लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
अन्ततः शासक दल नेकपा देखिने गरी विभाजित भयो । हिजोसम्म भित्रभित्रै चिराचिरा परिरहेको थियो, आज फुट्यो । यो अनपेक्षित थिएन । तीन वर्ष पनि सरकार नचलाउँदै र ‘एकता’ को यात्रा दुई वर्ष पनि पूरा नहुँदै फुट्न पुग्यो । चार–पाँच महिनापछि हुने महाधिवेशनसम्म सँगै जाने समेत इच्छा तिनमा बाँकी रहेन । घोषित महाधिवेशनमा कुर्ने धैर्य नदेखाई यति छिट्टै ती किन फुटे ? कसले फुटायो ? को जिम्मेवार छ ? अब के होला ? ती फेरि मिल्ने सम्भावना कतिको छ ? आज यी प्रश्न सर्वत्र उठिरहेका छन् । यी सवालको सही विश्लेषण गरी जवाफ खोज्नु अपरिहार्य भइसकेको छ ।
हिजोका दिनमा सिद्धान्त तथा विचारको आधारमा ती एक भएका थिएनन् । आज फुट्दा पनि कहीँकतै सिद्धान्त तथा विचारमा बहस चलेन । यो नै तिनको मुख्य कमजोरी हो । सिद्धान्तलाई लत्याई गुटगत स्वार्थलाई केन्द्रविन्दुमा राख्दा र विचारलाई पूरै बेवास्ता गर्दाको यो अनिवार्य परिणति हो । यसमा कुनै शङ्का छैन । राजनीतिक नैतिकता तिनका निम्ति कुनै चासोको विषय समेत बनेन । त्यसैले अहिले दुई नेताको झगडाभन्दा पनि दुई कालाव्यापारी या दुई तस्करको विवादझैँ जनता अनुभव गर्दै छन् । जानकारहरू ठोकुवासाथ भन्दै छन् कि नेकपाभित्रको झगडा मूलभूतरूपमा पद र पैसाको झगडा हो । हिसाब–किताब नमिल्दा, लेनदेन र भागबण्डा नमिल्दा नै यो स्थितिमा नेकपा पुगेको हो । यो झगडा र विभाजन पछाडि नेता कार्यकर्ता होइनन् राज्यलाई ठग्दै आएका विदेशी पुँजीका दलालहरू, ठेकेदार, आर्थिक अपराधीहरू तथा तस्करहरू भएको अनुमान लगाउन गाह्रो छैन । तिनलाई निर्वाचन जिताउने तथा एकताका निम्ति फकाउने पनि ‘कर्पोरेटहरू’ अर्थात् ठूलाठूला उद्योगपति व्यापारीहरू, एनजीओ–आइएनजीओ र बहुराष्ट्रिय कम्पनीहरू हुन् र अहिले तिनकै कारण शासक दल नाङ्गियो । जसले जतिसुकै चर्का कुरा गरेपनि सच्चाइ सारमा यही नै हो ।
साथै, दुई अध्यक्षको बन्दोबस्त गरी पदका लागि काटामा
नेकपा फुटेकोमा आश्चर्य मान्नेहरू त्यति छैनन् । त्यसो त नेपाली शासक दलहरू बारम्बार फुटेको इतिहास छ । काङ्ग्रेस गुट–फुटको शृङ्खलाको पर्याय हो । एमाले, माओवादी र अन्य तराईकेन्द्रित दलहरू बारम्बार फुटिसकेका छन् । अन्य शासक दल पनि एक हुन्छन् र फेरि छुट्टिन्छन् । तर, यी हरेक एकता र फुटमा कुनै न कुनै रूपमा भारतीय शासकवर्गको सङ्लग्नता या प्रभाव देखिन्छ । भारतको स्वार्थ कहीँ न कतै जोडिएको पाइन्छ । निश्चय पनि यो अहिलेको मात्र नभई २००७ साल अगाडिदेखिकै सिलसिला हो ।
गराउने षड्यन्त्रको तानाबाना सुरुमै बुनिएको अहिले आएर धेरैले महसुस गरे । सरकारमा जान विषलाई नै अमृत भन्दै खाने हतारो र मूर्खताको परिणाम नै आजको दुनियाँ हसाउने स्थिति हो ।
फाइदा–बेफाइदाको आधारमा सङ्गठन निर्माण, पैसाको लोभ देखाएर कार्यकर्ता बनाउने, पदको आश्वासन दिने, अपराधीलाई संरक्षण दिने, निर्वाचनको दौरानमा गलत आश्वासन बाँड्ने, कार्यकर्ताको मोलमोलाइ गर्ने र किनबेचसम्म गर्ने जस्ता घृणित पुँजीवादी सङ्गठन निर्माण शैली अपनाएको एमाले–माओवादी आज त्यसैका कारण अप्ठ्यारोमा फसेका हुन् । चुनाव जित्न जतिसुकै पतित, खराब मानिसलाई समेत टिको लगाई ‘कामरेड’ घोषणा गर्ने प्रचलन चलाएर एमाले–माओवादीले आफ्नो खाडल आपैmले खने । आफ्नो काल आफैले निम्त्याए । अनेक कुकर्म गरेर चुनाव जित्ने र चुनाव जितेर पनि कुकर्ममै लिप्त बन्ने ¤ यो गलत प्रवृत्तिका कारण एमाले–माओवादीको यो झगडा यतिमै टुङ्गिने छैन बरु चर्किंदै जाने देखिन्छ । यसमा लामो छलफल आवश्यक नहोला ! हिजो नेकपालाई ‘भाइ काङ्ग्रेस’ हचुवाको भरमा भनिएको जरुर थिएन । आज प्रस्ट हुँदै छ ।
नेकपा फुटेकोमा आश्चर्य मान्नेहरू त्यति छैनन् । त्यसो त नेपाली शासक दलहरू बारम्बार फुटेको इतिहास छ । काङ्ग्रेस गुट–फुटको शृङ्खलाको पर्याय हो । एमाले, माओवादी र अन्य तराईकेन्द्रित दलहरू बारम्बार फुटिसकेका छन् । अन्य शासक दल पनि एक हुन्छन् र फेरि छुट्टिन्छन् । तर, यी हरेक एकता र फुटमा कुनै न कुनै रूपमा भारतीय शासकवर्गको सङ्लग्नता या प्रभाव देखिन्छ । भारतको स्वार्थ कहीँ न कतै जोडिएको पाइन्छ । निश्चय पनि यो अहिलेको मात्र नभई २००७ साल अगाडिदेखिकै सिलसिला हो ।
नेपालमा अन्य देशको प्रभाव नपरोस् र आफ्नै मुठ्ठीमा कैद रहोस् भन्ने चाहना भारतको भएको प्रस्ट छ । त्यसकारण, भारत यहाँ लडन्त भिडन्तको खेल खेलिरहन्छ । राजनीतिक अस्थिरता कायम राख्न ऊ हरदम चलखेल गरिरहन्छ । शासक दलहरूलाई राजनीतिक स्थिरता, स्थायित्व, अग्रगमन, लोकतन्त्रको मन्त्र उसैले घोकायो र उसैले ती सम्पूर्ण व्यङ्ग्यमा परिणत ग¥यो !भारतको यो द्वैध नीतिकै कारण शासक दलहरू जनताबीच उदाङ्गिएका हुन् ।
शासक दलहरूको फुट या एकताबाट सर्वसाधारण जनताको भलाइ भएको कुनै दृष्टान्त छैन । देश निर्माणका निम्ति र जनताको सेवा गर्ने उद्देश्यले ती एक भएको कहिल्यै सुनिएको छैन । ती मिल्छन् सत्ताका निम्ति र व्यक्तिगत स्वार्थ हासिल गर्न । छुट्छन् पनि त्यही कारणले । त्यसैले नेमकिपाका अध्यक्ष का. रोहितले हालै भन्नुभयो– “नेकपा फुटेर केही पनि हुँदैन तर देश फुट्नु हुँदैन ।” मुख्य कुरा देश र जनतालाई फुटाउनेहरू फुटे भने फाइदै हुन्छ तर ती जम्मै एक भएर देश फुटाउन खोज्छन् भने त्यो आपत्तिजनक र असह्य हुनेछ ।
नेकपा फुट्नु पछाडि अर्को कारण पनि छ । एमाले र माओवादी पार्टीको इतिहास फर्केर हेरेको खण्डमा तिनले धेरै–धेरै पार्टी फुटाए । नेता कार्यकर्तालाई फसाए, बिगारे र पानी जता बग्छ उतै बग्ने अवसरवादी प्रकोप भित्र्याए । सधैँ–सधैँ जनतालाई विभाजित गरे । समाजमा बेमेल बढाउने र फुटको बिउ रोप्ने कर्मलाई नै तिनले बहादुरी सम्झे । प्रचण्ड स्वयम्ले आपूm जुन – जुन पार्टीमा गएको हो तत्तत् पार्टी समाप्त पारेको खुला अभिव्यक्ति दिएको जगजाहेर छ । अरूको पार्टी तोडफोड गर्दै र फुटाउँदै हिँड्ने एमाले–माओवादी आफै फुट्यो ! यसमा आश्चर्य मान्नुपर्ने कुरा छैन । कुकर्मको प्रतिफल पाउनै पथ्र्याे, आज पायो ! कमजोरलाई दबाउने सामन्ती प्रवृत्ति घातक हुन्छ । आज परिणामले त्यही भन्दै छ । यी सम्पूर्ण ध्वंस अन्तरध्वंसका लागि वास्तवमा तिनले सबैसामु प्रायश्चित गर्नुपथ्र्यो !
भारतले नेपालमा राजनीतिक दल र तिनका नेताहरूलाई उचाल्ने र थचार्ने काम निरन्तर गर्दै आइरहेको जगजाहेर छ । नेपाली काङ्ग्रेसलाई करिब सात दशक काँधमा बोक्यो । काङ्ग्रेस दिन – प्रतिदिन बदनाम मात्र होइन अशक्त समेत हुँदै गएपछि भारत उसको विकल्पको खोजीमा हिँड्यो । काङ्ग्रेस नेतृत्व पङ्क्तिमा ‘पश्चिमा’ प्रभाव पनि बढ्दै थियो । यही सेरोफेरोमा ‘माओवादी’ नेतृत्वलाई पाल्ने, पोस्ने र हुर्काउने काम थाल्यो । बन्दुक दियो, सबथोक दियो । त्यति मात्रले पनि चित्त नबुझेर एमाले–माओवादीको एकता प्रयास सुरु ग¥यो । नेकपा गठन भयो । झन्डै दुईतिहाइको सरकार पनि बन्यो । त्यतिखेर भारतको पहिलो चासोको विषय आप्mनो घोडाको सुरक्षा थियो । त्यसपछि नेपाली काङ्ग्रेसलाई घुर्की देखाउनु थियो या सवक सिकाउनु थियो । केही समय सत्ताबाहिर राखेर पाठ सिकायो । भारतले त्यतिखेर घोडा फेर्ने नीति लिएको थियो । आज फेरि त्यो नीतिको पुनरावृत्ति हुँदै छ ।
भारतले नेपालको सन्दर्भमा रणनीति उही कायम राख्दै कार्यनीति बदलेको का. रोहितले हालै स्पष्ट पार्नुभयो । हिजो भारतीय शासकवर्गले ‘माओवादी जनयुद्ध’ को हिंसात्मक उपायबाट नेपालको शासनसत्ता कब्जा गर्ने या हरेक क्षेत्रमा आपूm हावी हुने कार्यनीति तय गरी अगाडि बढेको थियो । अर्थात्, नेपालको सिक्किमीकरणको उसको रणनीतिमा कुनै फेरबदल आएको छैन । हिंसात्मक उपाय अलोकप्रिय मात्र होइन करिब असफल भएपछि शान्तिपूर्ण ढङ्गमा त्यही उद्देश्य हासिल गर्ने कार्यनीति लियो । तसर्थ, संसदीय या शान्तिपूर्ण उपायबाट भारत अगाडि बढ्दै छ । त्यसका निम्ति हिजोको ‘ट्रोजन घोडा’ लाई अघि सार्दै छ । प्रचण्डलाई जर्बजस्ती प्रधानमन्त्री बनाउने योजनाका साथ भारत अगाडि बढ्नु पछाडिको रहस्य यही हो । नयाँ गोटी चाल्न भारतले हतारो गर्नु नै नेकपाको विभाजनको प्रमुख कारण हो ।
कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयलाई लिएर नेपाल र भारतबीच केही मतान्तर या अन्तरविरोध बढेको अस्वीकार गर्न सकिन्न । त्यही विषयलाई लिएर भारतले चर्को दबाब दिएको र नेपाली जनताले पनि उचित जवाफ फर्काएको यहाँ स्मरणयोग्य छ । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सा र त्यस लगत्तै नेपालले लिम्पियाधुरासहित जारी गरेको चुच्चे नक्साले ठूलो राजनीतिक तरङ्ग ल्याएको स्मरण गर्नु पनि सान्दर्भिक होला ! एक क्षेत्र एक मार्ग ‘बीआरआई’ को सन्दर्भमा असमझदारी बढेको पनि धेरैले चाल पाए । त्यसैले ओलीलाई पैँचो दिइएको हतियार अर्थात् प्रचण्ड उसैको विरुद्धमा प्रयोग हुँदै छ । यही परिवेशमा भारतले आप्mनो पुरानो उत्पादन काङ्ग्रेसलाई पुनः मर्मत सम्भार गर्ने योजना बनायो । नेकाको दुरावस्था उसले लामो समय हेरिबस्न सकेन ! तसर्थ नेकपा फुटाउने निष्कर्षमा पुग्यो भन्नु अन्यथा हुने छैन !नेकपा फुटेपछि पहिलो लाभ नेकाले नै पाउनेछ । प्रदेशसभाको गणित भारतलाई कण्ठ हुनु सामान्य कुरा हो । झन्डैझन्डै अचेत अवस्थामा पुगिसकेको काङ्ग्रेस प्रदेशमा चल्मलाउन थालेको मात्र होइन निर्णायक शक्तिको रूपमा एकाएक अगाडि बढ्दै छ । यस आधारमा नेकपाको यो फुटको स्थिति कसले ल्यायो र किन ल्यायो ? भन्ने बुझ्न गा¥हो पटक्कै छैन । समय सँगसँगै अरू धेरै पक्ष पनि खुल्दै जानेछ ।
Leave a Reply