासम्बन्धी ऐनमा निजी विद्यालय यथावत सञ्चालन हुने प्रावधान छ । यसरी यो सरकारबाट जनतालाई धोका भयो ।”
कर्मचारी ः “उद्योगी–व्यापारीहरूको सङ्गठनले राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर निषेधाज्ञा खुकुलो गर्न दबाब दिएको थिए । खुकुलोसँगै काठमाडौँ उपत्यकामा पनि कोभिड सङ्क्रमण बढ्दै छ ।”
वडाध्यक्ष ः “सरकारहरू कर्पोरेट, माफिया, गुन्डाको घेरामा भएको थप पुष्टि भयो । विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ भाइरस अझै धेरै समय रहिरहने र अब जाडो मौसम सुरुसँगै मानिसहरू घरभित्रै रहने हुँदा यसको सङ्क्रमण झन बढ्ने बताएको छ ।”
विद्यार्थी ः “हो, बेलायतमा कोभिड सङ्क्रमणको दोस्रो लहर सुरु भएको, इजरायलमा पुनः लकडाउन गरिएको, युरोपमा सङ्क्रमण बढेको पनि विश्व स्वास्थ्य सङ्गठनले बताएको छ ।”
कर्मचारी ः “विश्व स्वास्थ्य सङ्गठनले त जनघनत्व धेरै भएको ठाउँमा कोभिड सङ्क्रमण झन् बढेको बतायो । सरकारहरूले काठमाडौँ उपत्यकामा देशभरिका मानिस ल्याएर थुपारेका छन् । कोभिड सङ्क्रमणको खतरा पनि यहीँ देखिँदै छ । यसको तमाम दोष देशको सन्तुलित विकास नगर्ने तीस वर्षयताका सरकारहरू नै हुन् ।”
वडाध्यक्ष ः “साँझ प¥यो, अब घर जाने बेला पनि भयो । बाँकी अर्को भेटमा कुराकानी गरौँला !”
(पर्दा खस्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *