भर्खरै :

ज्येष्ठ नागरिकले कहिले खोप पाउने ?

भारतीय सरकारले कोरोना भाइरसको खोप पाउने विश्वासमा नेपाल सरकारले ६५ वर्षदेखि माथिका ज्येष्ठ नागरिकहरूलाई खोप दिने सूचना जारी ग¥यो र सूचनाअनुसार खोप पनि दियो । एक चरणमा खोप लिइसकेका ज्येष्ठ नागरिकहरूले दोस्रो चरणको खोप पाएका छैनन् । समयमै खोप पाउन नसकेकोले अशक्त, कमजोर ज्येष्ठ नागरिकहरू सङ्क्रमित भएर मरिरहेका छन् । भारतसँग भएको सम्झौताको आधारमा समयमै खोप पाउने विश्वासले खोप दिइएको थियो । तर, भारतले सम्झौतानुसार खोप उपलब्ध गराएन र खोप लिन नपाएर ज्येष्ठ नागरिकहरू चिन्तित छन् ।
भारतले सम्झौतानुसार खोप पठाउनुपथ्र्यो । भारतमा पनि सङ्क्रमणको प्रकोप बढ्यो भनेर सम्झौता उल्लङ्घन गर्नुहुँदैनथ्यो तर भयो । यो छिमेकी देश भारतले नेपालप्रति गरेको विश्वासघात हो, मित्रघात हो । त्यो एक प्रकारको खेलबाड हो । ६५ वर्षका कुनै ज्येष्ठ नागरिकहरू कोरोनाको कारण कसैको ज्यान गयो भने यसका दोषी नेपाल सरकारमात्र होइन भारत सरकार पनि हुन्छ । नेपाल सरकारले खोप पठाउन बारम्बार ताकेता गर्दा पनि भारतले पठाएको छैन । कोरोनाको कारण खोप नपाएर मृत्यु भएका ज्येष्ठ नागरिकहरूको क्षतिपूर्ति, औषधि उपचारको खर्च कसले व्यहोर्ने ?
एउटा कम्पनीको खोप लिएका कुनै नागरिकले अर्को कम्पनी या देशको फरक खोप लिन नहुने भनाइ छ । कुनै पनि खोपै नलिएका नागरिकले त अब चीनबाट प्राप्त खोप लेलान् । तर, एक चरणमा लिइसकेका नागरिकले भारतबाट खोप पठाइएन भने के गर्ने भन्ने चिन्ता र चासो गाउँ–ठाउँ र टोल समाजमा चर्चाको विषय बनेको छ । भारतले अरू थप खोप नपठाए पनि सम्झौताअनुसारको खोप उपलब्ध गराउनुपथ्र्यो । भारत सरकारले हरेक पक्षमा नेपाललाई असमान व्यवहार गर्दै आएको छ । भारतले नेपाललाई मित्र देशको रूपमा व्यवहार गरेको देखिँदैन । आफ्नो हितमा मात्रै नेपालसँग भारतले अनेक सन्धि सम्झौता गरिरहेको छ, भारतीय एकाधिकारी पुँजी लाद्दै आएको छ । यो नेपाललाई समस्या पार्ने भारतको खेल हो, षड्यन्त्र हो । सम्झौताअनुसार माग गर्दागर्दै औषधि नपठाउनु अर्को अप्रत्यक्ष नाकाबन्दी हो । भारतको यो बेवास्ताप्रति नेपाल सरकारले अन्तर्राष्ट्रियकरण बनाउनु आवश्यक छ ।
नेपाल सरकार भारतबाट सचेत हुनुपर्छ र विगतमा भारतले गरेको प्रभाव, दबाब, असर, नाकाबन्दी आदिबाट शिक्षा लिनुपर्छ । विगतबाट नेपाल सरकारले शिक्षा लिएन भने फेरि हामी भारतकै कारण फस्नेछौँ । नेपालको मगन्ते प्रवृत्तिले गर्दा पनि यस्तो समस्या देखिएको हो । कुनै देशले सित्तैमा औषधि उपलब्ध गराउला र नेपालले खोप दिउँला भन्ने मगन्ते प्रवृत्ति पनि समस्याको कारक बनेको छ । संसारभर फैलिएको रोगको निदान गर्न सित्तैमा औषधि पठाएपछि खोप दिउँला भनेर पर्खेर बस्नुहुँदैनथ्यो । कुनै एक देशको भरमा नेपाल बस्नुहुँदैनथ्यो । भारतले समयमा खोप नपठाएपछि मात्र चीनसँग खोप माग ग¥यो । सरकार भारतनिर्भर भएकोले पनि यो समस्या देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *