भर्खरै :

भारत किन बिरामी छ ?

जनवरी २२ मा आसामको तेजपुर विश्वविद्यालयको अठारौँ दीक्षान्त समारोहको भर्चुअल कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसलाई सफलतापूर्वक नियन्त्रण गर्न सक्ने एउटा देश भारत पनि भएको घोषणा गरे । “हामीले भारतमै बनेको खोपबाट भाइरसको सङ्क्रमण रोक्न र हाम्रो स्वास्थ्य पूर्वाधारमा सुधार गर्ने अवसरको रूपमा उपयोग गर्न उल्लेखनीय सफलता हासिल गरेका छौँ । हाम्रो खोप अनुसन्धान र उत्पादन क्षमताले भारतलाई मात्र होइन, संसारका धेरै अन्य देशहरूको लागि कवच प्रदान गरेको छ”, मोदीले भने ।
जनवरी २८ मा विश्व आर्थिक मञ्चको दाभोस अनलाइन संवादमा पनि उनले बोलेका थिए । भूराजनीतिक हिसाबकिताबसहितको आफ्नो सरकारको ‘खोप कूटनीति’ मा गौरव गर्दै मोदीले संसारका करोडौँ जनताको जीवन रक्षा गरेको दाबी गरे ।
तर, खोप अभियान बखानभन्दा ठीक उल्टो छ । भारतका असङ्ख्य साधारण जनता कोभिड–१९ आउँदै गरेको ‘दोस्रो लहर’ को खतरासामू निरीह भएर बसेको बेला नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) सरकारको ध्वंसकारी महामारीमाथि विजयको कुरा सन् २०१४ को चुनावमा उनले भारतीय जनतासामु गरेको ‘राम्रो दिन’ ल्याउने वाचाजस्तै खोक्रो थियो । भारतका बहुमत जनता अहिले देशकै इतिहासमा सबभन्दा घातक जनस्वास्थ्य सङ्कट निम्त्याउने मोदी सरकारविरुद्ध आवाज उठाइरहेका छन् ।
महामारी फैलिनबाट रोक्न मोदी सरकारको विफलता कोभिड–१९ को दोस्रो लहरले स्पष्टतः उजागर गरेको छ । भाइरसको कारण मर्ने र सङ्क्रमितको सङ्ख्याको आधारमा भारत संरा अमेरिकापछि सबभन्दा बढी अर्थात् दोस्रो प्रभावित देश बन्नु दुर्भाग्यपूर्ण र लज्जास्पद कुरा हो । भाइरस सङ्क्रमणको कारण मर्नेको सङ्ख्यालाई हेर्दा सन् २०२० को जनवरीमा पहिलो पटक कोभिड–१९ को भाइरस देखापरे यता स्वास्थ्य पूर्वाधार विकासमा मोदी सरकारले खासै ध्यान नदिएको पुष्टि गरेको छ ।
मोदी सरकारले भाइरसको प्रतिरोध गर्न केही कदम चालेको छ । तथापि, कोभिड–१९ को विस्तार सामना गर्न भारतको केन्द्रीय सरकारले असंवदेनशीलता देखाएको छ । फलतः सिङ्गो भारतले आज अध्यारो समयको सामना गरिरहेको छ ।
कोरोना भाइरसको कारण मर्नेका आफन्तहरू मसानघाटमा लास जलाउन ठाउँ पाउन समेत लामो लाममा बसिरहेका छन् । भारतका विभिन्न राज्यहरूमा अस्थायी मसानघाटहरू बनाइएका छन् । भारतीय जनता र सिङ्गो संसारले आज भारतका विभिन्न सहरमा एकै ठाउँमा धेरै वटा लास जलाइँदै गरेको वा गाडिँदै गरेको हृदयबिदारक तस्वीरले मोदी सरकारअन्तर्गत भारतको कहालीलाग्दो तस्वीर उजागर गरेको छ । मोदी सरकार सर्वसाधारण जनताको जीवन रक्षा गर्नभन्दा आफ्नो राजनीतिक शक्ति बलियो बनाउन बढी तल्लीन छ ।
कोभिड–१९ को कारण मानिसका दुःख र निराशा बढेसँगै जनताको आक्रोश जनस्वास्थ्य सङ्कटप्रति जवाफदेही बन्ने मागमा रूपान्तरण भइरहेको छ । हजारौँ बिरामीहरूलाई रेमडेसिभिर वा अक्सिजनजस्ता जीवनप्रदायक औषधिको खाँचो परिरहेको बेला मोदीले भारतलाई ‘संसारकै औषधि पसल’ भन्नु हाँसोउठ्दो कुराबाहेक के हुनसक्छ ?

भारतमा कोभिड–१९ महामारीले मोदी सरकारको घरभित्र र बाहिर पनि चर्को आलोचना भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा लगातार शीर्षकहरू छापिंदै छन्–‘मोदीले भारतलाई लकडाउनबाट निकाले र कोभिड–१९ को महाविनाशतिर धकेले’ अथवा ‘मोदीको गल्तीः अनियन्त्रित महामारी’ अथवा ‘भारतमा स्वास्थ्य विध्वंसः ‘मुख्य दोषी नरेन्द्र मोदी’ ले मोदीलाई उनका ‘अनन्य मित्र’ संरा अमेरिकाका पूर्व ाष्ट्रपति डोनाल्ड ट्रम्पलाई जस्तै आफ्ना जनताको जीवन रक्षामा नराम्ररी असफल पुष्टि गरेको छ । विडम्बना, भारतका पाँच राज्यहरूमा चुनावी सभा र जुलुस गर्ने र हिन्दूहरूको धार्मिक कुम्भ मेला आयोजना गर्न दिने जस्ता गलत प्राथमिकताको कारण आज भाइरस सङ्क्रमणले भयानक रूप लिएको छ ।

संयुक्त राष्ट्र सङ्घको शान्ति सेना र अन्य ८० वटा देशलाई खोप दिएर मोदीले संसारसामू आफूलाई ‘रक्षक’ को रूपमा व्यक्ति पूजा गराउन चाहेका थिए । विडम्बना कोभिड–१९ को यो विषम परिस्थितिले भारत विदेशीहरूसामू खस्किंदो अवस्थामाथि जीत हासिल गर्न जीवनप्रदायक औषधि, अक्सिजन र भेन्टिलेटर माग्दै हिँड्न बाध्य भएको छ ।
महामारीको दुःखद समयमा खोप दिन असफल भएकोमा मोदी सरकारको खुलमखुला विरोध गर्न थालेका छन् । समयमा खोप दिन नसक्दा भारतीय जनतालाई अझ खतरामा धकेलेको छ । सन् २०१४ मा मोदी सत्तासीन भए । त्यसयता मोदी र उनका साथीहरू भारतीय जनताको भलाइका लागि जिम्मेवार बन्नुको सट्टा देशभर आफ्नो राजनीतिक प्रभाव बिस्तार गर्न व्यस्त छन् । भारतका बहुमत जनता सोध्दै छन्– धेरै देशमा खोप निःशुल्क वितरण भइरहेको छ । यदि आफ्ना नागरिकलाई खोप वितरण गर्न पनि सरकार सक्दैन भने निर्वाचित केन्द्रीय सरकारको अर्थ के नै भयो र ?
सामाजिक सञ्जालमा #<odiResign / #ModiMadeDisaster कोभिड–१९ सङ्कटप्रति अनुत्तरदायी बनेको मोदी सरकारको जनविरोधी नीतिप्रतिको सीधा जवाफ भएको देखिन्छ । सरकारले ‘जति धेरै शक्ति प्राप्त हुन्छ, त्यत्ति धेरै जिम्मेवारी थपिन्छ’ भन्ने कुरा बुझ्न जरुरी छ । तर, यो आधारभूत सत्यसमेत कोरोना भाइरसको सङ्कटको सामनामा प्रतिबिम्बित भएको देखिएन ।
भारतमा कोभिड–१९ महामारीले मोदी सरकारको घरभित्र र बाहिर पनि चर्को आलोचना भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा लगातार शीर्षकहरू छापिंदै छन्–‘मोदीले भारतलाई लकडाउनबाट निकाले र कोभिड–१९ को महाविनाशतिर धकेले’ अथवा ‘मोदीको गल्तीः अनियन्त्रित महामारी’ अथवा ‘भारतमा स्वास्थ्य विध्वंसः ‘मुख्य दोषी नरेन्द्र मोदी’ ले मोदीलाई उनका ‘अनन्य मित्र’ संरा अमेरिकाका पूर्व ाष्ट्रपति डोनाल्ड ट्रम्पलाई जस्तै आफ्ना जनताको जीवन रक्षामा नराम्ररी असफल पुष्टि गरेको छ । विडम्बना, भारतका पाँच राज्यहरूमा चुनावी सभा र जुलुस गर्ने र हिन्दूहरूको धार्मिक कुम्भ मेला आयोजना गर्न दिने जस्ता गलत प्राथमिकताको कारण आज भाइरस सङ्क्रमणले भयानक रूप लिएको छ । फलतः आज धेरै मानिसले जीवन गुमाएका छन् । देशभर मृतकहरूको सामूहिक अन्तिम संस्कारका दृश्यले यही कुरा झल्काइरहेको छ ।
अप्रिल २० मा मोदीले देशबासीको नाममा सम्बोधन गरे । त्यहाँ उनले कोभिड–१९ को भयावह अवस्था सामना गर्न आफ्नो दायित्व राज्य सरकार र जनताकै थाप्लामा पन्छाएका छन् । सार्वजनिक नीतिमा जब जनस्वास्थ्य न्यून महत्वको विषय बन्छ, त्यसले मानिसको प्राण हरण गर्नुका साथै समाजमा धेरै गरी आर्थिक प्रभाव पनि पार्ने कुरा केन्द्रमा सत्तारुढ दलले बुझ्न जरुरी छ ।
महामारीविरुद्धको लडाइँ दीर्घकालीन युद्ध हो । यस्तो बेला केन्द्र र राज्यबीच दुश्मनी हुनुहुन्नथ्यो ।
कोभिड–१९ का रोकथाम र नियन्त्रणका उपायको कडाइपूर्वक पालनाका साथै केन्द्र र राज्य सरकारहरूबीच समन्वय यतिबेलाको आवश्यकता हो । यो भयावह अवस्थामाथि जित हासिल गर्न भारतसँग लड्नुको अर्को विकल्प छैन ।
(लेखक चीनको राजनीतिक, सामाजिक र सांस्कृतिक विषयमा कलम चलाउने र बेल्ट एन्ड रोड परियोजनाको कोणबाट चीन–भारत सम्बन्धबारे अभिरुचि राख्ने व्यक्ति हुनुहुन्छ ।)
स्रोत : सीजीटीएन
नेपाली अनुवाद : सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *