भर्खरै :

सेवी र पैसा

हाँस्दै गइन् उनी पराइ घर
उमेरै नपुगी कसैको ढिपीले
माइतमा त बुबा बिरामी थिए
तैपनि ढिपीको जित भयो
गर्दै गइन् आफ्ना कर्तव्य पूरा
दिइन् सबलाई सम्मान, माया र सहयोग
तर,
बदलामा पाइन् इष्र्याको राप
सट्टामा कहलिइन् एक पागल
लगाइयो नानाथरी आरोप
किनकी,
उनी अन्यायको विरोधमा धावा बोल्थिन्
समाजमा सेवा गरेर हिँड्थिन्
प्यारो लाग्थ्यो सेवा पैसाभन्दा
तर,
कसैलाई पैसाको घमण्ड थियो
पैसाले जीवन चल्छ जस्तो लाग्थ्यो
यसकारण,
केही समय पैसाले जित्न खोज्यो
पैसाले सेवालाई लछारपछार पार्न खोज्यो
आफै चोर आफै पुलिस हुन खोज्यो
अन्त्यमा,
टिक्न सकेन समाजमा पैसाको पाइला
साथ थियो समाजको सत्यसेवीलाई
जित भयो सेवीका पाइलाहरूकै
बने धन्यवादका पात्र
ती सत्यमा साथ दिएका समाज र समाजसेवीहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *