भर्खरै :

खोपमा नदेखियोस् शक्ति राजनीति

दुई छिमेकी देशमा कोभिड–१९ को खोप अभियानको थालनीसँगै नेपालमा पनि खोप अभियान चाँडै सुरू हुने अपेक्षा गरिएको छ । गत बुधबार औषधि व्यवस्था विभागले बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेका नामको कम्पनीले बनाएको खोप नेपालको लागि उपयुक्त भएको भन्दै प्रयोगको अनुमति दिएको छ । विश्व स्वास्थ्य सङ्गठनको अगुवाइमा रहेको कोभ्याक्समा नेपाल पनि सामेल भएको हुनाले निकट भविष्यमा त्यहाँबाट पनि केही खोप आउने अपेक्षा गरिएको छ । छिमेकी देश चीनका सरकारनियन्त्रित औषधि कम्पनीहरूले बनाएका खोपहरू त्यहाँ सार्वजनिक प्रयोगमा आइसकेका छन् । चीनले पनि नेपाललाई कोभिड–१९ को खोप दिने वचन दिएको छ । नेपाल सरकारले रूसबाट पनि खोप लगाउने विषयमा कुराकानी अघि बढाएको छ । कोभिड–१९ को महामारीसँग अन्तिम लडाइँ लड्ने सबभन्दा प्रभावकारी हतियार नै खोप हो । त्यही भएर आज संसारभर कोभिड प्रतिरोधी खोपको प्रयोग र माग बढिरहेको छ ।

खोप कूटनीतिको मुख्य आधार नेपाली जनताको हित र आवश्यकता हुन जरूरी छ । पश्चिमा शक्ति राष्ट्रहरूले कोभिड–१९ को खोपलाई पनि आफ्नो राजनीतिक प्रभाव विस्तारको हतियार बनाउन खोजिरहेका छन् । अन्तर्राष्ट्रिय राजनीतिमा शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाको प्रभाव खोपको प्रयोगमा देखिन थालेको छ । आफ्नो प्रभाव क्षेत्रमा रहेका देशले सकेसम्म आफ्नो प्रतिस्पर्धी देशमा तयार भएको खोप प्रयोग नगरोस् भन्ने सङ्कीर्णता व्यक्त हुन थालेको छ ।
सन् २०१९ को उत्तराद्र्धमा संसारमा देखिएको कोभिड–१९ महामारीको कारण गत वर्ष सन् २०२० मा विश्व व्यवस्था अस्तव्यस्त भयो । लाखौँ–लाख मानिसले जीवन गुमाउनुप¥यो ।

विभिन्न देश र कम्पनीले बनाएका खोपका विभिन्न विशेषता र सीमितता छन् । नेपालले कुन खोपको प्रयोग गर्ने वा नगर्नेको निक्र्योल ती विशेषता र सीमितताको गहन अध्ययनपछि मात्र गरिनुपर्छ । कसैले दिने भन्दैमा नेपालको वस्तुस्थितिको ख्याल नगरी खोप लिनु वा किन्नु बुद्धिमत्ता हुनेछैन । अमेरिकी पीफाइजर कम्पनीको खोपले नर्वेमा केही मानिसहरूको निधन भएको समाचारबाट नेपालले सिक्न जरूरी छ ।
खोप कूटनीतिको मुख्य आधार नेपाली जनताको हित र आवश्यकता हुन जरूरी छ । पश्चिमा शक्ति राष्ट्रहरूले कोभिड–१९ को खोपलाई पनि आफ्नो राजनीतिक प्रभाव विस्तारको हतियार बनाउन खोजिरहेका छन् । अन्तर्राष्ट्रिय राजनीतिमा शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाको प्रभाव खोपको प्रयोगमा देखिन थालेको छ । आफ्नो प्रभाव क्षेत्रमा रहेका देशले सकेसम्म आफ्नो प्रतिस्पर्धी देशमा तयार भएको खोप प्रयोग नगरोस् भन्ने सङ्कीर्णता व्यक्त हुन थालेको छ ।
सन् २०१९ को उत्तराद्र्धमा संसारमा देखिएको कोभिड–१९ महामारीको कारण गत वर्ष सन् २०२० मा विश्व व्यवस्था अस्तव्यस्त भयो । लाखौँ–लाख मानिसले जीवन गुमाउनुप¥यो । संसारका करोडौँ जनताले अस्वस्थ दिन बिताउनुप¥यो । अझै पनि संसार महामारीबाट मुक्त भएको छैन । युरोपका कतिपय देशका केही सहरहरू अझै लकडाउनमा छन् । मानव जातिकै लागि चुनौती बनेको महामारीलाई पराजित गर्ने एउटैमात्र औजार खोप हो र त्यसमा राजनीतिक सङ्कीर्णता कसैको पनि हितमा छैन । खोपको प्रयोगमा अन्तर्राष्ट्रिय राजनीतिको शक्ति सङ्घर्ष प्रतिबिम्बित हुनु हुन्न ।
नेपालको लागि खोप खरिद वा आयात गर्दा नेपालको वस्तुगत आवश्यकतालाई पहिलो प्राथमिकतामा राखिनुपर्छ । नेपालको हावापानीमा भण्डारण हुन सम्भव र नेपाली जनताको स्वास्थ्यका विशेषताअनुसारका खोपको आयात गरिनुपर्छ । कुनै पनि देशले तयारी गरेको सूत्र नेपालमा जस्ताको तस्तै लागू गरिनुहुन्न । त्यसबाट नेपाली जनताले अपुरणीय क्षति भोग्नुपर्ने हुनसक्छ । अनुदान र सहायताको नाममा नेपालको लागि अनुपयुक्त र हानि पु¥याउन सक्ने खोपको आयात नगरौँ । नेपालको वस्तुस्थितिलाई नसुहाउने खोप सहायताको नाममा नेपालमा ल्याएर कुहाउने अपराध हामीले गर्नुहुन्न ।
नेपालमा पनि शीघ्रातिशीघ्र खोप ल्याउने र चरणबद्ध अभियान सञ्चालन गरी नेपाली जनतालाई कोभिड–१९ को कालो बादलबाट सधैँको लागि मुक्त गर्ने जिम्मेवारीमा सरकार तदारूकतासाथ अघि बढोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *