भर्खरै :

सहिदका सपना

राजनीतिक चिन्तकहरू ‘पञ्चायती व्यवस्थाका प्रमुख कमजोरीमध्ये नीति र व्यवहारबीच विरोधाभास हुनु’ भन्छन् । नीति नियममा पञ्चायती व्यवस्थाले राज्य शक्तिको बाँडफाँटबारे धेरै पटक वचनबद्धता व्यक्त गरे पनि खास अधिकार भने दरबारका खोपीहरूमा सीमित थिए । एङ्गेल्सले भन्नुभएको छ, “जनताको इँटा र पत्थरले घाइते नभएको दरबारले जनताको भावना बुझ्न सक्दैन ।” २००७ सालमा राणा शासन समाप्त गरी प्रजातान्त्रिक बन्दोबस्त स्थापना गर्न तत्कालीन राजा त्रिभुवनले खेलेको भूमिकाको कारण झन्डै गुमिसकेको शाहवंशीय राजतन्त्रको साखले पुनःजीवन पाएको थियो । त्यही साख र राजा महेन्द्रजस्ता महत्वाङ्काक्षी व्यक्तिको कारण पञ्चायती व्यवस्था स्थापना भयो । तर, संसारभरका सामन्ती शासनमा जस्तो कमजोरी हुनेगथ्र्यो, ती कमजोरीबाट नेपालको राजतन्त्रमात्र अछुटो रहेन । राजाको वरपर बसेका भारदार, चाप्लुस, चुक्लीदारहरूले पञ्चायतको जयगान गाउँदै चिहान खन्न थाले । जनताको भावनाको सम्मान गर्न नसक्दा दरबार वरपरका टपरटुइँयाहरूले पञ्चायती व्यवस्थालाई पातालको यात्रामा पु¥याए ।
२०३६ सालको जनमतसङ्ग्रहमा नै पञ्चायती व्यवस्थाले जनमत गुमाउँदै गएको सङ्केत गरिसकेको थियो । सत्ता, धन र पशुबलको भरमा दरबारले पञ्चायतलाई कृत्रिमरूपमा जिताए पनि जनतामा पञ्चायती व्यवस्थाको जालझेल, षड्यन्त्र र जनविरोधी क्रियाकलापबाट आजित र आक्रोशित भइसकेका थिए । जालझेलमा टिकेको पञ्चायतले २०४५ सालको भदौमा अर्को गल्ती ग¥यो जुन गल्तीले केही कमजोर काँचो धागोको भरमा टिकेको पञ्चायतको अन्तिम त्यान्द्रो पनि विच्छेद ग¥यो । २०४५ सालमा तत्कालीन नेपाल मजदुर किसान सङ्गठनविरूद्ध राज्यस्तरबाट रचिएको भक्तपुर काण्डले भित्रभित्रै उम्लिरहेको पञ्चायतविरोधी भावनालाई विस्फोटनको बिन्दुमा पु¥यायो । आज उसलाई खाएको बाघले भोलि मलाई पनि खानसक्छ भन्ने सामान्य सुझबुझले तत्कालीन प्रजातान्त्रिक र वामपन्थी शक्तिलाई एकै दबुमा ल्यायो र जनआन्दोलन अघि बढ्यो ।
पञ्चायतविरोधी निर्णायक सङ्घर्षको शिलान्यास पनि पञ्चायती चर्को दमनको सामना गरिरहेको भक्तपुरबाट नै भयो । २०४६ सालको फागुन ८ गते पञ्चायतविरोधी आन्दोलनको शिलशिलामा भएको प्रदर्शनको क्रममा पञ्चायती सरकारले चलाएको गोलीले दुई जना क्रान्तिकारी योद्धाहरू– राजकुमार सुवाल र कृष्णराम दुवालले सहादत्त प्राप्त गर्नुभयो । कवि दामोदर सुवाल लेख्छन्, “सहिद जन्मन्छन् जब सपनाको मृत्यु हुन्छ ।” पञ्चायती तानाशाही शासनको जर्जर अत्याचारबाट सबै सपना मधुरो बन्दै गरेको देखेका नेपाली जनतालाई जनआन्दोलनको प्रस्थानबिन्दुमै दुई जना योद्धाको सहादत्तले अन्तिम विजयसम्म लड्ने हौसला प्रदान ग¥यो ।
समयान्तरमा आन्दोलनको आगो दन्किने क्रममा अरू पनि योद्धाहरूले पनि बलिदान गरे । त्यही रगतको कलङ्कले पञ्चायती व्यवस्था ढल्यो । देशमा बहुदलीय प्रजातन्त्र स्थापना भयो । राजनीतिक दमनको क्रममा जेलमा कैद राजबन्दीहरू रिहा भए । विडम्बना ¤ सहिदको बलिदानले स्थापना भएको बहुदलीय प्रजातान्त्रिक व्यवस्थाले पनि नेपाली जनताको प्यास मेट्न सकेन । पञ्चायत फालेर सत्तामा पुगेका शासक वर्गहरूले फेरि पनि पञ्चायती शासकहरूकै गल्ती दोहो¥याए । जनताको भावनालाई फेरि पनि लत्याउने काम भयो । देशमा आज गणतन्त्र छ । तर, अझै पनि जनताका सपना अधुरो नै छ । सहिदका सपना पूरा हुन सकेको छैन । आज सहिद दिवसको दिन, जनविरोधी शासनको विरोधमा सम्झौताहीन सङ्घर्ष गरेका सहिदहरूप्रति श्रद्धासुमन अर्पण गर्दै उहाँहरूका अधुरा सपना पूरा गर्ने सङ्कल्प गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *