आधारभूत चिनियाँ तथा जापानी भाषा तालिमका प्रशिक्षार्थीहरूको अभिमुखीकरण
- असार ३, २०८३
अहिले काठमाडौँ उपत्यकाको वायुको गुणस्तर विश्वकै सबैभन्दा प्रदूषित सहरहरूको बराबरीमा पुगेको र स्वास फेर्नका लागि अयोग्य भएको तथ्य समाचारका रूपमा बाहिरिंदै छन् । यसको मूल कारण भनेको उपत्यकामा क्षमताभन्दा बढी जनसङ्ख्याको केन्द्रीकरण भएर हो । देशको राजधानी रहेकोले मात्र नभई सुविधासम्पन्न सहरिया सभ्यताको आकर्षणले, सुखसयल र सुरक्षित जीवनको चाहनाले यहाँ देशभरका मानिस ओइरिएका हुन् । जनसङ्ख्या वृद्धिसँगै यहाँ आवासीय घर, कार्यालय भवन, यातायातका लागि सडक, पिउने र सरसफाइको प्रयोजनका लागि पानी, खाद्यान्न, तरकारी र फलफूल सबैको माग अत्यधिक बढ्यो । कुनै बेला उपत्यका र वरपर उत्पादन हुने खाद्यान्न, तरकारी र फलफुल नै पर्याप्त हुने काठमाडौँमा अहिले देशका बाँकी सबै जिल्लाबाट मात्र नभई समुद्रपारिका देशहरूबाट पनि प्रशस्त उपभोग्य वस्तु आयात गर्नुपरेको अवस्था छ । आवतजावतका लागि अत्यधिक सङ्ख्यामा सवारीसाधन गुडाउँदा काठमाडौँको हावा स्वास फेर्नका लागि अयोग्य अवस्थामा पुगेको छ । काठमाडौंमा वस्तीको विस्तार दिनदुगुणा रात चौगुणाको हिसाबले भयो । चौडा र साँघुरा जुनसुकै बाटोका दुवैतिर घर बनेका छन् । बाटो नै नभएका जग्गामा पनि घर ठडिएका छन् । खुला फाँट देखिन छोड्यो । यसले गर्दा काठमाडौँ उपत्यकामा सरसफाइ र खानेपानीको अभाव छ । एक दुई दिनमात्र फोहोर नउठ्नेबेलामा पनि सहर दुर्गन्धित बन्ने गरेको छ । काठमाडौँको खानेपानी समस्या र पर्यावरणीय समस्या मुख्यतः अव्यवस्थित सहरीकरणका अनिवार्य परिणाम हुन् । खानेपानीको हाहाकारमा रहेका काठमाडौंवासीका लागि भर्खरै झरेको मेलम्चीको पानी राहत भएको छ तर यो कुनै दीर्घकालीन समाधान होइन ।
नेपाल एकीकरणपछि काठमाडौँ नेपालको राजधानी रहँदै आएको छ । देशको राजधानीमा सरकारमा रहेका, सरकारी सेवामा रहेका र देशभरका मानिसको आवतजावत हुनु अस्वाभाविक भएन । देशको विकास राजधानीबाट सुरु हुनु स्वाभाविक भए पनि राजा, राणा, २००७ सालपछिका सरकार, पञ्चायत व्यवस्थाका सरकारहरू र २०४७ सालपछिका सरकारहरूले पनि विकासको नाममा सबैजसो सेवासुविधा काठमाडौँ उपत्यकामा केन्द्रित गरे । देशभरका कुलीन, धनीमानी र उच्चपदस्थ कर्मचारीहरूले मात्र नभई तल्लो तहका कर्मचारीहरूले पनि काठमाडौँमै स्थायी ठेगाना बनाउन थाले । पञ्चायती व्यवस्थामा जिल्ला जिल्लाबाट निर्वाचित र मनोनीत भएर आएका रापसहरू वर्षको ११ महिना काठमाडौंमा बसेजस्तै बहुदलीय प्रजातन्त्रपछिका सांसदहरू पनि काठमाडौँकेन्द्रित भइदिँदा देशभरका राजनीतिक कार्यकर्ता र मानिसहरू काठमाडौँमै ओइरिए । एकपटक काठमाडाँै बसेर तुलनात्मकरूपमा सहज जीवन बाँचिसकेका मानिसहरू हिमाल, पहाड र तराईका आफ्ना गाउँबस्तीमा फर्कन चाहेनन् र काठमाडौँ उपत्यकामा जनसङ्ख्या ह्वाट्टै बढ्यो । काठमाडौँ देशको राजनीतिक, प्रशासनिक, आर्थिक, सांस्कृतिक र पर्यटनको केन्द्र बनेजस्तै चोरी, ठगी, लुटपाटजस्ता अपराधको पनि केन्द्र बनेको छ । समयमै देशका स्रोतसाधनहरू र सुविधाको विकेन्द्रीकरण गर्ने नीति लागू गरी जिल्ला जिल्ला र प्रदेश प्रदेशमा काठमाडौँको जस्तै सुविधा भएका सहरहरूको विकास गरेको भए काठमाडौँ आज फोहोर, दुर्गन्धित, प्रदूषित, पर्यावरण बिग्रेको, अव्यस्थित सहर नभई सफा, स्वच्छ, व्यवस्थित र सन्तुलित सहर हुने थियो । सरकारले काठमाडौँ उपत्यकामा थप सहरहरू विकास गरेर लाखौँ जनसङ्ख्या यहाँ केन्द्रित गर्ने योजना ल्याएको छ, जुन बुद्धिमत्तापूर्ण होइन । काठमाडौँ उपत्यकालाई के बनाउने ? यहाँ थप सहर र जनसङ्ख्या केन्द्रित गरी यहाँको पर्यावरणलाई अझै बढी क्षति पु¥याएर धर्तीकै नर्क बनाउने कि मानिस बस्नलायक सन्तुलित सहर बनाउने ? काठमाडौँलाई व्यवस्थित गर्नेतिर लाग्ने हो भने अब यहाँ होइन प्रदेश प्रदेश र जिल्ला जिल्लामै सुविधासम्पन्न, व्यवस्थित र सन्तुलित सहरहरू विकास गर्नु श्रेयष्कर छ ।
Leave a Reply