स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष र जनगणतन्त्र चीनको स्थापनाको ७२ वर्षको अवसरमा चिकपाले नेपाल मजदुर किसान पार्टी, एमाले, नेका, माओवादी, जसपा, राप्रपासँग २०७८ जेठ १२ गते अनलाइन बैठक सम्पन्न गर्यो ।
बैठकमा विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ विरुद्धको लडाइँमा सहकार्य गर्ने विषयमा छलफल भयो । सो छलफललगत्तै चिकपाले ‘शान्ति र विकासको निम्ति चिनियाँ संस्था’ मार्फत नेपाली जनताको लागि मास्क र हाइड्रोजन अक्सिजन मेसिनलगायतका स्वास्थ्य सामग्री सहभागी सबै पार्टीहरूलाई उपलब्ध गराएको थियो ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा जेठ २१ गते बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले चिनियाँ कम्युनिस्ट पार्टीबाट नेमकिपालाई प्राप्त १ लाख थान एन–९५ मास्क र ८ वटा हाइड्रोजन अक्सिजन मेसिन नेपालका विभिन्न जिल्लाका अस्पतालमा वितरण गर्ने निर्णय ग¥यो । कोभिड–१९ महामारीविरुद्ध अग्रपङ्क्तिमा रहेर बिरामीको उपचारमा संलग्न हुने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको लागि एन–९५ मास्क हस्तान्तरण गर्न नेमकिपाले पूर्वदेखि पश्चिम तराई, पहाडी र हिमाली जिल्लाहरूमा स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गर्यो ।
नेमकिपाले ती सामग्री यथाशीघ्र र इमानदारीताका साथ वितरण गर्यो ! हरेक सामग्री वितरणको रेकर्डसहित समाचार छापियो ! तर, अन्य पाँच पार्टीहरू एमाले, नेपाली काङ्ग्रेस, माओवादी, जसपा र राप्रपाहरूले चिनियाँ कम्युनिस्ट पार्टीबाट प्राप्त सामग्री महिनौँ बितिसक्दा पनि कहीँकतै वितरण गरेको समाचार, सूचना वा जानकारी आएको छैन । उक्त स्वास्थ्य सामग्री कहाँ गयो ? के आ–आफ्ना नजिकका आसेपासे र कार्यकर्तामा मात्रै बाँडिएको हो ? अर्थात्, पहुँचवालामार्फत व्यापार भयो ? वा भारतलाई कम्फर्टेबल हुने गरी भारततर्फ पठाएको हो ? अहिले आम जनतामाझ चर्चा भइरहेको छ ।
अहिले शासक दलभित्रका केही पहुँचवाला नेताहरूमार्फत कर्णाली प्रदेश अस्पताललगायतमा स्वास्थ्य सामग्री ल्याई व्यक्तिगत सहयोग गरेको भनी समाचार र फोटो सार्वजनिक भइरहँदा ‘वितरण भएका सामग्री’ को बाहिरपट्टि पोस्टरले छोप्नुपर्ने कारण के होला ? ‘स्याल कराउनु र बाख्रा हराउनु’ एकैसाथ भएको हुँदा यसले थप चर्चा र आशङ्का उब्जाएको छ । राजनीतिक वृत्तमा शासक दलहरू, कथित बुद्धिजीवीहरू र कतिपय सञ्चारमाध्यमहरूलाई महामारीविरुद्धको लडाइँमा असल छिमेकी चीनले गरेको निःस्वार्थ सहयोगबारेमा लेख्न र बोल्न नमिल्ने भएको हो भन्ने प्रश्न पनि उब्जिएको छ ।
Leave a Reply