भर्खरै :

जो चोर उसैको ठुलो स्वर

उत्तर आन्ध्र सन्धि सङ्गठन (नेटो) राष्ट्रका नेताहरूले पेइचिङबाट ‘प्रणालीगत चुनौती’ आइरहेको भन्दै चेतावनी दिएको समाचार आयो । नेटोले आणविक अस्त्र विकास गर्नेसहितको चीनका कामले ‘विधिमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था’ लाई खतरामा पारेको बतायो ।
नेटोको वक्तव्य सोमबार ब्रसेल्समा सम्पन्न भएको त्यसको एकदिने सम्मेलनको अन्त्यमा आएको हो । हुन त चीनलाई नेटोले आफ्नो छलफलको विषयवस्तुको केन्द्रमा पहिलोपटक राखेको दाबी गरेको छ तर त्यसले चीनको बढ्दो आर्थिक र सामरिक शक्तिभन्दा चीनको सुदृढ व्यवस्थाबाट बढी त्रसित भएको स्पष्ट सङ्केत दिएको छ ।
तीस युरोपेली र उत्तर अमेरिकी देशहरूको यस शक्तिशाली राजनीतिक एवं सैन्य गठबन्धनले पहिले पूर्व सोभियत सङ्घ र पछि रुसी महासङ्घलाई आफ्नो मुख्य जोखिमको रूपमा हेर्ने गथ्र्यो । समाजवादी सोभियत सङ्घको विघटन र त्यहाँ पुँजीवादको पुनःस्थापनापछि रुस र पूर्व सोभियत गणराज्यहरू पश्चिमा राष्ट्रका लागि अब खासै ठुलो अवरोध रहेनन् । यद्यपि, रुससित भएका आणविक अस्त्र र पश्चिमा राष्ट्रसित रूसी शासकहरूको मतभेदका कारण अझै पनि रूस शत्रुको खेमा नै रहेको छ ।
नेटो शिखर बैठकपछि जारी गरिएको विज्ञप्तिमा चीनको ‘घोषित महत्वाकाङ्क्षा र आक्रामक व्यवहारले ‘नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था र गठबन्धनको सुरक्षासँग जोडिएका क्षेत्रमा’ प्रणालीगत चुनौती दिने उल्लेख गरिएको छ । नेटो राष्ट्रहरूले भन्ने गरेको अन्तर्राष्ट्रिय व्यवस्था भनेको संरा अमेरिका र नेटो राष्ट्रहरूले विश्वका देशहरूलाई सधैँ युद्धको त्रासमा राख्ने, विश्वका कुनै पनि देशमाथि मनोमानीरूपमा आर्थिक नाकाबन्दी गर्ने, कुनै पनि बहानामा सैनिक हमला गर्ने र कब्जा गर्ने हो । त्यस्तो अन्यायपूर्ण कार्यको विरोधलाई तिनीहरू नियम उल्लङ्घन गरेको र अन्तर्राष्ट्रिय व्यवस्था र सुरक्षाका लागि चुनौती भनेर दुष्प्रचार गर्ने गर्छन् ।

नेटो राष्टहरूको चिन्ताको अभिव्यक्ति र चीनबारेको दुष्प्रचार वास्तवमा जो चोर उसैको ठुलो स्वर भन्ने नेपाली उखानको चरितार्थबाहेक केही होइन । नेटोले समाजवादी सोभियत सङ्घको विघटनपछि विश्वका धेरै देशहरूमाथि बिना कुनै ठोस कारण र संयुक्त राष्ट्र सङ्घको स्वीकृतिबिना नै विध्वंसक सैनिक हमला गरेर लाखौँ लाख जनताको ज्यान लियो भने खरबौँ खरब डलर बराबरको सम्पति ध्वस्त पा¥यो । पूर्व युगोस्लाभिया, अफगानिस्तान, इराक, लिविया, माली आदि यसका ताजा उदाहरण हुन् । पूर्व युगोस्लाभियामा जातीय सङ्गठनहरूलाई बढावा दिएर र गृहयुद्ध मच्चाएर सैनिक हस्तक्षेप र देश विखण्डनको बहाना निर्माण गरिएको थियो । अफगानिस्तान, इराक, लिविया, माली आदि देशमा पनि आतङ्कवादविरोधी लडाइँ र तथाकथित प्रजातन्त्र स्थापनालाई बहाना बनाइएको थियो ।

चीन विश्वको एउटा प्रमुख उदीयमान सैनिक र आर्थिक शक्ति हो र त्यहाँको कम्युनिस्ट पार्टीले राजनीति, दैनिक जीवन र समाजको धेरै आयाममा आफ्नो प्रभाव कायम राखेको सत्य हो । त्यस्तै चीनको सेना विश्वकै सबैभन्दा ठुलो फौज हो जसको सक्रिय सेवामा २० लाखभन्दा बढी सैनिक कार्यरत रहेको उत्तिकै सत्य हो । तर, जन गणतन्त्र चीनले आफ्नो स्वतन्त्रता, स्वाधीनता र भौगोलिक अखण्डता रक्षाका लागि बाहेक अन्यत्र कतै आफ्नो सेना परिचालन गरेको कुनै इतिहास र घटना छैन बरु सबै छिमेकीसित ऐतिहासिक प्रमाण र विवेकका आधारमा सिमाना निर्धारण र सन्धि गरी शान्ति कायम राखेको छ । चीनले जीत जीतको नीतिमा आधारित आर्थिक साझेदारी र सहकार्यमार्फत आफ्नो व्यापार र व्यवसाय सबै महादेशमा विस्तार गरेको छ । बेल्ट एन्ड रोड इनिसियटिभमार्फत विश्वका सबै देशहरूसित आर्थिक र पूर्वाधार विकासको सहकार्यतिर अघि लम्किरहेको छ । यस्तो अवस्थामा स्वाभाविकरूपमा चीनको बढ्दो सैनिक सामथ्र्यलाई लिएर नेटो राष्ट्रहरूमा चिन्ता गहिरिँदै गएको छ । उनीहरूले त्यसलाई सुरक्षा र आफ्ना सदस्य राष्ट्रहरूको हित र स्वार्थमाथिको जोखिमको रूपमा हेर्ने गरेका छन् ।
नेटो राष्टहरूको चिन्ताको अभिव्यक्ति र चीनबारेको दुष्प्रचार वास्तवमा जो चोर उसैको ठुलो स्वर भन्ने नेपाली उखानको चरितार्थबाहेक केही होइन । नेटोले समाजवादी सोभियत सङ्घको विघटनपछि विश्वका धेरै देशहरूमाथि बिना कुनै ठोस कारण र संयुक्त राष्ट्र सङ्घको स्वीकृतिबिना नै विध्वंसक सैनिक हमला गरेर लाखौँ लाख जनताको ज्यान लियो भने खरबौँ खरब डलर बराबरको सम्पति ध्वस्त पा¥यो । पूर्व युगोस्लाभिया, अफगानिस्तान, इराक, लिविया, माली आदि यसका ताजा उदाहरण हुन् । पूर्व युगोस्लाभियामा जातीय सङ्गठनहरूलाई बढावा दिएर र गृहयुद्ध मच्चाएर सैनिक हस्तक्षेप र देश विखण्डनको बहाना निर्माण गरिएको थियो । अफगानिस्तान, इराक, लिविया, माली आदि देशमा पनि आतङ्कवादविरोधी लडाइँ र तथाकथित प्रजातन्त्र स्थापनालाई बहाना बनाइएको थियो । त्यस्तो गर्दा नेटो राष्ट्रहरूले देशहरूको स्वाधीनता र सार्वभौमिकता, मानवीयता, मानिसहरूको बाँच्न पाउने हक, अरु मानव अधिकारहरू र प्रजातन्त्रलाई सुलीमा लट्काइदिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *