भर्खरै :

नवदुर्गा देवगणको देवाली पूजा सम्पन्न

भक्तपुर, २७ जेठ । भक्तपुर नगरको ऐतिहासिक नवदुर्गा भवानीको देवाली पूजा (स्वं छा) कोभिडको कारण यस वर्ष औपचारिकतामा सीमित गरी बिहीबार सम्पन्न भयो ।
यस वर्षको नवदुर्गा देवगणको जात्रा आठ दिनपछि दरबार क्षेत्र र इछु टोलमा माछा मार्ने जात्रा गरी सम्पन्न हुनेछ । इछु टोलमा जात्रा सकेको चार दिनपछि तलेजु मुलचोकमा सिं जा नकेगु (अन्तिम भोज) हुन्छ र कालरात्रिको दिन नाच सम्पन्न हुनेछ ।
भलभल अस्तिको दिन नवदुर्गा गणले भक्तपुर नगर परिक्रमा गरी ब्रह्मायणी पीठमा विभिन्न रित पु¥याई (जले विज्याकेगु) यस वर्षको नवदुर्गाको जात्रा सम्पन्न गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *