भर्खरै :

के अझै नाङ्गिन बाँकी छ र ?

ए प्रधानमन्त्री र मन्त्री भएका
शासक दलका नेता र कार्यकर्ताहरू !
बलिदानीपूर्ण सङ्घर्षका नाराहरू
कति दोहो¥याउँछौ तिमीहरू !
प्रतिगामीका गोटी आफै बनेर
प्रतिक्रियावादीको प्रहार भयो भन्छौ कति ?
तिम्रा आर्थिक सल्लाहकारहरू
कर्पोरेट हुन्
तिम्रा घरभेटीहरू माफिया हुन्
क्रान्तिकारीको मुकुन्डो कति लाउँछौ
भन, नाटक कति गर्छौ
‘हिटलरको नेपाली संस्करण’ कति देख्छौ ?
हिटलरको पुच्छर आफै कति बन्छौ ?
भागबन्डाको सहकार्य र एकता
चुनावी तालमेल र साझा उम्मेदवार
एक अर्काको चिह्नमा मतदान
के अझै नाङ्गिन बाँकी छ र ?
पिँध नभएका ए लोटाहरू !
नाम फरक छ तिमीहरूको
काम त उही भ्रष्टाचार होइन र ?
तिमीहरू किन सुन्दैनौ, देख्दैनौ ?
अक्सिजन र भेन्टिलेटर नपाएर
कोभिड–१९ सङ्क्रमितहरू मरिरहेको,
बिरामीका आफन्त चिच्याइरहेको
गणतन्त्रका ए ‘निर्वाचित राजाहरू’ !
‘दुई चार दिनलाई टरेको’ नाटक गर्नेहरू !

Leave a Reply

Your email address will not be published. Required fields are marked *