भर्खरै :

चरित्र हत्या गर्नु निन्दनीय

नयाँ प्रकारको कोरोनाको कहरबाट विश्व आक्रान्त भएको बेला भनपा पनि अछुट रहेन । निःसन्देह, सचेत मानिसले अरूलाई पनि सचेत हुन सिकाउँछ ।
भक्तपुर नपाको कुरा त्यहीका ‘एक कर्मचारी’ नामले कपोलकल्पित र भ्रामक खबर छाप्न लगाएर ‘मजदुर दैनिक’ को गरिमा र निष्पक्षतामा समेत आँच पु¥याएको र संस्थाको सिङ्गो प्राविधिक जगतलाई धमिल्याउने कुत्सित मनसाय प्रस्ट देखियो ।
हामी धेरै जना सँगै थियौँ । एक प्राविधिकले लक्षणबिना पनि अब सबै कार्यालयमा सधैँ आउनलाई पीसीआर गराएर ढुक्क हुनुपर्छ भनेका थिए । उनी एक्लै भए पनि पीसीआर गर्न गए । २४ घण्टापछि रिपोर्ट लिन जान शाखा इन्जिनियरसँग स्वीकृति माग्दै गर्दा एक कर्मचारी अगुवाले पीसीआर दिएको भए घर जानु भनेका थिए । मजदुरमा छापेको जस्तो हामीले सुनेनौँ । भनेका भए अशोभनीय मानिन्थ्यो होला ।
जहाँसम्म प्राविधिकले पोजिटिभ आएपछि शाखाहरू घुम्दै भेट्दै गरेको भनेको कुरा छाप्न लगाइयो, उनलाई सङ्कोच किन लागेन ? प्रशासन प्रमुखसँग सोधेर रिपोर्ट लिन गएपछि कार्यालय फर्केकै छैन भन्ने कुरा स्वयम् प्रशासन प्रमुख र त्यहाँ जडित सीसीटीभीले स्पष्ट गर्नसक्छ ।
छद्मभेषी एक कर्मचारीज्यू ! कसैप्रति द्वेष र रिसराग हुँदै संस्थाकै अर्काे सदस्यको चरित्र हत्या गर्नु भनेको आफ्नो र आफ्नै संस्थाको गरिमा घटाउनु हो । कोरोना कहरजस्तो जीवन र मृत्युको सङ्घर्षमा रहेका पीडितलाई मौका छोपेर आक्रमण गर्नु निन्दनीय कार्य हो । त्यस्ता कर्मचारीलाई समयमै स्थानीय सरकारले चिन्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *