भर्खरै :

विद्यार्थीको गुनासो

म एक विद्यार्थी । कुन कलेज वा कुन ठाउँको पनि नभन्नु होला । बच्चैदेखि पढ्दै आएको कुरा, सधैँ विद्यालयमा सिकाएको कुरा, धनभन्दा त विद्या ठुलो ¤ यसको अर्थ धन केही होइन भन्ने कुरा होइन । धन नभई आज विद्यालयमा भर्ना गराइँदैन । परीक्षा शुल्क नबुझाई परीक्षामा सामेल गराईँदैन । तर, योभन्दा असह्य कुरा त आफूले पढेर राम्रो अङ्क ल्याएर छात्रवृत्ति पाउने आशामा पनि ग्रहण लाग्न थालेछ । अहिले त जेहेनदार विद्यार्थीको लागि भनी छुट्याइएको छात्रवृत्ति पनि पावर हुने विद्यार्थीले पाउँछ जेहेनदार विद्यार्थीले नै पाउँछ भन्ने कुरामा शङ्का छ । जो गरिब र जेहेनदार छन्, उनीहरूलाई छुट्याइएको छात्रवृत्ति पनि परीक्षामा फेल भएका विद्यार्थीले पाउँछ । त्यो कतिको न्यायोचित्त होला ? घरको आर्थिक अवस्था त्यत्ति राम्रो छैन । म त्यही छात्रवृत्ति पाउन रातदिन नभनी मेहनत गरेर राम्रो अङ्क ल्याउँछु । एउटा निम्नमध्यम वर्ग परिवारको म । आफ्नो इच्छानुसारको पढाइको लागि छात्रवृत्तिको नै आशा गर्दछु । तर, यहाँ विद्यार्थीको पढाइभन्दा पहुँचमा आफन्त छन् भने उनीहरूले छात्रवृत्ति सहजै पाउँछन् ।
अनि मेरो मिहेनतको के अर्थ रहन्छ र ? मिहेनतको फल कहाँ पाउँछु त मैले ? म पनि पढाइ छोडेर अब आफ्नो पहुँच पनि त्यतैतिर बनाउनुपर्ने रहेछ भन्ने मनसाय हुन्छ । भोलि अन्य विद्यार्थीहरूलाई पनि त्यस्तै हुन सक्छ । सबैको त्यस्तै मनस्थिति भयो भने समाजमा जो जेहेनदार छ, उसको लागि कहाँ ठाउँ होला त ? जो पढेर केही गर्छु भनेर सोच्छन्, उनीहरूको लागि समाज र राज्यले कस्तो व्यवस्था गरिदिन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *