भर्खरै :

‘नेवार समाजको इतिहास र संस्कृति’ हेर्दा

डा. बलराम कायस्थको ‘नेवार समाजको इतिहास र संस्कृति’ हेर्दा नेवार समाजलाई एउटै जात नभनी विभिन्न कालखण्डमा काठमाडौँ उपत्यकामा बसोबास गरेका र शासन गर्ने समुदायलाई नै अचेल ‘नेपाल समुदाय’ भनिएको पाइन्छ । तर, यहाँका ‘ज्यापू’ समुदायको विषयमा केहीको मतअनुसार ‘तामाङ’ जातिबाटै ‘ज्यापू’ भएको मानिन्छ भने केही ‘अस्ट्रो एसियाली’ र भाषाको हिसाबले ‘तिब्बतो–बर्मन’ मानिन्छ । यसबारे अझ स्पष्ट गर्न दक्षिण–पूर्वी एसियाली देशहरूमा हिन्द–चीन अर्थात् इन्डोनेसिया, मलेसिया एवं ती क्षेत्रका विभिन्न टापुहरूमा जाति–जनजातिहरूको रूप–रेखा, भाषा र जीवनबारे तुलनात्मक अध्ययन आवश्यक देखिन्छ । त्यस्तै, तिब्बत र बर्मेली जनताका रूपरेखा, भाषा र रीतिरिवाजको तुलनात्मक अध्ययनले पनि हामीलाई सच्चाइको नजिक पु¥याउनेछ । कति गाउँ–ठाउँका महिलाहरूको रङ्ग र रूप हेर्दा चिनियाँ मूल र मङ्गोल मूलका देखिन्छन् ।
नेवाः र नेपाःबारे कुन शब्द प्राचीन हो ? दुवै एउटै जातिको रूपमा रहेको डोरबहादुर विष्टजीको ठम्याइ छ ।
तर, भाषाबाटै ठाउँ र मानिसको जातिको पहिचान भएको देखिन्छ । ‘थने’ र ‘कोने’ को अर्थ नेवारी (नेपालभाषा) मा ‘तल’ र ‘माथि’ भन्ने अर्थ लाग्छ । ‘ने’ ले ठाउँलाई बताउँछ भने भिरालो ठाउँलाई ‘पा’ अर्थात् ‘पालुगु’ वा ‘भिरालो’ भन्ने अर्थ दिन्छ । यसरी ‘नेपा’ बन्यो । त्यस ठाउँको बासिन्दालाई ‘नेवा’ भनियो ।
झन्डै ५० देखि १०० वर्षको अवधिमा नेपाल सरकारको पुरातत्व विभाग, प्रज्ञाप्रतिष्ठान र विश्वविद्यालयहरूले यसबारे कहिल्यै अध्ययन र अनुसन्धानको पाइला चालेको देखिन्न ।
… …. ….
नेपालमा लिच्छवी र मल्लहरू दक्षिणबाट प्रवेश गरी शासन गरेपछि नेवारी भाषामा पनि संस्कृति र मैथली, भोजपुरी र अन्य भाषाको प्रभाव बढ्दै गयो । विभिन्न कालमा भारतका विभिन्न क्षेत्रका निवासीहरूको प्रभाव बढ्दै गयो । उपत्यकामा देखिएका विभिन्न प्रकारका मन्दिर, मठ र मूर्ति एवं चित्रहरूको अध्ययनले तत्तत् कालमा भारतमा के–कस्ता शासकहरूको शासन रह्यो र धर्म प्रचार भएको थियो भन्ने सूची तयार हुनेछ ।
पछि भारतमा मुगल शासनपछि नेपाली भाषाका राज्य र शासनसँग सम्बन्धित शब्दावली नै उर्दू र फारसी देखिए । बेलायती साम्राज्यवादले भारतको विजयपछि नेपालमा बेलायती भारतेली उपनिवेशवादले आक्रमण सुरु ग¥यो । यसरी नेपालमा पनि बेलायती–भारतको अर्धउपनिवेश बन्यो । त्यसले नेवार जाति, भाषा र संस्कृतिमा समेत पश्चिमी प्रभाव बढ्दै गयो ।
… … …
‘भक्तपुर’ मासिकमा नेपालका इतिहासका विविध पक्षमा बरोबर कलम चलाउने डा. बलराम कायस्थ (कायष्ठ) ले प्रस्तुत पुस्तकमा नेवार वास्तुकला, सामाजिक रीतिरिवाज, भाषा–साहित्य, सामाजिक स्वभाव र व्यवहार, चाडपर्व र नाच–गान आदिका वर्णन गरेर सिङ्गो नेवार जात, जाति, भाषा र साहित्यलाई प्रस्तुत गर्ने प्रयत्न गरेका छन् । सम्बन्धित स्रोत र सूचीले अध्येताहरूलाई सजिलो पारेको प्रस्ट छ ।
… … …
पुस्तकलाई तलदेखि माथिसम्म सिध्याइसक्दा नेवार समुदायमा अस्ट्रो–एसियाली, तिब्बत बर्मन र चिनियाँ–मङ्गोल विषयमा छलफल नहुँदा नेवार समुदायको एउटा पक्ष नै खाली हुन गएको अनुभव हुन्छ ।
त्यसबारे अनुसन्धानकर्ताहरूको ध्यान गएन भने पछि नेवार जाति नै भारतीय मूलकै एउटा बलियो हाँगा हुनेछ, जो सत्य होइन । यसकारण, अस्ट्रो–एसियाली जातिहरूको भाषा–संस्कृति, तिब्बती भाषा, संस्कृति एवम् चिनी–मङ्गोल जातिको रङ्ग, रूप–रेखा, भाषा र संस्कृतिको समतामा ऐतिहासिक सम्बन्धको इतिहासले धेरै नयाँ–नयाँ पर्दाहरू खुल्दै जाने प्रस्ट छ । पुस्तकबाट नेवार जाति र संस्कृतिबारे अध्ययन गर्ने पाठकहरूका लागि एक नयाँ अध्ययन सामग्री जुटाउने कार्यमा सफलता हासिल गरेकोमा डा. कायष्थलाई साधुवाद ¤ ११८ पृष्ठको सरल र सलल बग्ने भाषामा पुस्तकले नयाँ पाठकहरूलाई सम्बन्धित विषयमा जिज्ञासा जगाउनेछ भन्ने आशा र विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *