भर्खरै :

एङ्गेल्सको २०० औँ जन्म दिवस मनाइयो

काठमाडौँ, १३ मङ्सिर । विश्व सर्वहारा वर्गका गुरु एवम् दार्शनिक फ्रेडरिक एङ्गेल्सको २०० औँ जन्म दिवसको अवसरमा शनिबार नेपाल क्रान्तिकारी मजदुर सङ्घ केन्द्रीय समितिको आयोजनामा एङ्गेल्सका कृतिहरूमाथि परिचर्चा कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले संसारभर श्रमिक जनताको आन्दोलन र सङ्घर्ष उठिरहेको अवस्थामा मजदुर–किसानको राजनीतिक दलको सान्दर्भिकता बढ्दै गएको बताउनुभयो । उहाँले निश्चित परिस्थितिमा राजनीतिक दलको जन्म हुने र परिस्थितिमा आएको परिवर्तनअनुसार दलहरूले काम गर्न नसके समयसँगै तिनीहरू ¥हास हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “एङ्गेल्सका ‘समाजवादः काल्पनिक वा वैज्ञानिक, साम्यवादका सिद्धान्त, जर्मनी र फ्रान्सका किसानहरूको आन्दोलन, माक्र्सको समाधिस्थलमा दिनुभएको भाषण आदि कृतिको पनि चर्चा हुन आवश्यक छ । उहाँले विभिन्न देशका कम्युनिस्ट र मजदुर पार्टीलाई दिनुभएको सल्लाहको अध्ययन गर्न जरुरी छ ।”
अध्यक्ष बिजुक्छेँले दिवस र जन्म जयन्ती मनाउँदा सम्बन्धित व्यक्तिका कृति र योगदानबारे अघिबाट नै अध्ययन थाल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल प्राध्यापक समाजका उपाध्यक्ष प्रकाश धौबजीश्रेष्ठले एङ्गेल्सको कृति ‘परिवार, निजी सम्पत्ति र राज्यसत्ताको उत्पत्ति’ कृतिबारे चर्चा गर्दै मानव समाजको विकासक्रममा माक्र्सवादी दृष्टिकोणबारे प्रकाश पार्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले एङ्गेल्सले काम गर्दाताकाको युरोपबारे प्रकाश पार्नुभयो । उहाँले माक्र्ससँग एङ्गेल्सको वैचारिक मित्रता उदाहरणीय भएको बताउनुभयो । एङ्गेल्सको कृति ‘बेलायतका मजदुरवर्गको अवस्था’बारे चर्चा गर्दै तत्कालीन बेलायती मजदुरहरूको दयनीय अवस्थाले उहाँलाई माक्र्ससँग नजिक पु¥याएको बताउनुभयो ।
कार्यक्रममा नेक्रामसङ्घका उपाध्यक्ष उपेन्द्र सुवाल र सचिव राजवीर डंगोलले पनि बोल्नुभएको थियो ।
यसैबीच एङ्गेल्सको २०० औँ जन्म दिवसको अवसरमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर नगर समितिको आयोजनामा अनलाइन प्रवचन कार्यक्रम शनिबार भयो ।
कार्यक्रमका नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले माक्र्स र एङ्गेल्सको सामूहिक सैद्धान्तिक छलफलबाट नै सर्वहारा वर्गको मुक्तिको सिद्धान्त कम्युनिस्ट घोषणापत्र प्रकाशित भएको उल्लेख गर्नुभयो ।
माक्र्सवादको एउटा मुख्य कृति ‘पुँजी’ प्रकाशित गर्न एङ्गेल्सको प्रमुख भूमिका रहेको प्रस्ट पार्दै एङ्गेल्स माक्र्सको सहयोगी मात्र नभई माक्र्सको निधनपश्चात् माक्र्सवादलाई जोगाउन अनेक विरोधीहरूसँग सैद्धान्तिक सङ्घर्षमा होमिने परिपक्व व्यक्तित्व र असल सङ्गठनकर्ता हुनुहुन्छ, भन्नुभयो ।
नेक्राविसङ्घ २३ औँ भक्तपुर जिल्ला सम्मेलन तयारी समितिका दिनेश खड्कीले कम्युनिस्ट पार्टीको सङ्गठनलाई जनतामाझ फैलाउनको लागि सैद्धान्तिक स्पष्टता र व्यावहारिक चुष्टता आवश्यक हुने बताउँदै सम्पूर्ण विद्यार्थीले सैद्धान्तिक छलफललाई जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आयोजक समितिका अध्यक्ष प्रवीण प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा मनिष गोरा, सविता त्वायनावासु, प्रिया भट्ट, अनिता लाखा, सम्राट प्रजापति, सत्यनारायण सिजख्वलगायतले बोल्नुभएको थियो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *