भर्खरै :

बोडेमा लिङ्को ठड्याइयो

मध्यपुर, ३१ चैत । बोडेको भाँगु टोलस्थित महालक्ष्मी मन्दिरअगाडि मङ्कलबार बिहान ३२ हाते लिङ्को ठड्याइयो । परम्पराअनुसार प्रत्येक वर्ष चैतको मसान्तमा लिङ्को ठड्याइएको हो । विधि विधानअनुसार सयौँ स्थानीय जनताको सहयोगमा सो लिङ्को ठड्याइन्छ ।
लिङ्कोमा दुईवटा अष्टमङ्कल चित्र अङ्कित दुई पटाका झुन्ड्याइएको हुन्छ । लिङ्को ठड्याइसकेपछि महालक्ष्मी मन्दिरमा विभिन्न गुठीहरूको पूजा हुन्छ । लिङ्को प्रत्येक वर्षको वैशाख २ गते ढालिन्छ ।
लिङ्को उठाएकै दिन गुसि छ्वयकेगु (जङ्कलको काठ बाल्ने) गरिन्छ । काठ बाल्ने काम जिब्रो छेड्ने मानिसको टोलमा गरिन्छ । यो वर्ष पनि बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । बेलुका जङ्कलको काठ बालेपछि जिब्रो छेड्ने व्यक्तिले खान नहुने मान्यता छ । उनले योसमेत लगातार आठौँ पटक जिब्रो छेड्ने छन् । जिब्रो छेड्ने चलन बोडेको पाचो टोलमा हुन्छ । यही ठाउँमा वैशाख २ गते बिस्केट जात्रा र जिब्रो छेड्ने जात्रा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *