लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
स्थानीय तह स्थानीय जनताको सबभन्दा नजिकको सरकार हो । स्थानीय जनताको सुख, दुःखमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहन्छ । स्थानीय सरकार र स्थानीय जनताबीचको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ । स्थानीय सरकारहरूले स्थानीय जनताबाट विभिन्न प्रकारका करहरू असुल्ने गरेका छन् । स्थानीय जनताको कर, पसिनाबाट सङ्कलित राजस्वका ब्रह्मलुट मच्चाउने स्थानीय सरकारका जनता औषधि उपचार नपाएर छटपटाइरहेका छन् । कतिपयको अकालमा मृत्यु भइरहेका समाचारहरू दिनप्रतिदिन सार्वजनिक भइरहेको स्थानीय सरकारको कानमा पुगिरहेकै होला ।
कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण दिनप्रतिदिन व्यापकरूपमा बढ्दै गइरहेको छ । कोभिड–१९ नियन्त्रणमा स्थानीय तहका निर्वाचितहरूले कुनै पनि प्रकारको जिम्मेवारी पूरा गरेको देखिँदैन । गएको वर्ष कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नकै लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको उल्लेखनीय भूमिका देखियो । ती निकायले अलिकति भए पनि आफ्ना नागरिकहरूलाई राहत उपलब्ध गराएका थिए । हरेक स्थानीय तहले क्वारेन्टिन, अस्थाई कोभिड अस्पताल र आइसोलेसनको व्यवस्थापन गरेका थिए । समाजमा कुनै पनि व्यक्तिमा कोभिड–१९ को लक्षण देख्नासाथ क्वारेन्टिनमा राख्ने व्यवस्था गरेका थिए । कहीँ कतै कोभिड–१९ को सङ्क्रमित भेट्नासाथ सम्बन्धित ठाउँलाई सिज गरी कन्ट्याक्ट टे«सिङ्ग गर्नुका साथै विज्ञ टोलीको समूह प्रचालित हुन्थ्यो ।
सुरक्षाकर्मीहरू पनि रातदिन नभनिकन सक्रिय थिए । रोजगारीको शिलशिलामा बाहिर गएकाहरू घर फर्कँदा केही समय क्वारेन्टिनमा बसी चेकजाँचपछि मात्र घर फर्किन्थे । सरकार त्यहीँ हो, व्यवस्था पनि उहीँ हो । तर, यसपालि कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा संस्थागत क्वारेन्टिन आइसोलेसन र जनचेतनामूलक गतिविधिहरू किन अगाडि बढेन ? सर्वसाधारणले प्रश्न गर्दै छन् । होम क्वारेन्टिन कतिको उपयुक्त र भरपर्दो छ । सरकारलाई यस विषयमा जानकारी छ कि छैन ? सङ्घीय सरकार र प्रदेश सरकारलाई थाहा नहोला, तर स्थानीय सरकारलाई पक्कै थाहा भएको हुनुपर्छ – आफ्ना जनताको आर्थिक अवस्था, पारिवारिक अवस्था र सामाजिक अवस्था । आज समुदायमा कोभिड–१९ को सङ्क्रमण बढ्नुका साथै मान्छेको अकालमा मृत्यु भइरहेको छ ।
क्वारेन्टिनको नाममा एक दुई गरी परिवार र समुदायमा सङ्क्रमण बढ्दै गइरहेका छन् । सहर÷बजारको अस्पतालमा बिरामीले भर्दा अस्पतालका बेडहरू भरिभराउ छन् भने अधिकांशले सहरको अस्पतालसम्म पुग्ने हैसियत राख्दैनन् । सङ्क्रमितहरू गाउँघरका झोले डाक्टर र औषधि बिक्रेताहरूको सिफारिसमा औषधि सेवन गर्न बाध्य छन् । जनताले गल्ती गरेको खण्डमा संविधानअनुसार ऊ सजाएको भागिदार हुन्छ भने आफ्नो जनताप्रति उदासीन बन्ने र अकालमा मृत्युको मुखसम्म पु¥याउने सरकारको बागडोर समाल्नेलाई कारबाही किन नहुने ?
Leave a Reply