भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भरतपुर, १७ असार । चितवनको तराई भूभाग यतिबेला डुबानमा परेका छन् । तीन दिनदेखिको निरन्तर भारी वर्षाको कारण चितवनकै पहाडी भेगबाट बग्ने खहरे खोलाहरू बढ्न गई तराई भागमा रहेका बस्तीहरूमा समेत बाढी छिरेको हो । इच्छाकामना गापा–७ हुँदै बग्ने सिमलढाप खोला र स्याङ्दी खोला मिसिएर बग्ने खगेडी खोला, कालिका नगरपालिका– १० भएर बग्ने कयर खोला, राप्ती नगरपालिका–१० भएर बग्ने पम्पा खोलालगायत खोलाहरू पहाडी भेग हुँदै दक्षिणतिर बग्छन् । यी खहरेहरूमा बाढी आउँदा तराई भागका बस्तीहरूमा असर गर्दछ । बर्सेनि बाढी आउँदा बालीनाली बगाउने र बिगार्ने भइरहेको छ । यो साल त बस्तीमा नै बाढी पसेको छ । अघिल्लो हप्ताको नारायणी नदीमा आएको बाढीले नारायणी नदी किनारमा रहेका बस्तीहरूमा प्रभाव पारेको थियो ।
राप्ती खोलामा बाढी आउँदा बेलाबखतमा सौराहाको बस्ती डुबाउने र प्रभाव हुने गर्दथ्यो । यो वर्ष खैरहनी नगरपालिकाको पर्सा, रत्ननगर नगरपालिकाको शान्तिचोक, सौराहालगायत गाउँ बस्तीमा बाढी पसेको हो । बाढकिो कारण करोडौँको क्षति भोग्नुपरेको छ । खोला नजिक बाढी पस्नु स्वाभाविक भए पनि खोलाभन्दा टाढा र नसोचेका क्षेत्रहरूमा बाढी पस्नुले मानिसले अस्वाभाविक मानेका छन् । खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकाको दुई गाउँ जोड्ने पुल लदरी खोलाको बाढीले क्षति पु¥याएको छ ।
कालिका नगरपालिकास्थित पदमपुर, क्लव चोक गाउँमा जङ्गल खोला खोल्सामा आएको बाढी बस्तीमा पसेको छ । कालिका नगरपालिका–३ स्थित पदमपुरका सन्तबहादुर पाख्रीनका अनुसार पानीको सतह बढ्न गई ढल, नाला भरेर बाढी अनियन्त्रित भई बस्ती डुबानमा परेको हो । निरन्तर वर्षा भइरहे गाउँ नै बाढीको जोखिममा पर्ने उहाँको भनाइ छ । अहिले मानिसहरू सुरक्षित स्थानतिर सर्दै गरेको पाख्रीनले बताउनुभयो ।
भरतपुर, नारायणगढका बजारहरूमा राम्रोसँग ढल र नालाको बन्दोबस्त नहुँदा बर्सेनि बस्तीमा बाढी छिरेर क्षति हुने गर्दछ । भरतपुरमहानगरपालिका–२ स्थित सब्जी मण्डीमा ढल भरिएर बाढी छिरेको छ । मण्डीमा ढल, बाढी छिर्दा फलफुल तथा तरकारी किनबेचमा अवरोध पुगेको छ ।
खहरे खोलाहरूमा नदीजन्य पदार्थहरू मापदण्डविपरीत जथाभावी उत्खनन हुँदा वर्षा याममा भेल बाढी अनियन्त्रित हुनपुग्दछ । जसको परिणाम आज हामी भोग्दै छौँ । ढल, नालाहरू साघुरिँदै गएको छ । भएको ढल, नाला पनि फोहोरले भरिएको हुन्छ । पानी बग्ने क्षेत्र साँघुरिदै गएपछि र फोहोरको छेकथुन भएपछि भेल बाढी अनियन्त्रित भई बस्तीमा बग्ने गर्दछ ।
Leave a Reply