भर्खरै :

यसपालिको दसैँ औपचारिकता पु¥याएरमात्र मनाऔँ !

केही दिनपछि आ–आक्षनो परम्पराअनुसार यस वर्षको दसैँ हर्ष उल्लासका साथ मनाउन हामी गइरहेका छौँ । यस वर्षको दसँै सावधानी अपनाएर मनाउनुपर्ने देखिन्छ । कोरोनाको महामारीबाट नेपाल पनि पीडित छ । नेपालमा यो रोग समुदायस्तरमा बढ्दै छ । सञ्चारमाध्यममा आएअनुसार अहिले अस्पतालहरूमा कोरोनाबाट पीडित व्यक्तिहरू पीसीआर परीक्षण गराउन आएका, उपचार गरिरहेका बिरामीहरूको बिजोग हामीले देखिरहेका छौँ । आक्षनो मान्छे भयो भने परीक्षण, परिणाम र उपचार छिटो हुन्छ तर आक्षनो मान्छे छैन, गरिब छ भने बेहाल भएको हामीले सुनिरहेका छौँ । यो रोग लागेर बन्दाबन्दीमा बसिरहेका, उपचार गरिरहेका पीडित व्यक्ति र परिवारको कति मानसिक र शारीरिक पीडा रहेछ भन्ने कुरा उनीहरूको अनुभव सुन्दा मार्मिक हुन्छ । यो वर्षको दसैँ हामी जो जहाँ छौँ त्यही र परिवार भए परिवारका साथमा मात्र मनाउनु बुद्धिमानी हुनेछ । टीकाटालो गर्न, भेटघाट गर्न, भोजभतेर गर्न यसपालि आफन्तकहाँ नजानु उचित हुन्छ । किनकि रोग सङ्क्रमण हुने सम्भावना हुन्छ । मानिसको ठूलो धन भनेकै आक्षनो स्वास्थ्य हो । रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु बुद्धिमानी हो । यसपालिको दसैँको टीकाग्रहण, शुभकामना आदानप्रदान, भेटघाट फोन, मोवाइल र कम्प्युटरबाट गर्नु उपयुक्त देखिन्छ । यसको मतलब हामी अति डराउनु पनि ठीक होइन । यसले हाम्रो रोगसँग लड्ने रोग प्रतिरोध शक्ति कमजोर पार्छ । सावधानीका उपायहरू अपनाएर बस्नु राम्रो हुन्छ । अहिले धान काट्ने समय सुरू भएको छ । सुरक्षाका उपायहरू प्रयोग गरेर समयमा धान भित्र्याउनुपर्ने हुन्छ । त्यसैले यस वर्षको दसैँ औपचारिकतामा सीमित गरेरमात्र मनाउनु जाती हुन्छ ।
दसैँमा दक्षिणकाली, भद्रकाली, शोभा भगवती, गुजेश्वरी, पलाञ्चोक भगवतीलगायत नेपालका शक्तिपीठहरूमा धार्मिक मेला र पर्व लाग्ने गर्दछ । त्यहाँ लाखौँ मानिसहरूको भीड लाग्ने गर्दछ । त्यस्ता लाखौँ दर्शनार्थीहरूको भीड लाग्ने शक्तिपीठहरूमध्ये भक्तपुरको ब्रह्मायणी शक्ति पनि एक हो । दसैँमा यहाँ घटस्थापनादेखि ब्रह्मायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी गरी नौ वटा शक्तिपीठहरूमा क्रमशः नौ रात दश दिन ब्रह्मायणीबाट सुरू भएर दशमीको दिन ब्रह्मायणीमा नै समाप्त हुन्छ । यी पीठहरूमा दसैँको दिन बिहान बेलुका दर्शनार्थीहरूको भीड लाग्ने भएकोले यस वर्ष सावधानी अपनाउनुपर्ने हुन्छ ।
फूलपाटीको दिनमा राँगोको मासु घरमा भित्र्याउनुपर्ने परम्परा छ । परम्पराअनुसार घरमा मासु भित्र्याउन गुठीहरूले राँगो ढालेर भोज खाने चलन छ । त्यस राँगोको मासु काटकुट गरी भागबन्डा लगाएर घरमा लगिन्छ । घरको मान्छेले प्रक्रिया पु¥याएर घरमा भित्र्याइन्छ । यसरी गुठीका गुठीयारहरूले राँगो ढाल्दा, काटकुट गर्दा, भोज खाँदा सावधानी अपनाउनुपर्ने देखिन्छ । यदि कोही गुठीयार सङ्क्रमित भएमा, शङ्कास्पद भएमा लक्षणहरू देखिएमा सम्बन्धित गुठीका नाइके वा व्यक्तिलाई खबर गरी घरमै सुरक्षित हुनु राम्रो हुन्छ ।
दसैँको अष्टमीको दिन भक्तपुरको ब्रह्मायणीलगायत अन्य पीठहरूमा परिवार र नातेदारहरूका साथ हजारौँ मानिसहरू पूजा गरी कुखुरा, बोका, राँगोलाई बलि दिएर भोज खाने चलन छ । यसपालि कोरोनाको जोखिम भएको हुँदा पीठमा सबै नगइकन परिवारको मूल मान्छे र सहयोगी एकजनामात्र गएर सामान्य तरिकाले देउतालाई अन्डामात्र चढाएर पूजा गरी चाँडै फर्कँदा राम्रो हुन्छ । सकभर बलि नचढाऔँ र बलि नै चढाउनु परे घरमै ब्रह्मायणी माईको नाममा वा अन्य माईको नाममा पूजा गरेर बलि दिएर टीकाटालो लगाएर परिवारको बीचमा भोज खाँदा राम्रो हुने देखिन्छ । यस्तो गर्दा पीठमा मानिसहरूको भीड लाग्दैन र कोरोनाको सङ्क्रमणबाट सुरक्षित हुन्छ । पीठमा मानिसहरूको भीड हुने हुँदा जानेर वा नजानेर त्यहाँ सङ्क्रमित मानिस पनि आउन सक्छन् । रोगको लक्षण पनि त्यति नदेखिने हुँदा सङ्क्रमण हुने धेरै सम्भावना हुन्छ ।
नवमीको दिन खँमे (राँगो) जात्राको दिन हो । त्यस दिन महिषासुरको प्रतीक खँमेलाई भक्तपुरको गछेँस्थित नवदुर्गा गणको द्योछेँ (घर) मा विधिवत पूजा गरिन्छ । खँमेको जीउभरि रातो टीकाको रङ दलिन्छ । त्यसपछि खँमे जात्रा व्यवस्थापन समितिका स्वयम्सेवकहरूले व्यवस्थित गरेर कौतुहल र उल्लासका साथ नवदुर्गाको द्योछँेबाट खँमेलाई कुँडाएर ब्रह्मायणी पीठमा पु¥याउने काम सम्पन्न गरिन्छ । यस वर्ष कोरोना महामारीको कारण भीड गर्न नहुने भएकोले सम्बन्धित पक्षहरूसँगको सल्लाहमा दिउँसै कुनै उपयुक्त समयमा लानु राम्रो हुनेछ । स्वयम्सेवकको हकमा पहिलाको जस्तो धेरै नराखिकन ४०÷५० जनाको टोली बनाएर त्यसमध्ये ६÷७ जनाले मात्र डोरी समात्ने र अरू बाँकी छेउमा वरिपरि भौतिक दुरी कायम गरी बसेर सहयोग गर्दा राम्रो हुन्छ । उनीहरू खँमे लाने क्रममा नियन्त्रणभन्दा बाहिर जान खोज्यो भने त्यसबेला मद्दत गर्ने गरी बस्दा ठीक हुन्छ । मास्क त सबैले लगाउनै प¥यो । यस्तो गर्दा मानिसहरूको भीड कम हुने सम्भावना धेरै हुन्छ ।
दसैँको दसौँ दिन अर्थात् विजया दशमीको दिन ब्रह्मायणी पीठलगायत अन्य शक्ति पीठहरूमा बिहानदेखि बेलुकासम्म दर्शनार्थीहरूको भीड लाग्ने गरिन्छ । त्यसमा सकभर नजाँदा उचित हुन्छ । गइहाल्नुप¥यो भने दिउँसोतिर जाँदा उपयुक्त हुन्छ । त्यो बेलामा भीड अलि कम हुन्छ । भौतिक दुरी वा सुरक्षाको अन्य उपाय कायम गरेर पूजा गर्ने र देवगणलाई नमस्कार गरेर अलमल नगरी फर्कनु राम्रो हुन्छ । बाजागाजा र भजन समूह जानु भएन । यसले कोरोनाबाट बच्न धेरै मद्दत गर्दछ । जहाँसम्म दसँैको उपलक्ष्यमा मान्यजनबाट टीका लगाउने र प्रसाद ग्रहण गर्ने नाममा नातेदारहरूबीचमा भेटघाट गर्ने, भोज बोलाउने र जाने चलन छ, त्यसलाई यस वर्ष स्थगित गर्दा उचित हुन्छ । यस्तो बोलाउँदा, भेटघाट गर्दा, भोज खाँदा कोरोनाको जोखिम हुनसक्छ आएका मध्ये कसैलाई थाहा भएर या नभएर, सङ्क्रमित भए पनि मलाई केही भएको छैन भनेर गइदिँदा यो रोग अरू नातेदारहरूलाई सर्नसक्छ । कुनै सङ्क्रमितलाई त्यस्तो केही भएको छैन भन्दैमा सबैलाई त्यस्तै हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । ज्यानको जोखिम हुनसक्छ । हामी सुरक्षित रह्यौँ, स्वस्थ रह्यौँ र बाँच्यौँ भने अर्काे वर्ष वा पछि हामी दसैँ हर्ष उल्लास र धुमधामसँग मनाउन सक्छौँ । तर, हामी नै रहेन भने दसैँ मनाउनुको कुनै अर्थ छैन । यस वर्षको दसैँ औपचािरकतामात्र पु¥याएर मनाऔँ । कोरोनाबाट सबै बचौँ र बचाऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *