ट्रम्पले अचानक किन खोजे सीको साथ ?
- जेष्ठ ३, २०८३
अमेरिकन संसद् (प्रतिनिधिसभा र सिनेट) सहमत भई एउटा राम्रो कानुन बनाइयो । १८ वर्षमुनिका केटाकेटीहरूले यौनक्रिया भएका दृश्यहरू इन्टरनेटमा हेर्न नपाऊन भनी । तर, अमेरिकाको नागरिक स्वतन्त्रता युनियन (अमेरिकन सिभिल लिबरटिज युनियन) ले सर्वाेच्च अदालतमा मुद्दा हाल्दै भन्यो– अभिव्यक्ति, प्रेस र प्रकाशनसम्बन्धी विषयमा अमेरिकन संविधानको सर्वप्रथम संशोधन (फस्र्ट एमेन्डमेन्ट) १५ डिसेम्बर १७९१ देखि लागू छ । जसले स्पष्ट शब्दहरूमा लेखेको छ कि अमेरिकाको संसद्लाई अभिव्यक्ति, प्रेस र प्रकाशन स्वतन्त्रता कम गर्ने कुनै अधिकार हुनेछैन । जुन विषय संसद्लाई कुनै कानुन नै बनाउन अधिकार छैन त्यस विषय यस्तो इन्टरनेटलाई नियन्त्रण गर्ने कानुन बनाउन पाइँदैन । अश्लीलता वा यौनक्रियाको खुला प्रदर्शनलाई पहिलेदेखि नै अदालतले वाक् र प्रेस स्वतन्त्रताद्वारा संरक्षित मानेकै छैन । अभिव्यक्तिको स्वतन्त्रताअन्तर्गत अश्लीलताको प्रदर्शन पर्दैन । पहिलेदेखि नै सिनेमा हल, टेलिभिजनमा यस्ता दृश्यलाई अभिव्यक्ति स्वतन्त्रताभन्दा फरक कुरा र संरक्षित विषय मानेकै छैन ।
बरु, अरू थप इन्टरनेट नियन्त्रणकारी कानुनले बागिग नागरिकहरूको अधिकारलाई प्रतिकूल असर पार्नेछ र यस्तो अनाधिकार कानुन बदरभागी छ । संसद्ले बनाएको कानुन बदर भयो । तर, अदालतले यो भन्यो कि अमेरिकन सरकारसँग नाबालकहरूलाई यस्ता दृश्यमा पहुँच हुन नदिने जिम्मेवारी छ ।
अमेरिकन अदालतहरू र सर्वाेच्च अदालत सधैँ सर्वसाधारण नागरिकको अधिकारलाई चल्लाहरूलाई माउने संरक्षण दिने गरेको जसरी कार्यपालिका र व्यवस्थापिकाबाट संरक्षण दिँदै आएको देखिन्छ । भारतको सर्वाेच्च अदालत र उच्च अदालतहरू पनि त्यसै गरिरहेको देखापर्दै आएका छन् । किनभने अभिव्यक्तिको स्वतन्त्रता, निर्भयतापूर्वक बोल्ने, लेख्ने र प्रकाशन गर्न पाउने मौलिक अधिकार नै सबै अधिकार र स्वतन्त्रताको मूल संरक्षक हो ।
व्यक्तिको मानहानि र प्रकाशन स्वतन्त्रता
सर्वसाधारण व्यक्तिहरूका बारे जे पायो, त्यहीँ लेख्ने, बोल्ने र मानहानिका विरुद्ध हरेकजसो प्रजातान्त्रिक देशमा कानुनहरू छन् । किनभने, नरनारीको आफ्नो मान, इज्जत, प्रतिष्ठा र सम्मान हुन्छ । त्यसैले कसैले नभएको कुरा प्रकाशित गरेर मानहानि गर्छ भने अदालतहरू यस्तो मानहानि गर्नेसँग सम्मानमा हानि पुगेको व्यक्तिलाई उचित क्षतिपूर्ति, हर्जना रकम तिराइभराइ दिन्छ ।
न्युयोर्क टाइम्स कम्पनीविरुद्ध सुल्लिमान ३७६ यू.ए. २५४ (सन् १९६४) मुद्दाको फैसला चर्चित छ । यस मुद्दाको अति सङ्क्षिप्त विवरण यस्तो छ ः आजभन्दा आधा शताब्दीअगाडि सन् १९६४ मा कालो वर्णका वा अफ्रो–अमेरिकन सबै प्रकारका विद्यार्थीहरूले विनाभेदभाव स्कूल–कलेजहरूमा कुनै जातीय र रङ्गभेद नगरी प्रवेश र अध्ययन गर्न पाउनुपर्छ भनी आन्दोलन चलिरहेको थियो । यो जातिभेद रङ्गभेदविरोधी आन्दोलनका प्रमुख नेता मार्टिन लुथर किङ जुनियर थिए । उनका समकालीन रङ्गभेदविरोधी नेता हिंसात्मक–अहिंसात्मक भेद नगरी सङ्घर्ष गरिरहेका थिए भने मार्टिन लुथरका समर्थकहरू भारतको महात्मा गान्धीको जस्तै शान्तिपूर्ण आन्दोलन र प्रचारका पक्षमा थिए । यस्ता नेताहरूमध्ये कोही–कोही जुलुस वा प्रदर्शनको नेतृत्व गर्दा सेतो गान्धी टोपी पनि लगाउँदथे र अरूलाई कुनै प्रकारको हिंसा र उच्छृङ्खलता नगर्ने प्रेरणा दिन्थे ।
त्यस्तै आन्दोलन चलिरहेको अलबामा प्रान्तको एउटा सहरमा सुल्लिमान नाम गरेका ठूला हाकिम रहेछन् । न्युयोर्क टाइम्समा मार्टिन लुथरका समर्थकहरूले त्यस सहरमा भएको आन्दोलन र पुलिस दमनको वर्णन गर्दै एउटा विज्ञापन छपाए । त्यस विज्ञापनमा लेखिएको थियो, सुल्लिमानले यसरी क्याम्पस प्रहरी लगाएर घेर्न लगाए कि शान्तिपूर्ण विद्यार्थीहरूको आन्दोलनका सहभागीहरूले खान पनि पाएनन् । सुल्लिमानले आफ्नो ठूलो मानहानि गरिएको, आफूलाई अमानवीय देखाउने झूटो कुरा लेखिएको, क्याम्पसलाई घेर्न लगाएको झूटो कुरा लेखिएको भनी मुद्दा दायर गरे । अमेरिकाको सर्वाेच्च अदालतले फैसला गर्दै भन्यो,
१) यो विज्ञापनमा लेखिएका कुरा गलत छन् भन्ने कुरा न्युयोर्क टाइम्सलाई पूर्वजानकारी थिएन । तसर्थ, न्युयोर्क टाइम्सले बदनियत राखी जानाजानी पूर्वाग्रह राखी यसलाई प्रकाशित गरेको प्रमाण सुल्लिमानले दिनसकेको देखिँदैन ।
२) सुल्लिमान सर्वसाधारणभन्दा फरक सार्वजनिक व्यक्तित्व भएका व्यक्ति हुन् । यसो हुँदा उनले गरेका कामको केही बढाइचढाइ लेखिए पनि त्यसो लेखिन पुगेकै कारण उनलाई हर्जाना र क्षतिपूर्ति दिलाउनु उचित मान्न सकिँदैन । जानीबुझी गलत कुरा हो । पहिले जानेको थियो भन्ने प्रमाण सार्वजनिक व्यक्तित्व भएको मान्छेले पु¥याउन सक्नुपर्छ । न्युयोर्क टाइम्सलाई गलत कुरा छ भन्ने पूर्वजानकारी थियो भनी सुल्लिमानले प्रमाण पु¥याउन नसकेको हुँदा हर्जना र क्षतिपूर्ति तिर्नुभर्नु पर्दैन ।
रक्षा मन्त्रालयको गोप्यता प्रकाशन
सन् १९६७ रबर्ट म्याकनमारा रक्षामन्त्री भएका बखत भियतनाम लडाइँमा विगत २२ वर्ष सन् १९४५ देखि १९६७ सम्मको अध्ययन र त्यसको भावी परिणामबारे रिपोर्ट तयार पार्न लगाए । यो अध्ययन प्रतिवेदन तयार गर्न अमेरिकाको सबैभन्दा ठूलो थिङ्कट्याङ्क ¥यान्ड कर्पाेरेसनलाई जिम्मा दिएका थिए ।
¥यान्ड कर्पाेरेसनले व्यापक र गहिरो अध्ययन गर्दा चार हजार पृष्ठ सरकारी गुप्त कागजहरूसमेत हेरी धेरै कुरा अध्ययन गरी तीन हजार पृष्ठ लामो गुप्त प्रतिवेदन र निष्कर्ष बुझाएको थियो ।
डेनिवल एलिसवर्ग नामक एउटा विद्वान् पनि ¥यान्ड कर्पाेरेसनमा स्ट्राटेजिक विश्लेषकको पदमा काम गर्दथे । उनी रक्षामन्त्री रबर्ट म्याकनामाराको असिस्टेन्ट सेक्रेटरी रक्षा र अन्तर्राष्ट्रिय सुरक्षा मामला भए । उनले त्यहाँ काम गर्दा के देखे भने कैयौँ झूट, जाल फरक जनतासँग गर्दै कुनै विराम नगरेको उत्तर भियतनाममाथि हवाई हमलाहरू सन् १९६४ राष्ट्रपति जोहन्सनको अर्डरले गरिए । उनको प्रतिद्वन्द्वी राष्ट्रपति पदका उम्मेदवारले उनीमाथि आरोप लगाउँदै भने कि जोनसनका कामहरूले चीनलाई सैनिक युद्धमा तान्ने काम गरेको छ ।
¥यान्ड कर्पाेरेसनमा काम गर्दागर्दै उनले धेरै उच्च तहका गुप्त कागजहरू हेर्दै जान पाए । उनले के पाए भने भियतनामको लडाइँ गृहयुद्ध भनिए पनि अमेरिकाको मद्दतमा फ्रान्सद्वारा औपनिवेशिक पुनर्विजयको युद्ध थियो । उत्तरबाट आक्रमण भन्ने कुरा झूटो प्रचार थियो । यस्तो काम कुरा संयुक्त राष्ट्रसङ्घको चार्टरको उल्लङ्घन थियो । वास्तवमा यो अमेरिकन युवाहरू र युद्धविरोधीहरूले भनेझैँ एउटा फाहोरगन्दा युद्ध थियो, जसमा हजारौँ अमेरिकन युवा सैनिकहरू अनाहकमा मारिँदै थिए ।
सायद अर्काे कुरा पनि उनले अध्ययन गरेको कागजहरूबाट भियतनामको लडाइँ अमेरिकाले जित्न नसक्ने हो भन्ने लडाइँ पनि अध्ययनले देखाउँदै थियो ।
एउटा देशको राष्ट्रिय स्वाधीनताविरुद्धको जित्न नसकिने युद्धमा अमेरिकन राष्ट्रपति सरकार युवा अमेरिकनहरूलाई गराइराखेको भन्ने सोच एक दिन आएपछि एकान्तमा एक्लै रोएर उनले सङ्कल्प गरे कि म यो अमेरिकाभित्रै उठेको युद्धविरोधी युवा–विद्यार्थी आन्दोलनलाई बल पु¥याउँछु ।
उनले ¥यान्ड (RAND) कर्पाेरेसनमा काम गर्दाका सहयोगी एन्थोनी (Russso) रुसोको मद्दतले आफूसँग रहेको त्यो गुप्त प्रतिवेदनका कैयौँ फोटोकपीहरू बनाए ।
उनले त्यो युद्धविरोधी कैयौँ सिनेटरहरूलाई दिए किनभने सिनेटरले यस्तो कागज प्रकट गरे मुद्दा लाग्न र सजाय हुन सक्दैन । तर, कसैले प्रकट नगरेपछि अन्त्यमा उनले न्युयोर्क टाइम्सका संवाददाता नील शिहानलाई दिए । न्युयोर्क टाइम्समा त्यो एक अङ्क छापिनासाथ अमेरिकन सरकार न्युयोर्कको जिल्ला अदालतमा यस्तो कागजको प्रकाशनले अमेरिकन सुरक्षा ध्वस्त हुन्छ, अमेरिकासँग सैनिक गठबन्धन गरेका देशहरूले साथ छोड्नेछन्, सन्धिहरू टुट्नेछन् भन्दै निषेधाज्ञा प्राप्त गर्न दौडियो । न्युयोर्क जिल्ला अदालतको जजले न्युयोर्क टाइम्सका कानुन व्यवसायीहरूलाई भने, “सरकारले यस्तो गम्भीर खतरनाक आशङ्काहरू उठाएको छ र राष्ट्रकै सुरक्षा ध्वस्त हुन्छ भनेको छ, तपाईँ आफैले प्रकाशन रोकेर मलाई केही दिन अध्ययनको समय दिनुहोस् ।” तर, न्युयोर्क टाइम्सवालाहरूले भने, “हामीले थाहा पाएको खबर नछाप्ने र प्रकाशित नगरेर हामी हाम्रो पत्रकारको कर्तव्यबाट हट्न सक्दैनौँ । हामी स्वेच्छाले प्रकाशन रोक्न मान्दैनौँ ।
न्युयोर्क जिल्ला अदालतले प्रकाशन रोक्ने निषेधाज्ञा ग¥यो । न्युयोर्क टाइम्स यस निषेधाज्ञाले संविधानको प्रथम संशोधनको उल्लङ्घन गरेको हुँदा प्रकाशन गर्न पाऊँ भनी सर्वाेच्च अदालतमा पुग्यो ।
डेनियन एलिसवर्गले अब त्यो सामग्री ‘द वासिङ्टन पोस्ट’ लाई दिए । अब वासिङ्टन पोस्टले छाप्न थाल्यो । फेरि अमेरिका सरकार वासिङ्टन जिल्ला अदालतमा निषेधाज्ञाका लागि र त्यसको विरोध गर्न वासिङ्टन पोस्टका कानुन व्यवसायीहरू पुगे । दुवै पक्षको कुरा सुनेपछि वासिङ्टन जिल्ला अदालतका न्यायाधीशले यसरी प्रकाशन रोक्नु अमेरिकन संविधानको प्रथम संशोधनले नमिल्ने भनी वासिङ्टन पोस्टलाई प्रकाशित गरी राख्ने फैसला दिए ।
अब अमेरिकाभरि हङ्गामा खडा भयो । एउटा अखबारले त्यही सामग्री छाप्न पाउने र अर्काे दैनिकले नपाउने भयो । त्यस समय अमेरिकाको सर्वाेच्च अदालतमा छुट्टीको समय थियो । एक जना न्यायाधीश छाडी सबै अरू कोही परिवारसाथ छुट्टी मनाउन, कोही कतै, कोही कतै थिए । ती एक्लो न्यायाधीशले सबैसँग फोनमा सम्पर्क गरे । सबै न्यायाधीश परिवार घुमघाम र छुट्टी मनाउन छाडेर अदालत आए ।
उत्तर डेनियन एलिसवर्ग न्युयोर्क टाइम्सका संवाददातालाई कागज दिनेले पनि म्यासेचुटेटस्को जिल्ला अदालतमा आफूखुसी आत्मसमर्पण गरे । उनले भने, “मैले नै न्युयोर्क टाइम्सलाई ती कागजहरू दिएको हुँ ।”
एलिसवर्गले अदालतलाई भने, “एउटा जिम्मेवार अमेरिकन नागरिकको हैसियतले मैले सत्य कुरा अमेरिकन जनतासामुन्ने राखिदिएको छु । यसको सम्पूर्ण जिम्मेवारी र परिणाम म भोग्न तयार छु ।”
उनको साथ उनको सहयोगी रुसोलाई पनि एस्यायोनेज कानुन १९९७ सरकारी गुप्त कागज चोर्ने षड्यन्त्र गरेको इत्यादिमा ११५ (एक सय पन्ध्र) वर्ष कैद सजाय हुने मुद्दाहरू सरकाारले चलायो ।
जून २८ सन् १९७१ डानिएल इलिसवर्गले आफैले आफूलाई जिल्ला अदालतसमक्ष बुझाएका थिए । त्यसको दुई दिनपछि जून ३०, १९७१ मा प्रेस र प्रकाशन स्वतन्त्रताको इतिहासमा विश्व प्रसिद्ध अमेरिकन रक्षा मन्त्रालयका गुप्त कागजहरू न्युयोर्क टाइम्सले र वासिङ्टन पोस्टले छापेको कुरा उनीहरूको स्वतन्त्रता हो । अभिव्यक्ति स्वतन्त्रता कम गर्न नपाइने सन् १७९१ को प्रथम संशोधनले प्रकाशन पाइने र कसैले पूर्वप्रकाशन निषेध गर्न नपाइने फैसला भयो । ९ न्यायाधीशहरूमध्ये ६ न्यायाधीश ह्युगो ब्लेक (Hugo Bleck) ले लेखे, “केवल स्वतन्त्र र कुनै बन्देज नभएको प्रेसले मात्र सरकारभित्र गरिएका ठगीलाई प्रभावकारी ढङ्गले भण्डाफोर गर्नसक्छ ।”
विभिन्न आरोप लगाएर १ सय १५ वर्षसम्म कैद हुनसक्ने मुद्दा लागे पनि एलिसवर्गविरुद्ध प्रमाण सङ्कलन गर्दा उनको मनोचिकित्सककहाँ रहेका मेडिकल रेकर्डहरू अदालतको आदेशबेगर सङ्कलित हुँदा मिस–ट्रायल (मुद्दाको अनुचित पुर्पक्ष) का कारण सबै खारेज भए । पछि उनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान पुरस्कारहरू प्रदान गरिए ।
(लेखक वरिष्ठ पत्रकार हुनुहुन्छ ।)
स्रोत : संहिता, पुस २०७७
Leave a Reply