सरकारको नीति तथा कार्यक्रम : उपेक्षामा स्वास्थ्य क्षेत्र
- जेष्ठ ४, २०८३
यस पुस्तककी लेखिका सोभियत कम्युनिस्ट पार्टीकी वरिष्ठ कार्यकर्ता थिइन् । उनी १९०४–१९०५ मा निर्वासनमा थिइन्, त्यहाँ उनले बोल्शेभिक समुदायबीच काम गरिन् । रुसका गुप्त सङ्गठनहरूसँग गरिने गुप्त पत्र–व्यवहारमा क्रुप्सकायालाई सघाइन् । १९०५ को क्रान्ति र महान अक्टोबर क्रान्तिमा सक्रियतापूर्वक भाग लिइन् । सोभियत सत्ताका सुरुआती वर्षहरूमा उनले जनकमिसार परिषद् र श्रम तथा प्रतिरक्षा परिषद् सँगसँगै लेनिनको सेक्रेटरीको रूपमा काम गरिन् । उनले लेनिनको बारेमा अनेक संस्मरणहरू लेखिन् । प्रस्तुत पुस्तक लेनिनको बारेमा फोतिएभाले लेखेका संस्मरणहरूको सङ्ग्रह हो ।
कोठाको भित्ताको अधिकांश भाग स्वीडनी तरिकाको किताब राख्ने अल्मारीहरूले भरिएको थियो । लेनिनको सानो लाइबे्ररी थियो, जसमा करिब दुई हजार किताबहरू थिए । उहाँका माक्र्सवादी किताबहरूमा माक्र्स, एङ्गेल्स, लेनिन, प्लेखानोभ, रोजा लक्जम्बर्ग आदिका कृतिहरू सामेल थिए । उहाँसँग ग्रानात, ब्रोकहौस र एफ्रोन सँगसँगै अन्य विश्वकोश थिए । बायाँ भित्तासँग सटेकोे दुई ओटा अल्मारीमा रुसी साहित्य थियो : टोल्स्टोय, लेर्भोन्तोभ, गोगोल, तुर्गेनेभ, उस्पेन्स्की, लेस्कोभ, सल्तिकोभ–श्चेद्रीन, चेखब, गोर्की आदि । त्यहाँ रदीश्चोभ, हर्जेन, बेलीस्की, दोब्रोल्यूबोभ, पिसारेभ, चेर्निशेभ्स्की आदि क्रान्तिकारी जनवादी र सामाजिक साहित्य लेखकहरूका कृतिहरू पनि थिए ।
सुरु–सुरुमा लेनिनसँग कुनै लाइब्रेरियन थिएन । किताबहरू अल्मारीमा कुनै पद्धतिबिना असरल्लै राखिन्थे ।
पछि कामको केही जानकारी भएका एकजना नौजवान साथीलाई किताबलाई विषयअनुसार विभाजित गरी त्यसको सूची तयार गर्न नियुक्त गरियो । १९२० मा राजकीय प्रकाशन गृहका कर्मचारी मानुचार्यन्त्सलाई लाइबे्ररी चलाउन निमन्त्रित गरियो । बिस्तारै–बिस्तारै व्यवस्था बस्यो र किताबलाई विभागअनुसार राखियो । एउटा सानो विभाग कथा–साहित्यको थियो, जसमा धेरैजसो रुसी क्लासिक ग्रन्थहरू थिए । अन्य विभागहरूमा माक्र्सवादी पुस्तक, विश्वकोश, सामाजिक साहित्य, विदेशी साहित्य आदि थिए । सबै नवीनतम पुस्तकहरू एउटा अल्मारीको त्यो तल्लो खानामा राखियोस् भन्ने लेनिनको चाहना थियो । संयोगले त्यस समय एउटा अल्मारीको तल्लो खाना खाली थियो । यसरी उहाँको चाहना पूरा भयो । यद्यपि, ती पुस्तकहरू हेर्न उहाँलाई अल्मारीको सामुन्ने टुक्रुक्क बस्नुपथ्र्यो र पनि उहाँले हामीलाई ती पुस्तकहरू अन्त सार्न दिनुभएन । उहाँ पुस्तकलाई त्यहीँ राख्नमा अभ्यस्त हुनुभएको थियो ।
अखबारहरूको पुस्तक–परिचय–फाँट तथा आफूलाई पठाइएको पुस्तक सूचीमा नजर दौडाउँदै लेनिनले जुन–जुन पुस्तकहरू मगाउन चाहनुहुन्थ्यो, तिनमा रातो वा नीलो सिसाकलमले चिह्न लगाउनुहुन्थ्यो । अथवा, यस सम्बन्धमा एउटा पर्ची लेखेर टेबलको बायाँ घर्रामा राख्नुहुन्थ्यो । लाइबे्ररियनले काम समालेपछि लेनिनले मगाउनुभएका पुस्तकहरू भोलिपल्टै उहाँसमक्ष पुग्थे । “यसो सोच्नुहोस् त, हिजोमात्रै मैले यिनको बारेमा लेखेको थिएँ र पुस्तकहरू यहाँ आइसके !” उहाँ खुसी, आश्चर्यका र मन्द मुस्कानसाथ भन्नुहुन्थ्यो ।
उहाँको लेख्ने टेबलको दायाँबायाँ दुवैतर्फ एक–एक ओटा घुम्ने किताबदानी थिए, जसलाई लेनिन ‘चौघुमनी’ भन्नुहुन्थ्यो । दाहिने हाततिरको ‘चौघुमनी’ मा लेनिनलाई सन्दर्भ वा प्रमाणत्वका लागि आवश्यक हुने पार्टी र सोभियत साहित्यका चुनिएका पुस्तकहरू हुन्थे, सँगै केही विश्वकोश राखिएका हुन्थे । प्रायःजसो उहाँ तिनको उपयोग गर्नुहुन्थ्यो । विश्वकोशहरूलाई पनि सधैँ काममा ल्याउनुहुन्थ्यो । उहाँ स्वयम् पुस्तकहरूको चुनाव समझदारीपूर्वक गर्ने कुराको चिन्तन गनुहुन्थ्यो ।
बायाँ हातको ‘चौघुमनी’ लाई लेनिनको आदेशमा विभिन्न भागमा बाँडिएको थियो । ता कि त्यसमा फाइल ठड्याएर राख्न सकियोस् र टेबलमा फाइलहरू नछरिऊन् ।
सन्दर्भ–पुस्तकहरूमा लेनिनले बारम्बार प्रयोग गर्ने एउटा रेलवे गाइड थियो । त्यो प्रायःजसो उहाँको टेबलमै हुन्थ्यो । एकदिन त्यो हरायो, यसले लेनिनलाई धेरै चिन्तित तुल्यायो । किनकि त्यसमा उहाँले सजिलोको लागि धेरै चिह्न बनाउनुभएको थियो ।
उहाँले हामीलाई उहाँको कार्यालयमा आउजाउ गर्ने सबै साथीका लागि, यदि कसैले रेल्वे गाइड लिएको छ भने त्यो गाइडको नयाँ प्रतिको सट्टामा त्यसलाई फिर्ता गर्नु भन्ने आशयको सूचना जारी गर्न भन्नुभयो । तर, खोजीनीतिको कुनै नतिजा निस्किएन । त्यो किताब हरायो । लेनिनले नयाँ प्रति लिनैप¥यो । उहाँले त्यो नयाँ प्रतिमा ‘लेनिनको प्रति’ लेख्नुभयो र हामीसँग भन्नुभयो, “कोठाको किताब नछितारियोस्, किनकि साथीहरूले किताब लगेपछि फर्काउन जान्दैनन् ।”
टेबलको पछाडि भित्तासँग सटेको किताबको अल्मारीहरूका दायाँ र बायाँ दुईओटा किताबदानी थिए । तिनमा रुसी अखबारहरूको पूरा सेट र ‘फ्रान्सीसी’ ‘जर्मन’ ‘अङ्गे्रजी’ ‘इटाली’ अङ्कित फाइलहरूमा विदेशी अखबारहरू राखिएका थिए ।
त्यहाँ १९१७ को ‘प्राभ्दा’ को फोटो–प्रतिहरू पनि फाइलमा राखिएको थियो ।
एउटा अर्को किताबदानी झ्याल नजिकै थियो, त्यसमा हामीले रुसी अखबारहरूको चालु महिनाका प्रतिहरू र केही अन्य फाइलहरू राख्थ्यौँ ।
त्यस किताबदानीको सामुन्ने गमलामा एउटा ठुलो खजूरको बिरुवा लगाइएको थियो । लेनिनले त्यसलाई धेरै मन पराउनुहुन्थ्यो । आफैले त्यसको हेरचाह गर्नुहुन्थ्यो । जब त्यसमा कुनै रोग लाग्न सुरु गथ्र्यो, तब उहाँ तुरुन्त वनस्पति–विशेषज्ञलाई बोलाउन पठाउनुहुन्थ्यो । लेनिनले टिपेका फूल मन पराउनुहुन्नथ्यो । चुँडिएका फूलहरू आफ्नो कोठामा राख्न कहिल्यै अनुमति दिनुहुन्नथ्यो । उहाँले चँुडिएका फूल छिट्टै ओइलाई जाने भएकोले पनि मन पराउनुहुन्नथ्यो ।
सोफाको छेउमाथि, भित्तामा सिरानमा पेत्रोग्राद सोभियतद्वारा लेनिनलाई भेट दिइएको माक्र्सको चित्र तथा मूर्तिकार आल्तमानद्वारा निर्मित खाल्तुरिन (१) को अद्भूत मूर्ति राखिएको थियो । त्यस मूर्तिमा ‘खाल्तुरिन’ शब्द गहिरो गरी खोपिएको थियो, जसले त्यो राम्रोसँग देखिँदैनथ्यो । लेनिनले त्यसमाथि चकले नाम लेखिदिनुभयो । ता कि चित्र कसको हो सबैले चिनून् । पछि आल्तमानले त्यसमाथि सुनौलो रङ्ग चढाइदिए ।
टेबलमा लेनिनको नाममा पठाइएका अनेकौँ उपहार राखिएका हुन्थे । तिनीहरूमा मानिसको खोपडीको जाँच गर्दै गरेको फलामद्वारा बनाइएको एउटा बाँदर, काकेशियाली कलाकृतियुक्त एउटा कलमदानी, दुईओटा झुन्डिरहेका साना–साना ल्याम्पको साथमा कार्बोलाइटको एउटा मसीपात्र र गोलो खालको चुरोट–लाइटरको साथमा एउटा खरानीदान (स्टे«) पनि थिए । यी सबै मजदुरहरूद्वारा उपहार पठाइएका चीजहरू थिए ।
लेनिनको कुनै पनि चित्र न त उहाँको अध्ययन कक्षमा थियो, न त जनकमिसार परिषद्को कुनै कोठामा । उहाँ जहाँ जाने सम्भावना थियो, त्यहाँ उहाँको चित्र हुँदैनथ्यो । कुनै आफ्नो चित्र देखेमा त्यसलाई उहाँ रिसले फ्याँकिदिनुहुन्थ्यो । आवश्यक भएमा मात्र वा फोटोग्राफरहरूले मरिहत्ते गरेपछि मात्र उहाँले आफ्नो फोटो खिचाउनुहुन्थ्यो । उनीहरू लेनिनको फोटो बनाउन जुनसुकै हदसम्म जान सक्ने । उदाहरणको लागि, ओत्सुप नामका एकजना फोटोग्राफर थिए । उनी आफ्नो कटिबद्धता र तल्लीनताको लागि चर्चित थिए । उनी एकदिन, १९२२ को अक्टोबरमा जनकमिसार परिषद्मा आए अनि त्यो समय लेनिनसँग उनको भेटघाट तय भयो भनी छलपूर्वक भरोसा दिलाए । कुनै अनुमतिको प्रतिक्षा नगरिकनै मेरो पछि–पछि अध्ययन–कक्षमा पुगे । यस्तो अनाधिकार प्रवेशमा लेनिन औधी रुष्ट हुनुभयो । तर, त्यति हुँदाहुँदै पनि उहाँ फोटो उतार्न राजी हुनुभयो ।
अनेक चित्रकार र मूर्तिकारहरूले लेनिनका चित्र र मूर्तिहरू बनाउन चाहन्थे, तर प्रायःजसो उहाँ तिनीहरूलाई स्पष्टरूपले अस्वीकार गरिदिनुहुन्थ्यो । तर पनि आल्तमानले धेरै दिनसम्म प्रार्थना गरिरहेपछि उहाँले १९२० मा उनलाई आवक्षमूर्ति (छातिदेखि माथि) बनाउन स्वीकृति दिनुभयो । सर्तसहित । सर्त थियो, मूर्तिको लागि बस्दै गर्दा उहाँलाई (लेनिनलाई) आफ्नो काम गर्ने स्वतन्त्रता हुनेछ । आल्तमानले त्यसलाई दुई वा तीन बसाइमा पूरा गर्ने बाचा गरे । तर मलाई याद छ प्रतिदिन २ घण्टा काम गर्दा पनि उनले त्यसलाई पूरा गर्न दुई महिना लागेको थियो । त्यसै समयमा बढीमा आधा–आधा घण्टाका दुई वा तीन बसाइँहरूमा अन्दे्रयेभले लेनिनका केही पेन्सिल रेखाचित्र तथा उहाँको शिरको एउटा लघुमूर्ति बनाए ।
यी बसाइहरूमा लेनिनले टेलिफोनमा कुराकानी गर्ने, अतिथिहरूसँग भेटघाट गर्ने लेख्ने आदि काम गरिरहनुभयो । अझ भनौँ, उहाँले यस्तो व्यवहार गरिरहनुभयो, मानौँ मूर्तिकार त्यहाँ छन् भन्ने उहाँलाई ज्ञान नै थिएन ।
लेनिनबाहेक याकोभ मिखाइलोभिच स्वेर्दलोभलाई छाडेर अरु कसैले पनि अध्ययन–कक्षको उपयोग गर्दैनथ्यो । जब ३० अगस्ट १९१८ मा घाइते भएपछि लेनिन बिस्तारामा हुनुभयो, तब उहाँले स्वेर्दलोभलाई अत्याधिक तात्कालिक र महत्वपूर्ण कामहरूलाई हल गर्न प्रतिदिन दुई वा तीन घण्टा अध्ययन–कक्षमा काम गर्ने अनुमति दिनुभएको थियो । यो लगभग दुई हप्तासम्म चल्यो ।
१९२२ को १२ डिसेम्बरको दिन नै लेनिनले आफ्नो अध्ययन–कक्षमा काम गरेर बिताउनुभएको अन्तिम दिन थियो ।
केही महिनापछि लेनिनलाई गोर्की गाउँमा लैजान स्टे«चरमा भवनबाट बाहिर ल्याएर गाडीमा राखिँदै थियो । यो दृश्य हामीले झ्यालबाट देख्यौँ, जसले हामीलाई भावविह्वल बनायो ।
त्यसपछि लेनिनले आफ्नो अध्ययन–कक्षलाई केवल एकचोटि फेरि हेर्नुभयो, त्यो पनि एक मिनेटको लागि । यो १८ अक्टोबर १९२३ को कुरा हो । गोर्कीको बगैँचामा टहल्दै गर्दा उहाँले अकस्मात् मोडिएर ग्यारेजतर्फ कदम बढाउनुभयो । आफ्नो कारमा बस्नुभयो र ड्रात्रलाई मस्को पु¥याउन आग्रह गर्नुभयो । उहाँ १८ अक्टोबरमा सञ्जे पर्दा मस्को पुग्नुभयो । रातभरि आफ्नो घरमा बस्नुभयो । सबेरै सम्मेलन हल र आफ्नो अध्ययन–कक्षमा एक नजर दौडाउनुभयो तथा टहल्नका लागि क्रेमलिनको गल्लीतिर निस्किनुभयो । दिउँसोको खानापछि उहाँ गोर्की फर्किनुभयो । उहाँको कार राजधानीको मुख्य सडक हुँदै कृषि–प्रदर्शनीलाई, जुन त्यस समय नेस्कूचनी बगैँचामा भइरहेको थियो, पार गर्दै अगाडि बढ्यो । त्यो लेनिनको अन्तिम मस्को यात्रा थियो ।
लेनिनका अनेक छविचित्र छन् । त्यसका बारेमा अनेक संस्मरण पुस्तकहरू पनि छन् । तर जुन मानिसहरूले लेनिनलाई कहिल्यै जानेका वा देखेका छैनन्, उनीहरूको लागि त्यसमध्ये कुनै पनि छविचित्रले लेनिनको शारीरिक सादृश्यता प्रस्तुत गर्दैन । जहाँसम्म उहाँको मानसिक आकृति–चित्रणको सम्बन्ध छ, त्यो त अझै कठिन काम हो ।
लेनिनका व्यक्तित्वका अति धेरै आयामहरू थिए, तिनका त्यति नै धेरै महत्व पनि थिए । तसर्थ, उहाँको सच्चा छविचित्र सम्मिलित प्रयत्नबाट मात्र बनाउन सकिन्छ । जसले उहाँलाई राम्रोसँग जान्दछन्, उनीहरूले यदि सामूहिकरूपले काम गरेर लेनिनको रूप, उहाँको जीवन र उहाँको क्रियाशिलतालाई व्यक्त गरी अधिकाधिक नयाँ कोण, अधिकाधिक नयाँ ब्यौरा प्रस्तुत गरेमा मात्र यो काम सम्भव छ ।
मेरो पुस्तकले ठ्याक्कै यही उद्देश्यलाई पालन गर्छ : लेनिनको छविचित्रको सामूहिक काममा यस्ता केही अरु कोण, यस्ता केही अरू ब्यौरा जोड्ने उद्देश्य, यसलाई मैले विश्वसनीयरूपले सत्य मान्दछु ।
टिप्पणीहरू :
(१) स.नि. खाल्तुरिन (१९५६–१८८२) – एकजना रुसी क्रान्तिकारी मजदुर । जसले रुसमा ‘रुसी मजदुरहरूको उत्तरी सङ्घ’ नामक मजदुर सङ्गठन स्थापना गरेका थिए । ओदेस्साको फौजी अदालतले सरकारी वकिलको हत्यामा संलग्न भएको आरोपमा खाल्तुरिनलाई १८८२ मा फाँसी दियो ।
(२) या.मि. स्वेर्दलोभ (१८८५–१९१९) – कम्युनिस्ट पार्टी तथा सोभियत राज्यका एकजना अग्रणी सङ्गठनकर्ता । लेनिनका निकटतम सहयोगी । अक्टोबर क्रान्तिपछि स्वेर्दलोभ अखिल रुसी केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष भए ।
प्रस्तुतिः आरम्भ
Leave a Reply