साम्राज्यवादीहरू भियतनामबाट पुच्छर लुकाएर भागे
- जेष्ठ ४, २०८३
सुदूर पश्चिम एसियाको देश प्यालेस्टिनमाथि त्यही देशमा ओभरल्याप गरी स्थापना गरिएको देश इजरायलले आक्रमण गरिरहेको छ । यहुदीहरूको राज्य इजरायलको विस्तारको लागि त्यहाँ सदियौँदेखि बसोबास गरिरहेका प्यालेस्टिनी जनतालाई बलपूर्वक विस्थापित गरिरहेको तथ्य सर्वविदित्तै छ । तर, यस तथ्यलाई बेवास्ता गरी आफ्नै बस्ती, गाउँ र घरबाट निकालिएका प्यालेस्टिनी जनताका छोराछोरीहरूलाई इजरायली र पश्चिमा देशका शासकहरूले आज आतङ्कवादी भनिरहेका छन् ।
इजरायलले तीनचार दिनदेखि प्यालेस्टिनीहरूको बस्ती रहेको गाजापट्टीमा हवाई आक्रमण गरिरहेको छ । इजरायली आक्रमणमा परी सयौँ प्यालेस्टिनीको मृत्यु भएको अनुमान छ । मिसाइल र बम हमलाबाट दर्जनौँ आवासीय भवनहरू ध्वस्त भइसकेका छन् । इजरायली आक्रमणको लागि प्यालेस्टिनी लडाकु सङ्गठन हमासको गतिविधिलाई बहाना बनाइएको छ । हमासले इजरायली आक्रमणको प्रतिकारमा साना क्षेप्यास्त्रहरू हानेको पक्कै हो तर आक्रमणको सुरूवात सधैँझैँ इजरायली सेनाले गरेको हो । गाजा र इजरायलमा पाँच दिन यता भइरहेको हिंसा सन् २०१४ यताकै खराब भएको बताइएको छ । यहुदी र मुसलमान दुवैले पवित्र धार्मिक स्थलको रूपमा सम्मान व्यक्त गर्ने पूर्वी जेरूसेलममा हप्तौँदेखिको तनावपछि झडपहरू भएका थिए ।
इजरायललाई संरा अमेरिका, बेलायतलगायत पश्चिमा राष्ट्रहरूको साथ र समर्थन छ । उनीहरूले इजरायललाई परमाणु बमदेखि सबै अत्याधुनिक अस्त्रशस्त्र दिँदै आएका छन् । प्यालेस्टिनीहरूको प्रतिरोध प्रतिकात्मकमात्र हो । इजरायलबाट नरसंहार भइरहँदा पनि संयुक्त राष्ट्र सङ्घले कुनै कदम नचाल्नु र विभिन्न देशका सरकारहरू चुपचाप लाग्नुले सङ्केत गर्दै छ – प्यालेस्टिनीहरू मानिस होइनन्, भेडा–बाख्रा हुन् । प्यालेस्टिनीहरूको जीवनको कुनै मूल्य नै छैन । होइन भने इजरायली अत्याचारको विरोध किन हुँदैन ?
Leave a Reply