भर्खरै :

भक्तपुर नगरका सबै विद्यालयहरू माघ १ गतेदेखि सञ्चालन गर्न पत्राचार

भक्तपुर, २१ पुस । भक्तपुर नगरभित्र सञ्चालित सबै विद्यालयहरू २०७७ माघ १ गतेदेखि सञ्चालन हुने भएको छ । भक्तपुर नगर शिक्षा समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।
कोरोनाका कारण लामो समयसम्म विद्यालय बन्द भई विद्यार्थीहरूको पठनपाठनमा प्रत्यक्ष असर परिरहेको कुरालाई ध्यानमा राखी यसअघि मङ्सिर २३ गते बसेको समितिको बैठकले नगरपालिकाभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरू २०७७ पुस १ गतेदेखि कक्षा ८, ९ र १० लाई आलोपालो गरी भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निर्णयअनुसार विद्यालय सञ्चालन भएको थियो । बैठकले अभिभावकहरूको पूर्वस्वीकृति, व्यवस्थापन समितिको निर्णय र पूर्वतयारी तथा कार्ययोजना बनाई बाल विकासदेखि कक्षा १२ सम्मका कक्षाहरू माघ १ गतेदेखि सञ्चालन गर्न गराउन विद्यालयहरूलाई पत्राचार गर्ने निर्णय ग¥यो ।
विद्यालय सञ्चालनको क्रममा विद्यार्थी तथा शिक्षक÷कर्मचारीहरूमा कोभिड १९ सम्बन्धी कुनै समस्या देखिएमा आवश्यकताअनुसार विद्यालय पूरै वा आंशिक बन्द गर्न नगर शिक्षा शाखाबाट निर्देशन दिन सकिने व्यहोरा पनि सबै विद्यालयहरूलाई जानकारी गराउने निर्णय बैठकले ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *