भर्खरै :

सक्वको म राजदास – ५३

सोभियत सरकार विदेश पलायन नहोस् भन्ने चाहन्थ्यो
पुस्तकमै हामीले धेरै खर्च ग¥यौँ । खाने लाउनेमा भन्दा बढी हामीले पुस्तक पत्रिकामै धेरै पैसा खर्च ग¥यौँ । भालेन्टिना र मैले आफ्नो इन्स्टिच्युटबाट प्रतिमहिना १२० रुवल स्टेपिन्ड पाउँथ्यौँ । मैले ९० रुवल र भालेन्टिनाले ३५ रुवल गरी जम्मा १२५ रुवल पाउँथ्यौँ । त्यसमध्ये ४–५ रुवल बिजुली, पानी र होस्टेलको भाडामा कटाइन्थ्यो । त्यसबाहेक हामी दुवै जना पालैपालो रातिराति कुनै कलकारखानामा काम गर्न जान्थ्यौँ र दिउँसो पढाइमा जान्थ्यौँ ।
तत्कालीन सोभियत सङ्घमा शारीरिकरूपमा काम जति गा¥हो हुन्थ्यो त्यति नै बढी पैसा आउँथ्यो । त्यसकारण, म अलि कठिन काममा जान्थेँ । भालेन्टिना अलि हलुको काममा जान्थिन् किनकि उनी दुई बच्चाकी आमा भइसकेकी थिइन् । गा¥होसा¥हो काम उनको लागि ठीक थिएन ।
त्यस्तै गा¥होसा¥हो काम खोज्दै जाँदा म एकचोटि एउटा छाला कारखानामा काम गर्न पुगेँ । बिदाको दिनमा दिउँसो काम गर्न जान्थेँ भने अरू दिन रातिराति काममा जान्थेँ । सोभियत सङ्घमा प्रायः सबै कलकारखानाहरू ८÷८ घण्टाको सिफ्टमा रातदिन वा २४ घण्टै चल्दथे ।
छाला कारखाना म बस्ने होस्टेलभन्दा धेरै टाढा थिएन । आधा घण्टा जति ट्राममा गए पुगिन्थ्यो । त्यसकारण, जान आउनमा धेरै समय लाग्दैनथ्यो । कारखाना ठूलो थियो र कारखाना पुग्नुअगावै टाढैबाट काँचो छाला कुहिएको दुर्गन्ध आउँथ्यो । दुर्गन्ध पनि आफूलाई मनपर्न थाल्यो । त्यही गाईगोरुको काँचो छालाको गन्धसँगै खाना खान सक्ने भएँ । पहिलो हप्ता त त्यहाँबाट फर्किँदा घरमा पनि खाना रुच्दैनथ्यो । काम सकाएर नुहाएर होस्टल फर्किँदासम्म शरीरबाट त्यही गन्ध आइरहन्थ्यो ।
छाला कारखानामा गाईगोरुको काँचो छाला प्रशोधनको लागि ल्याइन्थ्यो । सबभन्दा पहिले ठूलठूलो काठले बनेका घुम्ने ड्रमहरूमा राखेर छालाबाट रौँ निकालिन्थ्यो । सिमेन्ट पेल्ने बल–मील जस्तो ड्रमहरूभित्र पानीले भरिएका ड्रमहरूमा भर्खर ल्याइएको छाला (भुत्लासमेतको) राखिन्थ्यो र त्यसभित्र चुन हालेर मेसिनले ड्रम घुमाइन्थ्यो । चुना घोलिएको पानीले ती छालाका रौँहरू सबै झर्दथे अनि रौँ निस्किसकेको छाला उचालेर तातो हावा आइरहेका ठूलठूला सुरुङ्गहरूभित्र सुकाउने काम मेरो थियो । तातो हावा आफूतिर निरन्तर बहिरहन्थ्यो र गाईगोरुको सिङ्गो ग¥हुँगो छाला एउटा–एउटा उचालेर माथि अङ्कुसमा झुन्ड्याउनुपथ्र्याे ।
काम धेरै गा¥हो र गन्हाउने भए पनि पैसा राम्रो पाइन्थ्यो । कारखानाको सेक्सन इन्चार्जले छाला सुकाएको हिसाब राखेर अकाउन्ट सेक्सनमा पठाइदिन्थे र प्रतिगोटा छाला सुकाएको हिसाबले पैसा दिइन्थ्यो । महिनामा दुईचोटि तलब दिइन्थ्यो । एकचोटि आड्भान्स भनेर हिसाब नगरिकन अन्दाजले दिइन्थ्यो र महिनाको अन्तमा सबै हिसाब गरेर बाँकी पैसा दिइन्थ्यो ।
काम धेरै गा¥हो र कारखानाभित्रको दूषित वातावरणले गर्दा त्यहाँ मानिस त्यतिको काम गर्न रुचाउँदैनथे तर पनि छाला कारखाना एक महत्वपूर्ण उद्योग भएको हुनाले त्यहाँ काम गर्ने मानिसलाई अन्य ठाउँमा भन्दा बढी तलब सुविधा दिएर काममा तान्दथे र त्योभन्दा रमाइलो कुरा त्यहाँ काम गर्नुमा धेरै जना सानातिना अपराधी र कैदीहरू हुन्थे । दुव्र्यसनीमा लागेका केटीहरूलाई पनि त्यहाँ काम गराउन पुलिसको साथमा जेलबाट सीधै ल्याइन्थ्यो ।
त्यहाँ काम गर्नेमा सबैजसो रुसीहरू नै हुन्थे । त्यहाँ काम गर्ने मजस्तो एक दुई जनामात्र विदेशीहरू हुन्थे । मलाई देख्दा केटीहरू कुरा गर्न आउँथे र आ–आफ्नो परिचयका साथ कुराकानी गरेपछि म कुन अपराधमा परेको भनेर सोध्थे । उनीहरू सोच्दथे कि म पनि उनीहरूजस्तै कुनै अपराधी र कैदी हुँ नत्र एक भर्खरको २४–२५ वर्षको विदेशी केटो त्यस्तो ठाउँमा किन काम गर्न आउँथ्यो ¤
भालेन्टिना र म दुवैमा काम गर्ने र पढ्ने ठूलो जोश जाँगर थियो । त्यसकारण, हामीलाई आफ्नो पढाइको साथसाथै काम गर्नुपर्दा कुनै गुनासो र दुःख लाग्दैनथ्यो र हाँसीखुसीका साथ दुई छोराहरूलाई हामीले राम्ररी नै हुर्कायौँ ।
भालेन्टिना अरू कुरामा भन्दा पनि छिट्टै नेपाल जान पाउनेमा धेरै खुसी थिइन् । तत्कालीन सोभियत सङ्घमा रुसी नागरिकलाई सजिलै विदेश जान दिइन्नथ्यो र कुनै सङ्घसंस्थाबाट विदेश भ्रमणमा जाँदा समूहसमूहमा मात्र लगिन्थ्यो । नेपालमा पनि त्यसबेला सोभियत सङ्घबीच दौत्य सम्बन्ध कायम भएपछि वर्षैपिच्छे सरकारी डेलिगेसन र सांस्कृतिक टोलीहरू आइरहन्थे । तर, हरेक डेलिगेसन र सांस्कृतिक टोली समूहगतरूपमा आउँथे र कसैलाई पनि समूह (ग्रुप) बाट अलग जान दिइँदैनथ्यो । कसैले चाहेमा घुमफिर गर्न अथवा विदेश हेर्न जान त्यति सजिलो थिएन । त्यसकारण, धेरै रुसी केटीहरू विदेशी विद्यार्थी साथीसँग बिहे गरेर विदेश जान रुचाउँथे । यद्यपि, परोक्षरूपमा सरकारीतर्फबाट त्यस प्रकारको गतिविधिमा ठूलो निगरानी हुन्थ्यो । सोभियत सरकार सकेसम्म आफ्ना नागरिक विदेश पलायन नहोस् भन्ने हेक्का राख्दथ्यो ।
तर, विदेशी नागरिकसँग बिहे गरेर जान संविधानले रोकेको थिएन । त्यसकारण, तत्कालीन सोभियत सङ्घमा धेरै रुसी महिलाहरू विदेशीसँग बिहे गरेर जाने चलन चलेको थियो । दुई तीन वर्षमा नेपाल जाने पक्कापक्की देखिएपछि भालेन्टिनाले त्यसको लागि सोचविचार गर्न थालिन् र सबभन्दा पहिले उनले नेपालमा अथवा भनौँ मेरो गाउँ साँखुमा एउटा पुस्तकालय स्थापना गर्ने कुरा मलाई भनिन् । त्यसैको लागि हो मलाई हाम्रो विवाहको उपलक्ष्यमा भनी आफूसँग भएको ५० रुवल खर्च गरेर ५१ भोलुमको ‘बृहत् सोभियत इन्साइक्लोपेडिया’ एक थान उपहार दिएकी थिइन् । सोभियत इन्साइक्लोपेडिया सोभियत रुसमा जम्मा तीनपटक निकालिएको थियो । दोस्रोचोटि निकालिएको ‘ड गे्रट सोभियत इन्साइक्लोपेडिया’ थियो । अहिले त्यो इन्साइक्लोपेडिया रुसी बजारमा पाइँदैन र कुनै व्यक्तिसँग भए पनि विदेश पठाउन सरकारले निषेधित गरेको छ ।
सोभियत सङ्घमा पहिलो इन्साइक्लोपेडिया सन् १९२६–१९४७ बीचमा निकालिएको थियो । यसको भोलुम ६५ थान थियो । हिन्दी भाषामा इन्साइक्लोपेडियालाई ‘ज्ञानकोष’ भनिएको छ ।
दोस्रो सोभियत इन्साइक्लोपेडिया ५० भोलुममा (पछि एक भोलुम थपेर ५१ भोलुम बनाइएको) सन् १९५० देखि १९५८ बीचमा प्रकाशन गरिएको थियो ।
मलाई भालेन्टिनाले दिएको उपहार यही दोस्रो संस्करणको इन्साइक्लोपेडिया हो जुन आजसम्म मसँग सुरक्षित छ ।
सोभियत इन्साइक्लोपेडियाको तेस्रो संस्करण सन् १९६९ देखि १९७८ सम्मको समयमा प्रकाशित गरिएको हो । यो संस्करणमा ३० भोलुम रहेको छ ।
हामीले किनेको सोभियत इन्साइक्लोपेडियाका ५१ वटै भोलुम नेपाल पठायौँ र मेरा भाइ र उनीहरूका साथी भएर सबै पुस्तक काठमाडौँ पोस्ट अफिसबाट साँखुको हाम्रो घरमा राखिएको कुरा सुनेर हामी धेरै खुसी भयौँ । त्यसबाट उत्साहित भएर भालेन्टिना र मैले अरू धेरै विषयका थुप्रै पुस्तकहरू किन्दै नेपाल पठाउन थाल्यौँ । हामीले कमाएका धेरै पैसा यस्तैयस्तै पुस्तकहरू किनेर नेपाल पठाउनमै खर्च ग¥यौँ । अहिले मेरा दुई श्रीमती निर्मला र भालेन्टिनाको नाममा स्थापना गरेको ‘निभा पुस्तकालय’ मा झन्डै एक हजार जति विभिन्न विषयका रुसी भाषाका पुस्तकहरू छन् । रुसी भाषाबाहेक अङ्ग्रेजी, नेपाली, नेपालभाषाका गरी एउटा राम्रो सङ्कलन अध्ययनको लागि उपलब्ध छ पुस्तकालयमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *