स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
भक्तपुरको पुरातात्विक एवं ऐतिहासिक सम्पदाहरूको संरक्षण, संवद्र्धन, पुनःनिर्माण तथा जीर्णोद्धार गर्न भनपा लागिरहेको यथार्थ हो । यहाँका पुराना, जीर्ण तथा अवशेषको रूपमा रहेका धेरै मठ, मन्दिर, सत्तल, पाटी, चैत्य, पोखरी, इनार, ढुङ्गेधारा आदिको संरक्षण र संवद्र्धनले भक्तपुरको आकर्षण बढेको छ । टोल–टोलमा रहेका ती सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धारले टोलवासीहरूको मन जितेको छ, टोलको शोभा बढेको छ । भनपाले जीर्णोद्धार गरिरहेका नगरस्तरीय पोखरीहरूमध्ये भाज्या पुुखु (पोखरी) र रानी पोखरी पनि हो ।
भनपा वडा नं. १ स्थित रानीपोखरी र भाज्या पोखरीको निर्माण कार्य भइरहेको छ । यो उदाहरणीय र सराहनीय काम हो । भाज्या पोखरीमा भइरहेको निर्माण कार्य र पोखरीको बीच भागमा बनिरहेको जलेश्वर महादेवको मन्दिरले उक्त ठाउँ र पोखरीकै आकर्षण बढाएको छ । उक्त पोखरीको सबै काम तयारी भएपछि उक्त ठाउँ स्वदेशी र विदेशी पर्यटकहरूको लागि आकर्षणको केन्द्र बन्नेमा शङ्का छैन । उक्त क्षेत्र बिहान र साँझपख डुल्ने र शारीरिक अभ्यास गर्ने थलो बन्ने छ ।
उक्त पोखरीको तीन दिशातिर डुल्न, घुम्न मिल्ने तर उत्तरपट्टि रहेको पोखरीको डिलमा केही व्यक्तिहरूले आफ्नो निजी व्यवसाय सञ्चालन गरिरहेकाले डुल्न, घुम्न समस्या परेको त्यहाँ पुग्ने जोकोही यात्रुले दुःखेसो पोखिरहेका छन् । त्यही ठाउँमा अहिले केही घरको पुनःनिर्माण भइरहेको छ । घर निर्माण भइसकेपछि घर धनीहरूले उक्त स्थानमा सफा गर्ने त्यहाँ पुग्ने यात्रुहरूको विश्वास छ । उक्त स्थानमा खुला भएमा या ओहोरदोहोर गर्न कुनै समस्या नभएमा सो क्षेत्रको महत्व अझ बढ्ने विश्वास गर्न सकिन्छ । निजी व्यवसाय गर्ने व्यवसायीहरूले यसतर्फ ध्यान दिनुपर्ने देखिन्छ । पोखरीमा डुल्ने, घुम्ने व्यक्तिहरूको सङ्ख्या बढेमा, घुमफिर गर्न सजिलो भएमा स्थानीय व्यापारी–व्यसायीहरूको पनि व्यवसाय या व्यापार बढ्छ र आम्दानीको स्रोत बढ्छ । यसले एकातिर पोखरीको सौन्दर्य बढ्छ भने यात्रुहरूको सङ्ख्या बढेर अहिलेभन्दा बढी व्यापार–व्यवसाय चल्छ । यसतर्फ स्वयं व्यवसायी, स्थानीय जनता र स्थानीय तहको ध्यान जानुपर्ने स्थानीय यात्रुहरूको भनाइ रहेको छ ।
Leave a Reply