भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, १७ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग नेपाल क्रान्तिकारी किसान सङ्घ नगर समितिका अध्यक्ष गंगाराम ज्याख्वको प्रतिनिधिमण्डलले बिहीबार भेट गरी भक्तपुर नगरपालिकाले कृषिलाई प्राथमिकतामा राख्न ध्यानाकर्षण ग¥यो ।
भेटमा प्रमुख प्रजापतिले प्रतिनिधिमण्डलले कृषि समितिमार्फत किसानहरूको हितमा कार्यक्रमहरू अगाडि बढाउने आश्वासन दिनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा कृषि उत्पादनलाई व्यवस्थित गर्न कृषकहरूलाई पायक पर्ने क्षेत्रमा चिस्यान केन्द्र स्थापनाको लागि प्रक्रिया अगाडि बढाइने, कृषि चुन, उन्नत जातको बिउ वितरणलाई अझ व्यवस्थित गर्दै किसानहरूलाई माटो परीक्षण र कृषिसँग सम्बन्धित विभिन्न तालिमको बन्दोबस्तलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले भक्तपुर नगरको सन्तुलित विकासको निम्ति नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, कृषिलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै कार्य अगाडि बढाउँदै आएको बताउनुभयो ।
भेटमा प्रतिनिधिमण्डलले खाद्यान्न, तरकारी र गेडागुडीको बीउबिजन उत्पादन र वितरणको व्यवस्था गर्न, वडा वडामा मासिक एकपटक कृषिसम्बन्धी तालिम र प्रशिक्षण व्यवस्था गर्न, कृषि चुनको उपयोग गर्न किसानहरूलाई उत्साहित गर्न नगर प्रमुख प्रजापतिको ध्यानाकर्षण ग¥यो ।
टोलीले किसानहरूबाट उत्पादित तरकारी बिचौलियाविना उपभोक्तामाझ पु¥याउने तरकारी बजारको व्यवस्था गर्न, भक्तपुर नपाले तालिम दिएका कृषि प्राविधिकहरूलाई क्षेत्र तोकेर खटाउन, कम्पोष्ट मल बनाउने किसानहरूलाई आर्थिक सहयोग गर्न र किसानहरूको समूह गठन गरी मल, बीउविजन, कृषि औजार र मेसिन खरिदमा आर्थिक सहयोग गर्न ध्यानाकर्षण गरायो ।
नगर प्रमुख प्रजापतिलाई किसान सङ्घ नगर समितिका संयोजक गंगाराम ज्याख्वले ध्यानाकर्षण पत्र हस्तान्तरण गर्नुभएको थियो ।
Leave a Reply