शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
१
मानव जातिको क्रमविकास (इभोलुसन) को क्रममै तिनले बोल्न सिके होलान् र कालान्तरमा भाषा सिके होलान् । सुरुमा अस्पष्ट बोली सिके र पछिपछि एकाक्षरी अनि दुई वा तीन अक्षरका शब्द उच्चारण गर्न जाने होलान् । पाषाण युगबाट मध्यपाषाण युगमा पुग्दा मानिसको ज्यावलको विकास भयो, बोली र भाषाको पनि विकास हुँदै गयो । नयाँ पाषाण युगमा मानिसले चिप्लो तथा धारिलो वा आफ्नो आवश्यकताअनुसारका हतियार बनाउन जानेजस्तै भाषा र अभिव्यक्तिमा पनि धेरै प्रगति गरे होलान् ।
मानिसले शिकारको कष्टकर अवस्थामै अनेक पशुपक्षीका बारे अनुभव हासिल गरे होलान्, पशुपालनको अवस्थामा पुग्दा पशुपक्षीका धेरै क्रियाकलापहरू जाने होलान् । पशुपक्षीको नक्कल गर्दागर्दै मानिसले ॅकुकुर नाच’, ॅमयूर नाच’, ॅसिंह नाच’, ॅभालु नाच’, ॅघोडा नाच’ आदि जाने होलान् ।
सुरुमा आवश्यकताअनुसार वस्तु र भावबारे इशाराले कुरा गरे र पछि शब्दमा अभिव्यक्त गर्न जाने । कर्ता, कर्म र क्रियासहित वाक्य बनाउन जानेका थिएनन् । रुख, ढुङ्गा, आगो, पानी, मासु, रगत, सूर्य, चन्द्र, तारा, बादल, आँधी, हावा, पशु, पक्षी बारेका शब्दहरू उच्चारणको अभ्यासमार्फत बने होलान् । तर, प्रकृतिमा देखिने झरना, खहरे, खोला-खोल्सा, सिरीसिरी बहने हावा आदिले मानिसमा प्रभाव पार्नु स्वाभाविक हो ।
सभ्यताको विकास सँगसँगै मानिस एक ठाउँबाट अर्को ठाउँमा पुग्ने र वस्तुको विनिमय हुन थाल्यो । यातायातको साधन प्रयोग गरे । पहाड चढ्दा भेटिने चौतारीहरूको प्रयोग गरे । थकाइ मार्दा चराले जस्तै मानिसले सुसेल्न जाने, त्यहीँ बिस्तारै गीतको लय हाले र गीत गाउने कलाको राजमार्ग खुल्यो होला !
सुख, दुःख, रिस, क्रोध, विरहजस्ता भावनाको अभिव्यक्ति तथा अभिनय वनमानिसले पनि गर्छ, सभ्य समाजमा त्यस्ता भावनालाई अझ सशक्त ढङ्गले अभिव्यक्त गरियो । आफन्तको मृत्युमा आज पनि कथा हालेर विरह व्यथालाई लयबद्ध गरी अभिव्यक्त गरिन्छ, मिथिला क्षेत्रमा महिलाहरू दुःख वा सुख भाव आज पनि गीतमा अभिव्यक्त गर्छन् । रिस, क्रोध र झगडाको भाषा पनि सामान्य कुराकानी र अभिव्यक्तिभन्दा फरक हुन्छ । पछि गएर नाटक-काव्यमा ती अभिव्यक्ति शोकगीत, सुखसन्देश, क्रोध, रिस र आक्रोशको अभिव्यक्ति बने ।
मानिसले सभ्यताको सुरुदेखि नै सरल वार्तालापभन्दा लयबद्ध र सुन्दर शब्दहरू मिलाई मनको भावना पोख्न र अरूलाई आकर्षण गर्न जाने । सरल गीतबाटै काव्यहरू बने, सरल वार्तालापहरू एक-एक गरी गीति नाटकमा देखिए । त्यही सिलसिला रामायण र महाभारतलगायत अनेक काव्य र महाकाव्यहरू बने ।
२
भाषाको विकास नहुँदा वा भाषाबाट सूक्ष्म अभिव्यक्ति नभएकोले मुकुन्डो नाच वा नवदुर्गा नाच, भैरव नाच आदि बाजाको तालमा अभिनय गर्न थालियो । रातो, नीलो, हरियो, कालो, सेतो आदि रङ्गिन मुकुन्डोले पात्रको गुणलाई अभिव्यक्त गर्छ । मौन नाचले शिखर चुम्यो भन्ने गीति नाच तथा प्रतीकको सशक्त उदाहरण बनेको छ पेकिङ्ग अपेरा । सिनेमाले मनको भावना प्रस्तुत गर्छ । रङ्ग र छाया तथा भाषाबाटै फरक ढङ्गले अभिव्यक्त गर्न सकिन्छ । कतै आकाशवाणी र पेकिङ्ग अपेरामा गीतमार्फत पैतालामाथिको कसिएको सुरुवाल र हातमा लिएको कोर्राले पात्र घोडामा छ भन्ने बुझिन्छ भने नवदुर्गा, भैरव र देवी नाचको मुकुन्डोको रङ्गले पात्रको व्यक्तित्व बताउँछ ।
नेपाली भाषामा अनुदित शेक्शपियरका नाटकहरू, एगामेजन, एन्टोनी, राजा इडिपस, फाउन्ट, चूयाँ जस्ता रचनाहरू सबै गीति नाटक र काव्यहरू हुन् । लेखनाथ, देवकोटा, सम, र सिद्धिचरणका रचनाहरू त्यसैको सिलसिला हो ।
महाकाव्यलाई छन्द, रस, निश्चित सर्गमा बाँधिएको उपन्यास भनियो भने उपन्यासलाई गद्यमा लेखिएको महाकाव्य भन्नु उपयुक्त हुन्छ । त्यस्तै, कविता र खण्डकाव्यलाई एक निश्चित विषय र व्यक्तिको जीवनको एक अंश मानियो भने कथालाई एकै बसाइमा सकिने एक विषय वा व्यक्तिको एक झलक हो भनेमा फरक नपर्ला । त्यसो त महाकाव्य र उपन्यास, कविता र खण्डकाव्यसँग कथाको भेट पनि कम छैन ।
साहित्यका विविध विधाहरूबारे पुराना परिभाषा र मान्यताहरू एवम् उद्देश्य आज धेरै भिन्न भइसकेको छ । सारमा आज प्रगतिशील साहित्यका पक्षपातीहरूले पुरानो समाजको आर्थिक विषमता, वर्गभेद, मूल्य-मान्यता र संस्कृतिलाई उदाङ्ग्याउने तथा त्यसलाई कमजोर पार्दै नयाँ प्रगतिशील एवम् वर्गविहीन र शोषणरहित समाजको लागि व्यापक जनमानसमा त्यस आदर्श समाजको निम्ति योग्य मानिस बन्न उत्साहित गर्ने उद्देश्य लिन्छन् ।
नाटकमा प्रमुख पात्रले लेखकको विचार र उद्देश्यलाई प्रतिविम्बित गर्छ भने खलनायकले पुरानो तथा र्हासोन्मुख चरित्र बोकेको हुन्छ । खलनायकले नाफाकै निम्ति काम गर्ने, अरूलाई शोषण गर्ने, आफ्नो जीवनको बाँच्ने पक्षको विचार र व्यवहारलाई प्रतिनिधित्व गर्छ र त्यसलाई मूल पात्रले तर्क र घटनाबाट पराजित गर्दछ । यही कुरो महाकाव्य, खण्डकाव्य, उपन्यास र कथामा पनि लागु हुन्छ, गीत, प्रहसन र चित्रकलामा समेत यही लागु हुन्छ ।
३
मध्य पाषाण युगमा पशुपालन र खेतीपाती सुरु भएपछि मानिसले फुर्सतमा बालुवा र माटोमा चित्र कोर्ने प्रयास गरे । गोलले मानिसलाई लेख्न झन् हौस्यायो होला, नयाँ पाषाण युगको तिखारिएको हतियारले चित्रकला र गुफामा चित्र कोर्ने कलाको सङ्घारमा मानिसलाई पुर्यायो होला । चिनियाँ अक्षरलिपि त्यसको प्रमाण हो । सूर्य, चन्द्र, पानी, घोडा, हात्ती, पहाड आदिको चित्र कोर्दाकोर्दै मानिस साङ्केतिक लिपिमा पुगे ।
सुरुमा मानिसले कल्पनाशक्तिको भरमा भन्दा अनुभव गरेकै वा देखेकै विषयलाई चित्रमा प्रतिविम्बित गर्थे । पशु, पक्षी, सिकार, सर्प आदिलाई गुफाचित्रमा अङ्कित गरे । मेघगर्जन, आँधीबेहरी, बिजुली चम्काइ आदिको डर, त्रास र अज्ञानताको कारण मानिसले भूत-प्रेतको कल्पना गरे तथा सूर्य, चन्द्र, तारा, आगो, पानी आदिको सकारात्मक पक्षको कारण उपयोगी अज्ञात शक्तिलाई ईश्वर भन्ने कल्पना गरे ।
त्यस्तै कल्पना, चित्रकारी र सुसेल्दै बनेका गीत र अभिव्यक्तिहरूले साहित्य, कला र संस्कृतिको खाका तयार हुँदै गयो – मानव सभ्यताको शैशवकालमा ।
भौतिक आवश्यकताले मानिसका दुई समूहबीच भिडन्त भयो । भिडन्तमा हारेको पक्ष मारिन्थ्यो । कालान्तरमा पराजित पक्षलाई विजयी पक्षको दास बनाइयो । दासयुग मानव सभ्यताकै सार्है क्रुर र अन्धकार अवधि भएपनि मानव सभ्यताका अनेकौँ ऐतिहासिक सम्पदाको निर्माण भयो । विवेक र ज्ञानले मानिसमा भएको हिंसा र क्रुरतामा शिथिलता देखियो । तर, नाफा खाने र अरूको लुटेर खाने असभ्यताको परम्परा साम्राज्य विस्तार गर्न चाहने साम्राज्यवादी र उपनिवेशवादी नीति र उद्देश्यमा झल्किन्छ । यसकारण, मानिसलाई पूणर् बनाउन वा सभ्य बनाउन त्यस्ता असुरी शक्ति र उद्देश्यलाई विचार, नैतिकता, तर्क एवम् व्यवहारबाट पराजित गर्ने खालको साहित्य र कलाको रचना गर्नु आवश्यक छ ।
यस अर्थमा एसिया, अफ्रिका, ल्याटिन अमेरिका तथा द्वीप समूहका देशका भाषा, साहित्य र कलालाई नेपालको सबै भाषामा अनुवाद गरी नेपाली साहित्यलाई समृद्ध पार्नु आवश्यक छ । युरोप र उत्तर अमेरिकी कामदार तथा सचेत जनताको ॅवालस्ट्रिट कब्जा गर’ जस्ता आन्दोलन र विश्व आर्थिक सङ्कटको कारण तथा परिणामबारे नेपाली जनतालाई साहित्यिक क्षेत्रबाट सुसूचित पार्नु आवश्यक छ ।
स्रोत : जनताको साहित्य
Leave a Reply