उद्देश्य प्राप्तिको लागि निरन्तर विद्यार्थीहरूले मेहनत जरुरी
- जेष्ठ १, २०८३
भारतको वर्तमान सत्तारूढ पार्टी– भारतीय जनता पार्टीले धर्ममा आधारित राजनीतिमात्र गरिरहेको छैन भारतभर फासीवादी अभ्यास पनि बढाउँदै लगेको छ । भाजपाको त्यस्तो फासीवादी अभ्यासको शिकार अधिकांश त त्यहाँका अल्पसङ्ख्यक समुदायका रूपमा रहेका मुस्लिम र दलितहरू बन्दै आएका थिए । मुस्लिम र दलितहरूमाथि गाई काटेर खाएको आरोपमा बिना कुनै कानुनी कारबाही भीडले कुटी कुटी ज्यान लिइरहेको पनि सुरक्षा अङ्गहरू मूकदर्शक बनेर हेरिरहेका छन् । त्यसरी आरोप लगाएर ज्यान लिइएकाहरूमध्ये धेरैको हकमा उनीहरूले खाएको मासु गाईको नभई राँगो वा खसीको पुष्टि भएको छ । तर, कानुन हातमा लिएर अरूको ज्यानै लिने कर्तुतमा संलग्नहरूमाथि कुनै कानुनी कारबाही भइरहेको छैन ।
भाजपाको फासीवादी आक्रमणको शिकार हुनेहरू अब मुस्लिम र दलितहरूमा मात्र सीमित रहेन । उत्तर प्रदेश, मध्य प्रदेश, पश्चिम बङ्गाल, आसाम, त्रिपुरा, विहार, झारखण्डलगायत भारतीय राज्यहरूमा त्यहाँका कम्युनिस्ट र वामपन्थी पार्टीका नेता, कार्यकर्ताहरू र प्रगतिशील बुद्धिजीवीहरूलाई पनि प्रताडित पार्न थालिएको छ । जून ५,२०२१ (जेठ २२) का दिन भारतको लोकप्रिय अनलाइन समाचार पोर्टल द वायरले लेख्यो – त्रिपुरा ः भाजपा समर्थित हमलाकारीहरूलाई रोक्नको लागि पोस्ट गरेकोमा वाम नेताहरूमाथि कैयौँ एफआरआई÷समाचारअनुसार भाजपाद्वारा परिचालित हमलाकारी दस्ताहरूलाई रोक्नका लागि तस्बिरसहित सामाजिक सञ्जालमा पोस्ट गरेका वाम मोर्चाका प्रदेश संयोजक बिजन धरलाई त्रिपुरा प्रहरीले पक्राउ गरी तीन घण्टासम्म सोधपुछ ग¥यो । नेता धर र वाममोर्चाका नेता कार्यकर्ताहरूमाथि सामाजिक सञ्जालमा पोस्टको माध्यमले हिंसा भड्काउन खोजेको आरोप लगाइएको छ । विपक्षी राजनीतिक पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूको घर तोडफोड र आगजनी गर्दै हिँडेको जत्था र भीडलाई भने खुला छुट दिइराखिएको छ
भारतको पूर्वोत्तर राज्यहरूमध्ये एक त्रिपुरा कृषि मजदुरहरूको सङ्गठित सङ्घर्षको माध्यमले कम्युनिस्ट वा वाम राजनीति अगाडि बढेको राज्य हो । त्यहाँ १९७७ देखि १९८८ सम्म र १९९३ देखि २०१८ सम्म भारतीय कम्युनिस्ट पार्टीहरू सम्मिलित वाम मोर्चाको सरकार थियो । त्यहाँका शोषक, सामन्त र पुँजीपतिहरूले पहिले त सत्तारूढ भारतीय राष्ट्रिय काङ्ग्रेसलाई उपयोग गरेर त्यहाँका मजदुर सङ्घर्ष र वाम राजनीतिलाई रोक्ने कोसिस गरे । त्यसमा तिनीहरू असफल भएपछि भारतीय राष्ट्रिय काङ्ग्रेस त्यागेर भारतीय जनता पार्टीतिर लागे । समाजमा धर्मको आधारमा साम्प्रदायिक विभाजन गरेर र केन्द्र सरकारको शक्ति दुरूपयोग गरेर अन्ततः २०१८ को निर्वाचनमार्फत राज्य सरकार आफ्नो बनाउन सफल भए । त्यसपछिदेखि त्यहाँका वामपन्थी नेता कार्यकर्ता र प्रगतिशील सामाजिक कार्यकर्ताहरूमाथि साङ्घातिक हमला, उनीहरूका घर र गाउँमाथि नै हमला र आगजनी, सुरक्षा अङ्गहरूद्वारा झूटा अभियोग र सजायको श्रृङ्खला सुरू भएको थियो । भारतका धेरै स्वतन्त्र राजनीतिक विश्लेषक र लेखकहरूले भारतको केन्द्र सरकार र विभिन्न राज्य सरकारहरूमा भारतीय जनता पार्टीले कब्जा गरेपछि फासीवादको अभ्यास गरिरहेको सप्रमाण लेख्दै आएका छन् ।
हिन्दू धर्मको नाममा राजनीति गरिरहेको भाजपा र सङ्घ परिवारले बहुसङ्ख्यक जनताको हितमा नभई भारतका धनाढ्य र शोषक वर्गको स्वार्थका लागि काम गरिरहेको मोदी सरकार र भाजपाको राज्य सरकारहरूका हरेकजसो निर्णयले छर्लङ्ग पारिरहेको छ । सरकारमा रहेको पार्टी स्वयम्ले रान्य संयन्त्र परिचालन गरी अन्यायपूर्ण दमन गर्नु, विपक्षीहरूविरूद्ध हमलाकारी अर्धसशस्त्र दस्ता परिचालन गर्नु, हमला गर्नु र ज्यानै लिनु फासीवादको अभ्यास हो । यसरी धर्मको नाउँमा जनतालाई मूर्ख बनाउँदै आफ्नो स्वार्थको रोटी सेकिरहेको भाजपाको बढ्दो फासीवादी कदम निन्दायोग्य छ । जनताको साँचो प्रजातन्त्र प्राप्ति, जनताको सुरक्षा र भाजपाको फासीवादविरूद्ध सङ्घर्ष गरिरहेका भारतका न्यायप्रेमी र प्रगतिशील जनताले विश्वका न्यायप्रेमी जनताको तर्फबाट समर्थन र ऐक्यबद्धता प्राप्त गर्नु स्वाभाविक छ ।
Leave a Reply