सरकारको नीति तथा कार्यक्रम : उपेक्षामा स्वास्थ्य क्षेत्र
- जेष्ठ ४, २०८३
जनसरोकार समिति खोकना ललितपुरको आयोजनामा कोभिडबाट कसरी बच्ने विषयमा अनलाइन अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
ललितपुरवासीबीच भएको उक्त कार्यक्रममा ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य एवं डा. रत्नसुन्दर लासिवाले कोभिड सङ्क्रमित हुनुभन्दा पहिले नै स्वास्थ्य सावधानीमा रहनु उत्तम उपाय भएको चर्चा गर्दै भौतिक र सामाजिक दुरी कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “कोभिड सङ्क्रमण हुनबाट बच्न मास्क लगाउनुपर्छ, कम्तीमा दुई मिटरको भौतिक दुरी कायम गर्नुपर्छ, साबुन–पानीले नियमितरूपमा हात धुनु आवश्यक छ ।”
ख्वप अस्पताल आइसोलेसन केन्द्रका संयोजक गौतमप्रसाद लासिवाले सरकारले जनताको स्वास्थ्य सेवाको जिम्मेवारी नलिएको अवस्थामा हामी आफै सचेत भएर बस्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन केन्द्रबारे जानकारी गराउँदै उहाँले स्थानीय तह, क्लव, समूहहरू मिलेर आइसोलेनस केन्द्र स्थापना गर्नु अहिलेको आवश्यकता हो भन्नुभयो ।
कार्यक्रमका सभापति एवम् जनसरोकार समिति खोकनाका अध्यक्ष नेपाल डंगोलले सरकारले सर्वसाधारण राजधानीवासीलाई स्वास्थ्य सेवा दिन नसक्नु निन्दनीय कदम भएको बताउनुभयो ।
कार्यक्रममा कृष्णशरण डंगोल, प्रकाश डंगोल, अष्टबहादुर महर्जन, कृष्णभक्त डंगोल, नरेश महर्जनलगायतले बोल्नुभएको थियो ।
Leave a Reply