भर्खरै :

जलवायु परिवर्तन मानवीय सङ्कट हो

जलवायु परिवर्तनलाई वातावरण अभियन्ता वा नवीकरणीय ऊर्जामा लगानाीकर्ताहरू यसलाई भविष्यको लागि खतरा वा व्यापारको दीर्घकालीन अवसरका रूपमा प्रायशः छलफल गरिरहेका हुन्छन् । यो जति वातावरणीय सङ्कट हो, त्यत्ति नै मानवीय सङ्कट पनि हो । यो समय जलवायु परिवर्तनलाई सबैले मानवीय सङ्कटको रूपमा लिन थाल्ने समय हो । यो समय अहम् महत्वको क्षेत्रमा नीति परिवर्तनलाई तीव्रता दिने समय हो । वातावरणीय सङ्कटलाई तापक्रमको आधारमा मापन गर्ने होइन, गुमाएको जीवनको आधारमा मापन गर्नुपर्छ ।
पृथ्वीको तापक्रम एक डिग्री बढ्नुले एक जना औसत मानिसको लागि निकै कम महत्व राख्दछ । तर, एक डिग्री तापक्रम बढ्नु वास्तवमा वातारणीय अराजकता हो जसले जीवनलाई जोखिममा पार्छ र परिवारहरूका जरा उखेलिदिएको हुन्छ ।
यतिबेला जलवायु परिवर्तनको हातबाट धेरै मानिस मरिरहेका छन् । तर, जलवायु परिवर्तनको कारण मारिएका मानिसको सङ्ख्याको गन्ती भएको कहिल्यै सुनिएको छैन । सन् २०३० देखि २०५० को बीचमा हरेक वर्ष थप लगभग २ लाख ५० हजार मानिसको ज्यान जलवायुको कारण निधन हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
जलवायु परिवर्तनको कारण भएको मानवीय क्षतिबारे आपराधिकरूपमा कममात्र सूचना बाहिर सार्वजनिक गरिएको छ । हामी हरेक दिन कोरोना भाइरस महामारीको कारण फैलिएको आतङ्क चौबीसै घण्टा समाचारमा सामना गरिरहेका हुन्छौँ । अनि दैनिक मृत्युको दिक्दार दृश्य देखिरहेका हुन्छौँ । के जलवायुको कारण निम्तिएको मृत्युलाई हामीले यतिकै गम्भीरतापूर्वक लिएका छौँ त ?
यस्तो परिस्थितिमा झन्डै आधा अमेरिकी जनता जलवायु परिवर्तनले आफूलाई केही प्रभाव पार्न नसक्ने सोच्छन् । ट्रम्प र उनीजस्ता अरू नेताहरूले जलवायु परिवर्तनलाई ‘हल्लाबाजी’ भनेकाले त्यसैको राजनीतिक प्रभाव स्वरुप अमेरिकी जनता पनि जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिइरहेका छैनन् । जो बाइडेनले चुनाव जितेपछि पेरिय जलवायु सम्झौतामा संरा अमेरिका पुनः सहभागी बन्ने भएको छ ।
जलवायु सङ्कटको प्रभाव अमेरिकाको दैलोमा आइसकेको छ । क्यालिफोर्नियामा हरेक वर्षजस्तै भीषण डढेलो लाग्ने गरेको छ । त्यस्ता विपत्तिले अमेरिकीहरूलाई आफ्नै देशमा विस्थापित गरिरहेको छ । बेलायतमा पनि जलवायु परिवर्तनको कारण खतरनाक बाढीको जोखिम बढिरहेको छ ।
जलवायु–मानवीय सङ्कटको प्रभाव दुवै प्रत्यक्ष र अप्रत्यक्ष छन् । संसारमा देखिएका ज्यादै भयानक कृत्रिमजस्ता लाग्ने केही विपत्ति अतिरिक्त जलवायु परिवर्तनमा केही अदृश्य हातहरूले अहम् भूमिका खेलिरहेका छन् ।
सिरियाको गृहयुद्धलाई राजनीतिक खेलाडीहरूबाट लाखौँ मानिसको हत्या गरिएको घटनाको रूपमा लिने गरिएको छ । तर, त्यो घटनामा विश्वव्यापी तापमान वृद्धिमा पश्र्वबाट खेलेको सत्यलाई लुकाउन खोजिएको छ । सो क्षेत्रमा भएको भयानक सुख्खापन जलवायु परिवर्तनकै खराब परिणाम हो । त्यही प्रकृति परिवर्तन र विपत्तिले राजनीतिक द्वन्द्व बढाउन भूमिका खेलिरहेको छ ।
मौसम र युद्धबीचको सम्बन्ध सिरियाको द्वन्द्वमा मात्र सीमित छैन । अध्ययनहरूले तापमान वृद्धिले थप द्वन्द्वहरू निम्तिएको देखाइरहेका छन् । यदि हामीले जलवायु परिवर्तनले युद्ध सुरु गर्न र लम्ब्याउन सक्छ भने भन्दै गएमा यसले हामीमध्ये धेरै जनतालाई यो विषयलाई प्राथमिकतामा राखेर हेर्नेछौँ । युरोपका स्कुले केटाकेटीमात्र आफ्नो भविष्यको लागि हडतालमा जाने छैनन् । बरु मध्यपूर्वका स्कुले केटाकेटीहरू पनि आफ्नो लुटिएको वर्तमानको लागि सडकमा जानेछन् ।
दुर्भाग्यपूर्ण वास्तविकता के हो भने मानिसका दुःखलाई बढाउन जलवायु परिवर्तनले केही न केही अहम्् भूमिका खेलिरहेको छ ।
यो कुरा महामारीको सन्दर्भमा पनि लागू हुन्छ । हामीलाई थाहा छ, पशुहरूको बसोबास ध्वस्त भए पनि उनीहरू बसाइ सर्न बाध्य हुन्छन् । त्यसपछि मानिस तिनै जङ्गली जनावरको सम्पर्कमा आउँछन् । सामान्य अवस्थामा त्यसो हुने गर्दैन । जङ्गली जनावरसँग मानिसको सम्पर्क सघन भएपछि नयाँ नयाँ जीवाणुहरू मानिसमा सर्छ । त्यसले आजजस्तै भविष्यमा पनि महामारी फैलिने उत्तिकै सम्भावना हुन्छ ।
वातावरणीय क्षयीकरण प्रत्यक्षरूपमा गरिबी र खाद्य असुरक्षासँग जोडिएको हुन्छ । सुख्खा, अनावृष्टि, अतिवृष्टि र अन्य मौसम सङ्कटले विशेषतः गरिब देशलाई प्रभावित बनाएको छ । करोडौँ करोड जनतालाई भोको बनाएको छ । विश्व बैङ्कको अध्ययनले पत्ता लगाएअनुसार अर्को दशकमा १० करोड मानिसलाई जलवायु परिवर्तनको कारण अति गरिबीमा बाँच्ने बाध्य पार्नेछ ।
जलवायु परिवर्तन त्यसकारण प्रष्टतः मानवीय विषय हो । हामीले जलवायु परिवर्तनलाई मानवीय सङ्कटको रूपमा प्रस्तुत गर्नुपर्छ किनभने त्यसो गरेमात्र यो आम चासोको विषय हुँदै नीति निर्मार्ताहरूलाई प्रभावित बनाउन सक्ने विषय बन्न सक्छ । त्यस्तै एलान कुर्दीको घटनाले आप्रवासी बहसलाई जसरी सबैको चिन्ताको विषय बनायो, त्यसरी नै हामीले त्यस्ता दुःखदायी कथाहरूलाई हाम्रो सामूहिक वातावरणीय क्षतिका कथाको रूपमा प्रस्तुत गर्नुपर्छ ।
वातावरण संरक्षण अभियन्ता र मानवीय सहायता संस्थाहरूले आफूलाई अलग ठान्ने गल्ती गर्नुहुन्न । उनीहरूले जलवायु सङ्कटलाई सबैले चासो राख्नुपर्ने आमचासोको विषय बनाउन काम गर्नुपर्छ । विश्वव्यापी तापमान वृद्धिले मानव जीवनमा पु¥याइरहेको क्षतिको समाधान खोज्ने हो भने सहकार्य अत्यावश्यक छ । तापमान वृद्धिको प्रभाव दिगो छ र यसले खराबबाहेक असल केही परिणाम दिँदैन ।
स्रोतः सीजीटीएन
नेपाली अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *