भर्खरै :

कोभिड महामारीले देखायो पुँजीवाद र समाजवादको भिन्नता

(चालिसौँ नेपालभाषा साहित्य तःमुंज्याको पहिलो दिन नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेँले दिनुभएको मन्तव्यको सार–सङ्क्षेप)
सबै साथीहरूलाई सुस्वास्थ्यको कामना !  टोलटोलमा कोभिड सङ्क्रमितहरूको सहयोगमा दिनरात लागिपर्ने साथीहरूलाई जनताको अझ सेवा गर्न सक्नुहोला भन्ने शुभकामना व्यक्त गर्छु ।
गत वर्ष हामीले तःमुंज्याको दबुमा डा.अशोकानन्द मिश्रलाई सम्मान गरेका थियौँ । हिजो उहाँसँग फोनमा कुराकानी भयो । कुराकानीमा उहाँले भन्नुभयो, “म नमरूञ्जेल जनताको सेवा गर्नेछु । मर्नुअघि पनि बिरामी हेरेर मर्छु ।” एकथरी यस्ता चिकित्सकहरू हुनुहुन्छ भने अर्का थरी चिकित्सकहरू सेवाबाट भागिरहेका छन् । महामारीबाट जोगिन आफू कोठामा मात्र बस्ने गरेका छन् । पैसा कमाउने मौका यही हो भन्ने विचार गर्ने चिकित्सकहरू पनि छन् । त्यस्ता खराब विचार भएका चिकित्सकहरू आफ्नै मानिस भए पनि, पार्टीलाई चन्दा दिने भए पनि उनीहरूको विरोध गर्नुपर्छ । आफ्नै गोजीभित्र शत्रु बसेको हुनसक्छ । हामी सचेत रहनुपर्छ ।
कोभिड सङ्क्रमणले आजको भयावह रूप लिनसक्ने विषयमा हामीले सरकारलाई सुरूमै भनेका थियौँ । कोभिड सङ्क्रमण बढेसँगै भारतमा काम गरिरहेका नेपालीहरूलाई नेपाल फर्काउनेमा हामी पक्का थियौँ । आफ्नो देशका नागरिकलाई देश नभित्र्याउन पनि भन्न सकिन्न । सीमामा आएका नेपालीहरूलाई सीमामा नै परीक्षण गर्ने व्यवस्था गर्न सरकारलाई भनेका थियौँ । परीक्षणमा सङ्क्रमित फेला परे उपचार गर्ने बन्दोबस्त गर्नुपथ्र्यो । चुनावमा पैसा खर्चेर चुनाव जित्नेमात्र होइन, जनताको सेवा पनि गर्नुपर्छ । त्यसको निम्ति सरकारमा गएको दलले आफ्नै कार्यकर्ता पनि परिचालन गर्नुपर्ने हामीले भनेका थियौँ । तर, सरकारले ‘गरिब मर्दैमा केही हुँदैन । ज्यामीको अभाव हुँदैन । मेसिनले काम गर्छ’ भन्ने सोच पालेको देखियो । अमेरिकामा पनि यस्तै भयो । अमेरिकामा औषधि उपचार निकै महँगो हुने गरेको छ । अमेरिका बसेका नेपालीहरू पनि औषधि उपचार गर्न नेपालमा आउने गरेका छन् । अमेरिकाका अफ्रिकी–अमेरिकी काला वर्णका जनता उपचार नपाएर आज मरिरहेका छन् ।
कोभिडको महामारीको क्रममा संसारका कम्युनिस्ट सरकार भएका देशमा राम्रो बन्दोबस्त भयो । तर, कट्टर पुँजीवादी शासकहरूले शासन गरेका देशका जनताले दुःख पाए । आज संसारका जनताले कम्युनिस्ट को हुन् र अरू को हुन् भन्ने कुरा बुझ्दै छन् ।
भारतको अवस्थामा पनि त्यस्तै छ । भाजपा सरकारको जनविरोधी कामले जनतामा आक्रोश बढेको छ । महामारी फैलिएपछि सरकारले सबभन्दा पहिले रेल सेवा बन्द ग¥यो । यसले अवस्था झन् भयावह बन्यो । धेरै जनताले दुःख पाए । काम नपाएर पनि जनताले दुःख पाए । भारतका कति समाचार त बाहिर आएकै छैन । सहरी क्षेत्रको समाचारमात्र आएको छ । भारतमा भगवानले कोरोनाबाट जोगाउने प्रचार सरकारले नै ग¥यो । प्रम आफै कोरोनाबाट जोगाउने भन्दै भगवानको आरती गरे । भारतको खास तथ्याड्ढ त बाहिर आएकै छैन ।
नेपालमा यस्तै अवस्था आउन सक्ने भनी हामीले दिएको सुझाव मानेन । सरकारले भारतकै सल्लाह मानेको देखियो । त्यसकारण यहाँको अवस्था पनि अप्ठ्यारो बन्दै छ । नेपाल मजदुर किसान पार्टीका साथीहरूले कोभिड महामारीबाट जनतालाई जोगाउन दिनरात काम गरिरहनुभएको छ । मन्दिर बन्द गर्ने, चाडबाडलाई औपचारिकतामा सीमित गर्ने, प्रचार प्रसार गर्ने आदि गतिविधि नभएको भए महामारी अझै बढ्ने थियो ।
नेपाल–भारत सीमा बन्द गर्नुपर्छ भनी हामीले धेरै अघिदेखि भन्दै आएका हौँ । खुला सीमाको कारण अपराध बढेको छ, नेपालका महिला र केटाकेटी भारतमा बेचिँदै छन् । भारतमा नरबली दिने चलन भएकोले नेपालबाट केटाकेटी किनेर लगेर बलि दिने गरिएको छ । यो कुरा थाहा पाएर हामीले त्यसबारे सरकारलाई सचेत पा¥यौँ । तर, नेपाल सरकारले केही गरेन ।
भारतीय गुप्तचर विभागका प्रमुखले नेपालका प्रमलाई भेटेको चर्चा हामीले सुन्यौँ । भारतको गुप्तचर विभागका प्रमुखले नेपालका गुप्तचर प्रमुखलाई भेट्ने हो, नेपालको प्रधानमन्त्रीलाई भेट्ने होइन । केही दिनपछि भारतका सेनापति नेपाल आउँदै छन् । नेपाल आउने भारतका तिनै प्रधानसेनापतिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतकै भएको भनेका थिए । अझ उनले नेपालीलाई अरू देशले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भएको भन्न लगाएको समेत भने । उनले चीनले नेपाललाई यसो भन्न लगाएको भन्ने आशयमा यस्तो अभिव्यक्ति दिएका थिए । आफ्नो देशको भूभाग आफ्नो भन्न नेपाली जनतालाई अरू कुनै देशले भन्नुपर्दैन । भारत भन्ने देश नहुँदै त्यो क्षेत्र नेपालको हो ।
भारतका सेना प्रमुखको भनाइको खण्डन गर्नु जरूरी छ । त्यसविरूद्ध लेख्नु र बोल्नुपर्छ । जतिसुकै ठूलो देश भए पनि गलत काम गरे नेपोलियनको अवस्था झेल्नुपर्ने अवस्था आउन सक्छ । नेपोलियन ठूला सेनाप्रमुख थिए । तर, उनले आफ्नो जीवन सेन्ट हेलानामा बिताउनुप¥यो । हातहतियारले मात्र युद्ध जित्ने भए हिटलरसँग हातहतियारको कमी थिएन । अमेरिकाको हतियार व्यापार गर्न युद्ध उछाल्न खोजिरहेको छ ।
धेरै नेपालीहरू भारतमा सुरक्षाकर्मी, गार्ड, भरियाको काम गर्ने भएकाले भारतले नेपाललाई हेप्ने गर्छन् । उनीहरूले नेपाललाई नोकर–चाकरको देशको रूपमा हेर्छन् । नेपालमै नेपाली जनतालाई रोजगारी दिए यस्तो अवस्था आउने थिएन । भारतमा काम गर्ने नेपाली मजदुरहरूलाई दिनुपर्ने ज्यालामा पनि भारतीयहरूले शोषण गर्ने गर्छन् ।
पहिले अफ्रिकाबाट पनि यसरी मानिस अमेरिका र युरोपमा लगेर काममा लगाउने चलन थियो । तिनै अफ्रिकीहरूको सङ्ख्या आज अमेरिकामा धेरै भए । पुस्तौँपुस्ताको शोषणको कारण उनीहरू अहिले सचेत भए । सबै लडाइँमा आफूलाई उपयोग गरेको, उद्योग–कलकारखानामा पनि प्रयोग गरिएको भन्ने कुरा उनीहरूले बुझे । त्यसैले आज अफ्रिकी अमेरिकी जनता आफूमाथिको विभेद र अत्याचारविरूद्ध लडिरहेका छन् । अमेरिकी सरकारले त ती अफ्रिकी–अमेरिकीहरू अन्यत्र भागून् भन्ने चाहिरहेका छन् । उनीहरूलाई अमेरिकाबाट भगाउने व्यवहार भइरहेको छ । अफ्रिकी–अमेरिकीहरूलाई पशुजस्तै व्यवहार भइरहेको छ । तर, ती अफ्रिकी अमेरिकी जनता कहाँ जान्छन् ? अमेरिका उनीहरूको पनि देश हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले अफ्रिकी–अमेरिकी जनताको विरोध प्रदर्शन बढेपछि भने,“सरकारको विरोध गर्ने कि वामपन्थी कि आतङ्कवादी हुन् ।” उसको यस्तो कुरा सुनेर अमेरिकी जनता सबै उठ्दा राष्ट्रपति बड्ढरमा लुक्न बाध्य भए । जनताको प्रदर्शनमा गोली हमला भयो । राष्ट्रपतिले मनपरी बोल्दा आफूलाई अप्ठ्यारो परेको भन्दै सुरक्षा निकायका व्यक्तिहरू राष्ट्रपतिसँग रिसाए । ट्रम्प सरकारले पनि आफ्ना विरोधीलाई जोगाउन कोरोना रोकथाम नियन्त्रण गर्न पैसा खर्च गर्न तयार भएन । बरू त्यो भाइरस चीनबाट आएको भनी झूट बोलिरह्यो ।
ट्रम्पले आफ्नै विज्ञ सल्लाहकारहरूलाई पनि आफ्नो कुरा नमानेपछि पदबाट निकालिदिएका छन् । तर, अमेरिकी बुद्धिजीवीहरूले राष्ट्रपतिको विरोध गरेका छन् । उसका कतिपय सल्लाहकारहरूले त राष्ट्रपतिलाई मानसिक रोगको उपचार गर्नुपर्ने बताएका छन् । आफूले भनेको मान्नेलाई स्वीकार्ने नत्र निकालिदिने गरेको छ । ट्रम्प झूट बोल्छन् । चीनसँग मिलेर सस्तो माल बनाउने प्रस्ताव भएकोमा ट्रम्प उल्टो चीनले शोषण गरेको झूट बोल्छन् । जान्ने–बुझ्ने सबै ट्रम्पविरोधी छन् । ट्रम्प सरकारले जनतालाई धर्मको नाममा पनि झुक्याउने काम गरिरहेको छ ।
अमेरिकामा चुनाव हुँदै छ । अमेरिकी चुनावमा निकै कम प्रतिशत जनताले मात्र मतदान गर्ने गर्छन् । अमेरिकी चुनावमा गरिब जनतालाई मत नै हाल्न दिइँदैन । अमेरिकामा जस्तै अत्याचार कहीँ हुँदैन । त्यहाँ बसेर आएका विभिन्न साथीहरूका अनुभवबाट हामी यो कुरा अनुभव गर्छौँ ।
हामीले जनताबीच त्यहाँको वास्तविक अवस्थाबारे प्रचारलाई जारी राख्नुपर्छ । यस्तो प्रचार गर्नुको अर्थ समाजवाद र पुँजीवादको भेदबारे जनतालाई सचेत बनाउनु हो । अहिले पुँजीवादी देशका जनताले बल्ड्याङ खाएपछि स्वाद चाख्दै छन् ।
आफ्नै भाषा, जाति, धर्म र विचारबाहेक अरूलाई नमान्नु अतिराष्ट्रवाद हो । हिटलर र मुसोलिनीले पनि त्यही भनेका थिए । उनीहरूले संसारमा लडाइँ गरे । तर, कम्युनिस्ट र सबै जनता मिलेर उनीहरूलाई पराजित गरे । हिटलरको शासनमा जनतालाई ग्यास च्याम्बरमा राखेर मारिन्थ्यो । हिटलर पराजित भएपछि त्यसका दोषीहरू सबै अमेरिका भागे । उनीहरूलाई ज्यान सजाय दिइनुपथ्र्यो, तर दिइएन किनभने अमेरिकी शासकहरू त्यसपछि आफ्नो शत्रु कम्युनिस्टहरूलाई समाप्त गर्न उनीहरूलाई उपयोग गर्न चाहन्थ्यो । त्यसकारण उनीहरूलाई जोगाइयो । ब्राजिलका अहिलेका राष्ट्रपति बोल्सोनारोका बुबा पनि त्यस्तै व्यक्ति थिए । ट्रम्पले त्यस्तै व्यक्तिका सल्लाह मानिरहेका छन् ।
चीनबाट कोरोना भाइरस आएको भनी खुब प्रचार गरेर अमेरिकाले झूटलाई सत्य बनाउने कोसिस गरे । उहानमा कोरोना भाइरस देखिनेबित्तिकै चीनको राष्ट्रपतिले ट्रम्पसँग सहयोग मागे । कोरिया युद्धमा अमेरिकीहरूले जीवाणु प्रयोग गरेको हुनाले उनीहरूले नै कोरोना भाइरस बनाएको हुनसक्ने आशङ्काले चीनका राष्ट्रपतिले सहयोगको लागि आग्रह गरेको हुुनुपर्छ । तर, ट्रम्पले कान थुने । महामारी फैलिएपछि चीनले आफ्ना जनताको सुरक्षा पनि ग¥यो । रोगबारे
थप अध्ययन पनि ग¥यो । मुखमा मास्क लगाउँदा, बारम्बार हात धुन्दा, भीडभाडमा नजाँदा यो रोग नसर्ने कुरा पत्ता लगाए । सारा कार्यकर्ता र सेना परिचालन गरी रोग नियन्त्रणमा लागे । त्यस्तो काम अरू देशमा गर्न सम्भव थिएन । भारत र नेपालमा पनि चीनमा जस्तो काम हुनसकेन । अरू देशका जनता अनुशासित र गम्भीर पनि भएनन् । इटाली, फ्रान्सजस्ता देशमा फेरि सङ्क्रमणको लहर आएको छ । त्यहाँका जनतालाई हात धुनेदेखिका नियम सिकाउनुपर्ने अवस्था छ ।
भारतमा तल्लो जात, मुसलमान र गरिबलाई मान्छे नै गन्ने गर्दैन । अमेरिका, ब्राजिल र भारतका शासकहरूले जनताको पक्षमा काम गरिरहेका छैनन् । जनताको विरोधमा प्रतिक्रियावादीहरू सब मिलेर काम गरिरहेका छन् । उनीहरूको विरोधमा जनताले पनि मिलेर काम गर्न आवश्यक छ ।
पुँजीवादी देशहरू चीन र भारत मिले संसारका अरू कुनै शक्तिले नभ्याउने कुरा बुझेका छन् । त्यसकारण उनीहरू भारत र चीनबीच विभाजनको खेल खेलिरहेका छन् । बेलायती उपनिवेशवादीहरूले दुई सय वर्षअघि नै चीन र भारतबीच सीमा कोरिदियो । त्यत्तिबेला चीनमा अलमल थियो । पछि त्यही बेलायतले कोरेको सीमाको आधारमा लडाइँ भयो । भारतीयहरूलाई केही पनि थाहा नभएको भूमिमा लडाइँ हुँदा उनीहरू पराजित भए ।
साम्राज्यवादीहरू संसारका अरू देशमा मानिस आफ्नो तखतमा बस्नुपर्ने, नबसे विभाजित गर्ने जालझेल गर्छन् । संसारमा लडाइँ नभएपछि उनीहरूको हतियार बिक्री हुँदैन । उनीहरू आफू लड्नुपर्ने होइन, अरूलाई हतियार बेचेर पैसा कमाउन आपसमा जुधाउने काम गर्छन् ।
अमेरिकाले भारतलाई हातमा लिएर धेरै जनता र देशलाई तहसनहस बनाउन खोज्दै छ । जनतालाई यसबारे सचेत बनाउने काम गर्नुपर्छ । कुनै पनि ठाउँको नाम फेर्नुहुन्न । ठाउँको नाम भनेको इतिहास र परिचय हो ।
शत्रु को र मित्र हो भन्ने चिन्नुपर्छ । भारतीय जनता पनि भारत सरकारबाट पीडित छन् । ट्रम्प, मोदी र बोल्सोनारो मिलेर जनतालाई दुःख दिने काम भइरहेको छ । भारतीय नागरिकलाई नेपालमा काम गर्न नेपाली युवाहरूलाई वैदेशिक रोजगारीमा पठाउने गरेको छ ।
मजदुर–किसानकै पक्षमा हामीले साहित्य लेख्नुपर्छ । हामीले जनताकै सेवा गर्न साहित्य लेख्ने हो ।

One response to “कोभिड महामारीले देखायो पुँजीवाद र समाजवादको भिन्नता”

  1. sp muna says:

    Thik ho सहि कुरा हाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *