ट्रम्पले अचानक किन खोजे सीको साथ ?
- जेष्ठ ३, २०८३
“दर्शनमा प्रस्ट भएको मान्छे कहिल्यै दायाँबायाँ लाग्दैन ।” विद्यार्थीकालमा जसले यो शिक्षा दिनुभएको थियो, उहाँले सात कक्षाको परीक्षा उत्तीर्ण भएपछि मलाई “नौलो आयाम” को माओ विशेषाङ्क र राहुल सांकृत्यायनकृत कार्ल माक्र्सको जीवनी उपहार दिनुभयो । प्रोफेसर माणिकलाल श्रेष्ठको तस्बिर पहिलोपल्ट मैले “नौलो आयाम” को त्यहीँ अङ्कमा देखेको थिएँ । त्यसपछि धेरै वर्षसम्म त्यस पत्रिकाको कुनै अङ्क भेटिएन । पत्रिका बन्द भइसकेको थियो क्यार ।
माक्र्सवादी साहित्यको अध्ययनको क्रममा माणिकलाल सरसँग धेरैचोटि भेट भयो । नवयुवा र मूल्याङ्कनका हामीजस्ता पाठकहरूका लागि माणिकलाल सर कक्षाबाहिरका गुरु हुनुहुन्थ्यो । गाउँमा कसैले नवयुवा र मूल्याङ्कनका पुराना अङ्कहरू जतन गरेर राखेको रहेछ । त्यसमध्ये माणिकलाल सरका लेखहरू पहिलो रोजाइमा पर्थे । यसको एउटै कारण थियो । उहाँ सरल भाषामा लेख्नुहुन्थ्यो । खासगरी “मूल्याङ्कन” मासिकमा छापिने दर्शनसम्बन्धी रचनाहरूमध्ये उहाँका रचना सरल हुन्थ्यो । यस्तैमा पार्टीका दाजुहरूसँग सङ्गत हुन थाल्यो । “नौलो आयाम” र “प्रतिध्वनी”का सङ्ग्रहहरू हात लागे । तिनमा माणिकलाल सर जहिल्यै ध्यान दिएर पढिने लेखक बन्नुभयो । तर, उहाँको एउटा अन्तर्वार्ताले हाम्रो अध्ययनमा ठूलो मद्दत ग¥यो । त्यसको प्रभाव अद्यापि छ ।
एक दिन अचानक माणिकलाल सरसँग भेट भयो । पत्रपत्रिका र पुस्तकमा देखिने माणिकलाल सर वयोवृद्ध भइसक्नुभएको थियो । तर, उत्साहमा कत्ति कमी आएको थिएन । झट्ट हेर्दा चाउ एनलाइको जस्तो आँखीभौँ र माओको झल्को आउने कोठीसहितको अनुहार उहाँको स्वरजस्तै प्रभावशाली थियो । उहाँले जोड दिँदै भन्नुभयो, “नारायणमान बिजुक्छेँ राष्ट्रवादी नेता होइन, अन्तर्राष्ट्रवादी नेता हुनुहुन्छ ।” कार्यक्रममा कुनै टिपोट नहेरी उहाँले कोरिया युद्धको घटनाक्रमबारे तिथिमितिसहित बताइरहँदा अनौठो लाग्यो । तर, यी कुरा केही घण्टापछि नौला लागेनन् ।
प्रतिध्वनिको फ्रान्सेली क्रान्ति विशेषाङ्कमा प्रकाशित माणिकलाल सरसँगको अन्तरङ्ग अन्तर्वार्ताको झल्को आइरहन्छ । माक्र्सवादी साहित्यको अध्ययन थाल्दा उहाँलाई पनि हामीलाई जस्तै अप्ठ्यारो आइलागेको रहेछ । त्यसैले उहाँले एङ्गेल्स र स्तालिनका रचनाबाट माक्र्स र लेनिन चिन्न थाल्नुभएछ । दुवैजनाको लेखनी तुलनात्मकरूपमा सरल हुन्छ । माक्र्सवादको अध्ययनमा यो हाम्रो लागि ठूलो “क्लू” थियो । त्यसपछि हामीकहाँ पाइने स्तालिन र एङ्गेल्सले लेखेका रचनाहरूको एकसरो अध्ययनमा लागियो । बिस्तारै अरूका रचनाहरूको ढोकाको ताल्चा फोर्न सजिलो हुँदै गयो । त्यसबीच उहाँले प्रजग कोरियासम्बन्धी लेखेका दुई पुस्तकबाट स्कूले जीवनमा अङ्ग्रेजी सिकेको सम्झना आउँछ ।
समयसँगै माणिकलाल सरलाई भाषा आन्दोलन, नेपाल संवत्सम्बन्धी बहसहरूमा पढियो । कताकता माओवादीहरूले उहाँको व्यक्तित्वको दुरूपयोग गरे कि भन्ने नलागेको होइन । तैपनि, उहाँ सदा आदरणीय रहनुभयो । मानव समाजको विकासबारे माक्र्सवादी दृष्टिकोण र तिब्बत–चीनको अभिन्न अङ्गजस्ता रचना पढियो । अघिल्लो पुस्तकमा उल्लेख भएका नेपाली क्रान्तिसम्बन्धी उहाँका विचारहरूबारे साथीहरूमाझ चर्चा पनि भयो । पछिल्लो रचनामा उहाँको इतिहाससम्बन्धी ज्ञानले चकित पा¥यो । जेहोस्, उहाँको अध्ययनशील जीवनले ओगटेको विस्तृत फलक सधैँ प्रेरणादायी रह्यो ।
यस्तैमा एक दिन अचानक माणिकलाल सरसँग भेट भयो । पत्रपत्रिका र पुस्तकमा देखिने माणिकलाल सर वयोवृद्ध भइसक्नुभएको थियो । तर, उत्साहमा कत्ति कमी आएको थिएन । झट्ट हेर्दा चाउ एनलाइको जस्तो आँखीभौँ र माओको झल्को आउने कोठीसहितको अनुहार उहाँको स्वरजस्तै प्रभावशाली थियो । उहाँले जोड दिँदै भन्नुभयो, “नारायणमान बिजुक्छेँ राष्ट्रवादी नेता होइन, अन्तर्राष्ट्रवादी नेता हुनुहुन्छ ।” कार्यक्रममा कुनै टिपोट नहेरी उहाँले कोरिया युद्धको घटनाक्रमबारे तिथिमितिसहित बताइरहँदा अनौठो लाग्यो । तर, यी कुरा केही घण्टापछि नौला लागेनन् ।
केही घण्टापछि हामी माणिकलाल सरसँग एउटै गाडीमा थियौ । उहाँले कार्यक्रममा बोलेका कुराहरू वर्र्षौँअघि कोरिया युद्ध चलिरहेको बेला र त्यसपछि आक्कलझुक्कल समाचार पढेको आधारमा भन्नुभएको रहेछ । त्यति पहिले उहाँले घटनाको सालमात्र होइन, महिना र तारिख पनि बताउनुभएको थियो । आश्चर्य पनि आश्चर्यमा प¥यो ! उहाँसँग घण्टाभर केही अन्तरङ्ग, केही नेपाली इतिहास र केही कम्युनिस्ट आन्दोलनको विषयमा कुराकानी भयो । कुराकानीका दुई प्रसङ्ग हामीले अनुमानै नगरेका प्रसङ्ग थिए । ती घटनाहरू यहाँ उल्लेख गर्दै छु ।

माणिकलाल सरको नेपाली इतिहासका दुई व्यक्तित्वसँग राम्रो सम्बन्ध रहेछ । गणेशमान सिंह र मनमोहन अधिकारी । गणेशमान सिंहबाट सुरु गरौँ । ०१५ सालको चुनाव सम्पन्न भयो । देशका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला देश भ्रमणमा गए । उनी पाल्पा पुगे । त्यसबेला पाल्पाबाट कम्युनिस्ट पार्टीको तर्फबाट सांसद थिए, कमलराज रेग्मी । सरकारको विरोध गर्न केही समय पर्खेको भए पनि हुने । कम्युनिस्टले काङ्ग्रेसको विरोध गर्नैपर्ने जस्तो प्रधानमन्त्रीलाई कालो झन्डा देखाए । बीपी रिसाए । उनले सांसद रेग्मीलाई समात्न लगाए । हत्कडी बाँधेर उनलाई हिँडालेरै काठमाडौँसम्म ल्याइयो । उनलाई छुटाउन कम्युनिस्ट नेता शम्भुराम श्रेष्ठसँगै माणिकलाल सर पनि प्रम कार्यालय पुग्नुभएको रहेछ ।
बीपी प्रधानमन्त्री र शम्भुराम विपक्षी दलका नेता । प्रमलाई शम्भुरामले “हाम्रो साथी जेलमा छन्, उनकै बारेमा कुरा गर्न आएको” भने । प्रमले भने, “कमलराजको कुरा ? उसलाई त म छोड्दै छोड्दिन, तपाईँ जेसुकै गर्नुहोस् ।” शम्भुरामले भने, “नछोड्ने, नछोडी सुख पाउन्न, हेरौँला ।” प्रमले भने, “मलाई धम्की दिन आएको ?” शम्भुरामले भने, “धम्की होइन, तपाईँले पो धम्की दिनुभयो ।” यस्तैमा बीपीले गल्ती गरे, “मलाई धम्की दिने, मैले तपाईँलाई पनि गिरफ्तार गर्न सक्छु ।” शम्भुरामले भने, “म तपाईँकै अगाडि उभिएको छु । सक्ने भए गिरफ्तार गर्नुस् ।” दुवैजना झगडा गर्न के लागेका थिए, गेटबाट गणेशमान सिंह प्रवेश गरे । गणेशमानले भने, “भर्खर प्रजातन्त्र आएको छ । प्रजातन्त्र बलियो बनाउनुपर्ने बेलामा सरकार प्रमुख र विपक्षी नेता के गरेको, किन झगडा गरेको ?” त्यसपछि गणेशमानले “दुई जना उठ्नु त” भने । गणेशमानको कस्तो कमान्ड ! प्रधानमन्त्री र विपक्षी नेता दुवैजना जुरुक्क उठे । “ल, अब दुवैले हात मिलाउनुहोस्,” गणेशमानले भने । दुवैले खुरुखुरु हात मिलाए । त्यसपछि उनले सोधे, “के भयो ?” शम्भुरामले कमलराजको कुरा उप्काएपछि गणेशमानले भने, “भर्खर संसद् चलिराखेको छ । उहाँलाई समातेर भएन । तपाईँ घर जानुहोस् । तपाईँ घर नपुग्दै उहाँलाई छोडिनेछ ।” गणेशमान आफैले भने । बीपी केही बोलेनन् । उनले बीपीलाई सम्झाए, “तपाईँलाई कालो झन्डा देखाएको अशिष्ट भयो । तर, कालो झन्डा देखाएको हो, ढुङ्गाले हानेको हैन । त्यो अनुचित होला, तर अवैध होइन । तपाईँले उसलाई समात्ने ? के गरेको ? मोहन शमशेर भए त विरोध गर्ने भनेर झुन्ड्याएर माथ्र्यो होला । तपाईँले गिरफ्तारमात्र गर्नुभयो, यति फरक भयो ।” शम्भुराम र माणिकलाल सर घरमा पुगेर के बस्नुभएको थियो, सरकारी गाडीले कमलराजलाई शम्भुरामको घरमै लगेर छोड्यो । यस्तो थियो गणेशमान सिंहको अडान । माणिकलाल सरको यो संस्मरण पढेपछि गणेशमान सिंहका छोराले डराउँदै भनेछन्, “यो राख्दा बुबालाई त राम्रो हुन्छ, तर बीपीलाई ज्यादै नराम्रो हुन्छ ।” काङ्ग्रेस सभापतिमा शेरबहादुर आएपछि मात्र त्यसलाई छापेछन् ।
पञ्चायत कालको समय थियो । मनमोहन अधिकारीले हामी अब कुनै कम्युनिस्ट घटकमा नजाने भनेर शम्भुराम र माणिकलाल सरसँग रगतले हस्ताक्षर गर्नुपर्ने प्रस्ताव राखे । ०३६ सालमा “परिस्थिति फेरियो” भनेर उनले कम्युनिस्ट पार्टी माक्र्सवादी बनाए । ०४६ पछि एमालेका नेता भए । प्रधानमन्त्री हुँदा उनी माणिकलाल सरसँग भेट्न गइरहन्थे । उनले माणिकलाल सरलाई पार्टीमा ल्याउन बल गरिरहे । माणिकलाल सरले भन्नुभयो, “तपाईँले जबज लिनुभएको छ ।” मनमोहनले भने, “म भनूँ कामरेड । यो जबज भनेको जसरी पनि सरकारमा जान आतुर हो । अब मदन भण्डारी हुनुहुन्न । हाम्रो पार्टीले उहाँलाई सहिद भनेको छ । तर, उहाँको जबज भनेको नयाँ किसिमको संशोधनवाद हो ।” संसद्मा महाकाली सन्धिको भोटिङ हुने दिन मनमोहन माणिकलाल सरको घरमा गए । उनले भने, “म यहीँ बस्छु है ।” सरले भन्नुभयो, “किन ?” उनले भने, “आज महाकाली सन्धिको भोटिङ छ । तिनीहरू सबैले सन्धिको पक्ष लिने भए ।” सरले सोध्नुभयो, “तपाईँको के विचार छ ?” उनले भने, “जबसम्म यो कमजोर शरीरमा रगत बाँकी रहन्छ, म चाहिँ यसमा समर्थन गर्दिन । मेरो लासमा कुल्चेर हाम्रो पार्टीले समर्थन ग¥यो भने गर्ला । म त्यहाँ जान्न । यही कामरेडको घरमा बसिराख्छु ।” माधव नेपालले कहाँबाट थाहा पाए । उनी माणिकलाल सरको घर आइपुगे । उनले “ल भोटिङको टाइम भयो, जाऔँ” भने । मनमोहनले “नाइँ” भनेनन् । माधवले मनमोहनलाई संसदमा लिएर गए । संसद्मा सन्धिको पक्ष र विपक्षको लाइन लागिरहेको थियो । माधवले मनमोहनलाई तानेर पक्षको लाइनमा लगे । सन्धिको पक्षमा भोट हालेर मनमोहन फेरि माणिकलाल सरको घर गए । सरले सोध्नुभयो, “आज के गर्नुभो ?” मनमोहनको जवाफ थियो, “आज त मैले देशलाई ठूलै विश्वासघात गरेँ ।” विश्वासघात गरेँ पनि भन्ने, अनि विश्वासघात पनि गर्ने ¤ मनमोहन अधिकारी स्ट्यान्ड नभएका नेता थिए । तर, संशोधनवादको विरोधमा माणिकलाल सर लडिरहनुभयो । स्तालिनप्रतिको यो उहाँको श्रद्धाञ्जली थियो ।
गाडीमै फर्कौँ । माक्र्सवादको अध्ययनमा माणिकलाल सरको डेप्थ देखेर हामी अवाक भयौँ । नेपालका विभिन्न कम्युनिस्ट नेताहरूलाई विश्व कम्युनिस्ट आन्दोलनका नेताहरूसँग दाँज्ने उहाँको शैली गहिरो थियो । यो कुरा हाम्रा लागि नौलो रह्यो । उहाँले पुष्पलाल र शम्भुराम श्रेष्ठसँग नजिक रहेर काम गर्नुभएको रहेछ । त्यसमा पनि उहाँले शम्भुराम श्रेष्ठलाई उच्च सम्मान गर्नुभयो । व्यक्तिलाई निम्न आदर दिनुपर्दा “माफ गर्नुहोला”, सम्मान गर्नुपर्दा उच्च आदरार्थीको प्रयोग, आदिले उहाँको शिष्टता र संस्कार झल्किन्थ्यो । आरोप–प्रत्यारोपपूर्ण भाषामा उहाँ अभ्यस्त नहुनुहुँदो रहेछ । थाहा नभएको कुरा स्वीकार्न उहाँले सङ्कोच मान्नुभएन । थाहा भएका कुरा भने मन खोलेर बताउनुभयो । गाडीको यात्रा झन्झटिलो थियो । तर, उहाँले नझर्किकन अविरल हाम्रा जिज्ञासाहरूको उत्तर दिनुभयो । यो एक असल शिक्षकको परिचय हो ।
माणिकलाल सरसँग अकस्मात जुरेको भेटमा उहाँसँग सम्बन्धित सम्झनाको रिल दिमागमा दौडिरह्यो । केही बताइयो, केही बताइएन । तर, उहाँले भनेका र सिकाएका कुराहरू साथ रहिरहनेछन् । एक अध्ययनशील लेखक, वक्ता, लडाकू र पथप्रदर्शकको रूपमा उहाँप्रतिको श्रद्धा सधैँ रहनेछ । उहाँको निधनले माक्र्सवादी जुझारुहरूको समूहमा क्षति पुगेको छ । यही समूहको तर्फबाट हार्दिक श्रद्धासुमन अर्पण गर्छु ।
Leave a Reply