भर्खरै :

एकहप्ते लिच्छवि लिपि तालिम सम्पन्न

निषेधाज्ञाको समय सदुपयोग गरी ‘स्क्रिप्ट ख्वप’ को आयोजनामा एकहप्ते लिच्छवि लिपि तालिम सम्पन्न भयो । उक्त तालिम अनलाइनमार्फत गरिएको हो । निषेधाज्ञाको समय बचत गर्न तथा घरमै बसेर पनि केही सिक्न सकिने भनी यो कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम संयोजक रेनुका कर्माचार्यले बताउनुभयो ।
बिस्तारै हराउँदै गएको लिपिलाई पुनर्जीवित गर्न तालिम दिएको प्रमुख प्रशिक्षक श्रीराम खाइतु बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यो भन्दा अघिल्लो पटकको निषेधाज्ञामा पनि हामीले अनलाइनमार्फत तालिम दिएका थियौँ ।”
२२ जना प्रशिक्षार्थी सहभागी भएको उक्त तालिमको संयोजन रेनुका कर्माचार्यले गर्नुभएको थियो । सहायक प्रशिक्षकको रूपमा किशोर गोसाई, सृजना दुवाल र रोजिना वनमाला हुनुहुन्छ । ‘स्क्रिप्ट ख्वप’ले भक्तपुरमा क्यालीग्राफी जात्रासमेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *