भर्खरै :

महामारीमा कलेजस्तरका विद्यार्थीलाई बढी पीडा : अध्ययन

काठमाडौँ, १८ असार (एएनआई) । कोभिड–१९ को विश्वव्यापी महामारीको समय कलेजस्तरका विद्यार्थीहरूले बढी तनावको अनुभव गरेका एक अमेरिकी अनुसन्धानले देखाएको छ ।
कोभिड–१९ को विश्वव्यापी महामारीबीच कलेजस्तका छात्रछात्राको अनुभव बढी पीडादायी र विष्मयकारी बनेको हालसालै प्रकाशित ओमेगा नामक ‘जर्नल अफ डेथ एन्ड डाइङ’ मा प्रकाशित रिपोर्टमा उल्लेख छ ।
स्नातक र स्नातकभन्दा माथिल्लो तहका विद्यार्थीहरूले अनुभव गरेको सबैभन्दा असामान्य मृत्यु र मृत्युको क्षति र शोक प्रतिक्रियाहरू पहिचान गर्नको लागि यस अध्ययनको उद्देश्य रहेको सेन्ट जुड चिल्ड्रेन्स हस्पिटल एन्ड रिसर्चका सामाजिक कार्यका निर्देशक लेखक एरिका एच. सिरिनले बताउनुभयो ।
एरिकाले थप्नुभयो, “हाम्रो अध्ययनको क्रममा परिवारमा कोभिडका कारण मृत्युको अनुभव नगरेका विद्यार्थीले विद्यालयस्तरका विद्यार्थीको तुलनामा अत्यधिक पीडाबोध गरेको प्रतिक्रियाहरू दिएका छन् । विद्यार्थीको पीडा कम गर्न चिकित्सकहरूले कलेजका विद्यार्थीहरूलाई आफ्नो आम्दानीबाट आवश्यक सहयोग गर्ने पहल गरेका थिए ।”
क्लिनिकल सामाजिक कार्यकर्ता र शोक विशेषज्ञ सिरिनले ंलोरिडाको लेकल्यान्डको साउथ इस्टर्न विश्वविद्यालयमा कलेज अफ बिहेभैरल एन्ड सोसल साइन्सेजको डीनको रूपमा सेवा गर्ने क्रममा यस अनुसन्धानको नेतृत्व गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *