भर्खरै :

पराजय – ७

क्वाटर–मास्टर र बाक्लानोभ आउँदासम्म लेभिनसनले आफूले र आफ्नो कमानमा रहेका मान्छेहरूले के गर्नुपर्छ भन्ने पत्तो पाइसकेको थियो – उनीहरूले कम्पनीलाई एउटा लडाकु दस्ताको रूपमा दुरुस्त राख्नेछन् ।
“हामीले यो ठाउँ छिट्टै छोड्नुपर्छ,” उसले भन्यो, “के सबथोक ठीकठाक छ ? भन क्वाटर–मास्टर ।”
“भन भन !” बाक्लानोभले लेभिनसनको कुरा दोहो¥यायो र आफ्नो पटुका यति गम्भीर र दृढतापूर्वक कस्यो मानौँ उसलाई यो पूरै सिलसिला कहाँसम्म पुग्नेछ भन्ने थाहा थियो ।
“ए, म तयार छु । मेरो कारण कसैलाई हानि हुनेछैन, तर दानापानीको चाँजोपाँचो मिलाउन हामीले के गर्ने ?” क्वाटर–मास्टरले दानाको कमी हुनेबारे, फाटेका बोरा, बिरामी घोडाहरू, तिनको ‘सबै दाना लैजान नसकिने’ बारेमा अर्थात् सारमा सरसामानबारे एउटा लामो कथा सुरु ग¥यो । ऊ कुनै पनि घटनाको लागि तयार छैन र ठाउँ छोड्ने कुरालाई ऊ एउटा खतरनाक र हास्यास्पद विचार ठान्छ भन्ने उसको कुराबाट झल्किन्थ्यो । उसले कमान्डरसामु आँखा नुघायो, पीडाले मानौँ मुख बिगा¥यो, आँखा झिम्झिमायो र घाँटी साफ ग¥यो । आफ्नो विषयको पैरवी गर्नु बेकार भएको उसलाई थाहा थियो ।
लेभिनसनले उसको लबेदा समाउँदै भन्यो, “बकवास !”
“होइन, धरोधर्म, ओसिप अब्रामिच । बरु यहीँ खाल्डो खनेर डटिबस्नु जाती हुन्छ ।”
“खाल्डो खनेर डटिबस्ने ? यहीँ ?” लेभिनसनले आफ्नो शिर हल्लाउँदै मानौँ क्वाटर–मास्टरको फलाकोप्रति दुखेसो पोख्दै थियो । “तिम्रो कपाल पनि पाकिसक्यो ¤ दिमागले सोच्छौ कि अरू केहीले ?”
“म…”
“चुप लाग !” लेभिनसनले उसको टाँक तान्दै भन्यो, “तिमी छोटो जनाउ सुन्दाघरि तयार हुनुपर्छ । बुझ्यौ ? बाक्लानोभ, काम गराउने जिम्मेवारी तिम्रो हो ।” उसले टाँक छोड्यो । “लाज मान्ने गर ! तिम्रो त्यो बोराको कुरा उटपट्याङ हो ।” उसका आँखा कठोर बने र उसका छेड्ने आँखा देखेर क्वाटर–मास्टर उसको बोरा वास्तवमा चर्चायोग्य छैन भन्नेमा विश्वस्त भयो ।
“हो हो, पक्कै पनि, ठीक छ, कुरा सफा छ… यसको त्यति महत्व छैन…” ऊ बर्बरायो । अब ऊ कमान्डरको एक इसारामा आफै आफ्नो काँधमा दाना लदाउन राजी थियो । “हामीलाई केले रोक्न सक्छ ? निमेषभरमै सबै काम फत्ते हुनसक्छ । हामीले आजै यो ठाउँ छोड्न सक्छौँ ।”
“कुरो बल्ल आयो !” लेभिनसन हाँस्यो । “ल, गइहाल !” उसले क्वाटर–मास्टरको पिठ्युँमा सुस्तरी धकेल्यो, “क्षणभरकै जनाउमा, बुझ्यौ !”
“मठ्याहा खुराफाती छ !” क्वाटर–मास्टरले सोच्यो । उसको रिसमा प्रशंसा घोलिएको थियो ।
लेभिनसनको रिपोर्टमा मान्छेहरूको विचार बेग्लाबेग्लै थियो । दुबोभ आखिरीसम्म मुख बन्द गरेर आफ्नो बाक्लो जुँगामा ताउ लगाउँदै बस्यो । उसले लेभिनसनको कुनै पनि प्रस्ताव समर्थन गर्नेछ भन्ने स्पष्ट थियो । अर्को पल्टनको कमान्डर कुब्राकले कडा विरोध ग¥यो । ऊ जिल्लाभरिमा सबैभन्दा उमेरदार, सबैभन्दा सम्मानित र सबैभन्दा अज्ञानी कमान्डर थियो । कसैले उसको पक्ष लिएन । कुब्राक क्रिलोभ्काको रैथाने थियो र सैनिक डफ्फाहरूको भन्दा उसलाई आफ्नो गाउँका खेतहरूको चिन्ता बढी थियो भन्ने सबैले बुझेका थिए ।
“पख, तिम्रा दिन आए !” सइस मेतेलित्साले उसलाई बीचमा रोक्दै भन्यो, “अहिलेसम्म त तिमीले आफ्नी आमाको काख बिर्सनुपथ्र्यो, कुब्राक काका !” सदाझैँ ऊ आफ्नै शब्दले जुरुक्क उचालियो । उसले आफ्नो मुक्का टेबलमा बजा¥यो र उसको छ्याकटे अनुहार असिनपसिन भयो । “यहाँ हामीलाई मुसाजस्तै मारिनेछ । पख, हाम्रा दिन आए !” र आफ्नो झ्यापुल्ले जुत्ता बजार्दै र आफ्नो कोर्रा स्टुलहरूमा ठोक्दै ऊ कोठामा ओहोरदोहोर गर्न थाल्यो ।
“अलि धैर्य गर,” लेभिनसनले उसलाई सल्लाह दियो । उसको कोर्राजत्तिकै बलियो र लचिलो शरीर अनि उसका उत्तेजक भंगिमालाई उसले प्रशंसापूर्ण दृष्टिले हेर्दै थियो । ऊ एक छिन पनि शान्तिपूर्वक बस्न सक्दैनथ्यो । मानौँ, ऊ अग्नि र गतिले बनेको थियो र उसका भोका आँखाहरू युद्ध र सङ्घर्षका निम्ति एउटा कहिल्यै नमेटिने तिर्खाले दन्किरहेका थिए ।
मेतेलित्साले आफ्नो पछि हट्ने योजना अघि सा¥यो । यसबाट उसको उत्तम बुद्धि लामो दूरीबाट आत्तिन्थ्यो र उसमा सैनिक सावधानीको कमी थिएन भन्ने कुरा खुल्थ्यो ।
“उसले सही भन्यो ! ऊसित उसको बुद्धि छ,” मेतेलित्साको कल्पनाको स्वतन्त्र र साहसपूर्ण उडानलाई सह्राउँदै र केही डाहाले हेर्दै बाक्लानोभ चिच्यायो, “केही दिनअघिसम्म उसले घोडाको स्याहारसुसार गथ्र्यो, तर हेर्नु दुई वर्षमा ऊ हाम्रो कमान्डर बन्नेछ !… ”
“मेतेलित्सा ? हो हो… ऊ हिरा हो, हिरा,” लेभिनसनले सका¥यो । “यत्तिकै होसियार रहनू… नबहकिनू !”
तैपनि तातो बहसको फाइदा उठाएर लेभिनसनले मेतेलित्साको योजनाको सट्टा आफ्नो योजना पेश ग¥यो । बहसमा प्रत्येकले आफूलाई बाँकी सबैजनाभन्दा बढी बुद्धिमान ठानिरहेको थियो र अरूको कुरा सुन्न मानिरहेको थिएन । लेभिनसनको योजना बढी सीधा र कम खतरापूर्ण थियो । उसले यो काम कति होसियारी र सुस्तरी अघि सा¥यो भने यो नयाँ प्रस्ताव सर्वसम्मतिले पारित भयो । भोटको लागि प्रस्तुत गर्दा उसले यसलाई मेतेलित्साकै योजनाको रूपमा लग्यो ।
सहरबाट आएका चिठीहरूको उत्तरमा र स्ताशिन्स्कीको एउटा पत्रमा लेभिनसनले केही दिनभित्र उसले आफ्नो कम्पनीलाई इरोखेदजाको मुहानमा रहेको शिबिशी गाउँमा लैजानेछ भनी लेख्यो । साथै अस्पताललाई नयाँ आदेश नपाउञ्जेल अहिलेकै स्थानमा रहन आदेश थियो ।
रात छिप्पिँदै गर्दा उसले आफ्नो काम सक्यो । बत्तीको तेल रित्तिँदै थियो । स्टोभको पछिल्तिर धमिरा कराइरहेको थियो र सँगै सटेको झुप्रोबाट रियाबेत्स घुरेको आवाज सुनिँदै थियो । झल्याँस्स उसले आफ्नी पत्नीको पत्र सम्झियो । बत्तीमा तेल हालेपछि उसले त्यो पत्र पढ्न थाल्यो । पत्रमा कुनै नयाँ कुरा थिएन, कुनै सुखद सन्देश पनि थिएन । अझैसम्म उसकी पत्नीले कुनै काम पाएकी थिइन, ऊसँग जेजति बेच्न मिल्ने सामान थियो, त्यो बिकिसकेको थियो र अब मजदुरहरूको रेडक्रसको कृपाले बाँचिरहेकी थिई । छोराछोरी रगतको कमीले पीडित थिए । प्रत्येक हरफमा ऊप्रति अपार संवेदना रसाउँथ्यो । लेभिनसनले सोचमग्न हुँदै आफ्नो दाह्री मुसा¥यो अनि लेख्न थाल्यो । पहिले उसले आफ्नो जीवनको यो पाटोसम्बन्धी विचारहरू कोट्याउन चाहन्नथ्यो । तर, बिस्तारै भावनाहरूको बहावमा ऊ बग्दै गयो र उसको मुखमा कोमलता छायो । उसले आफ्ना मसिना, जेनतेन बुझिने अक्षरले दुई पाना भ¥यो । तिनमा यस्ता अनेक शब्दहरू थिए जसलाई पढ्नेले ती लेभिनसनका हुन् भनी सोच्नै सक्दैनथ्यो ।
आफ्ना पाट्टिएका अङ्गहरूलाई चलाउँदै ऊ आँगनमा निस्कियो । तबेलामा घोडाहरूले आफ्ना खुट्टा बजार्दै थिए र चपाउँदै घाँस खाइरहेका थिए । ड्युटीमा बसेको अर्दली एउटा खुला ओतमुनि आफ्नो राइफल छातीमा टाँसेर चैनले सुतिरहेको थियो । “पहरेदारहरू पनि सुतेका त छैनन् ?” लेभिनसनले सोच्यो । ऊ अलिबेर त्यही उभियो, अनि जसोतसो आफ्नो निद्रा पन्छाउँदै घोडाको तबेलाबाट बाहिर आयो । उसले घोडाको काठी कस्यो । ड्युटीमा बसेको अर्दली त्यति हुँदा पनि जागेन । “कुकुर्नीको छाउरो !” लेभिनसनले बिस्तारै अर्दलीको टोपी फुकालेर भुसमा लुकाइदियो । त्यसपछि उफ्रिँदै घोडाको पिठ्युँमा चढेर ऊ रातमा चौकीहरूको निरीक्षण गर्न निस्कियो ।
झाडीहरूको सहारामा बिस्तारै ऊ गोठसम्म पुग्यो ।
“को हो ?” पहरेदारले राइफलको घोडो चलाउँदै सोध्यो ।
“साथी !”
“लेभिनसन ? रातमा यहाँ के गर्दैछौ ?”
“रक्षक दल यहाँ आएको थियो कि ?”
“पहिलो दल झन्डै पौने घण्टाअघि घोडामा चढेर निस्केको थियो ।”
“सबै ठीकठाक छ ?”
“अहिलेसम्म त ठिक्कै छ । चुरोट छ कि ?”
लेभिनसनले उसलाई अलिकति आफ्नो मञ्चुरियाली सुर्ती दियो । त्यसपछि उसले नदी त¥यो र खेतहरूको बीचैबीच अघि बढ्यो ।
बादलको पछिल्तिरबाट मधुरो अर्धचन्द्रले चिहाइरहेको थियो । शीतको बोझले नुहिरहेको पहेँलपुर झाडीबाट एउटा पोथ्राले अन्धकारबाहिर मुन्टो निकालेको थियो । चट्टाने गेग्रानमा नदी सोस्साउँदै थियो । ढुङ्गाहरूमाथि बग्दो पानीमा उठ्ने प्रत्येक ससाना लहरहरूको कलकल स्पष्ट सुनिँदै थियो । त्योभन्दा अगाडि एउटा थुम्कोमा चारजना घोडसवारहरूका काला आकृतिहरू चढ्दै र ओर्लिँदै गरेको देखियो । लेभिनसन झाडीहरूको आडमा चुपचाप उभियो । मान्छेहरूको स्वर नजिकै आइरहेको थियो । उसले उनीहरूमध्ये दुईजनालाई चिन्यो । उनीहरू रक्षक–दलका सदस्य थिए ।
“रोक !” सडकमा निस्किँदै ऊ करायो । घोडाहरू स्वाँस्वाँ गर्दै उफ्रिन थाले । उनीहरूमध्ये एउटाले लेभिनसनको घोडा चिन्यो र बिस्तारै हिनहिनायो ।
“तिमीले त तर्सायौ पो !” अगाडिको घोडसवारले झन्डै दृढ र साधारण बोलचालको भाका कायम राख्दै भन्यो । “ए, च्याङ्बा !”
“तिमीसित आउने यो को हो ?” उनीहरूतिर बढ्दै लेभिनसनले सोध्यो ।
“ओसोकिनका गस्ती हुन् । जापानीहरू मार्यानोभ्का आइसके ।”
“मार्यानोभ्का ?” लेभिनसन तन्केर काठीमा बस्यो । “ओसोकिन र उसको कम्पनी कहाँ छ ?”
“क्रिलोभ्कामा,” एउटा गुप्तचरले भन्यो । “हामी पछि हट्नुप¥यो, कहालीलाग्दो लडाइँ भयो र हामी टिक्न सकेनौँ । उनीहरूले तिमीसित सम्पर्क गर्न हामीलाई यहाँ पठाएका हुन् । भोलि हामी कोरियाली फार्महरूतिर जानेछौँ ।”
ऊ काठीमा यसरी अघिल्तिर झुक्यो । मानौँ, आफ्नै शब्दको असह्य बोझले दबिरहेको छ । “सबै सत्यानास भयो । हाम्रा चालीसजना मान्छे सोत्तर भए । गर्मी यामभरि पनि हामीले यत्तिका मान्छे गुमाएका थिएनौँ ।”
“के तिमीहरू क्रिलोभ्काबाट सखारै हिँडिहाल्छौ ?” लेभिनसनले सोध्यो, “पर्ख, म तिमीहरूसँगै जान्छु ।”
ऊ आफ्नो कम्पनीमा फर्किने बेलासम्म दिन ढल्किसकेको थियो । उसको अनुहार ओल्यास्स परेको थियो, आँखा बलिरहेका थिए र रातभरि नसुतेकोले उसको टाउको बोझिलो हुँदै थियो ।
ओसोकिनसँग सरसल्लाह गरेपछि उसलाई विश्वास भयो, कम्पनी हिँडेका चिह्नहरू मेटाउँदै समयमै त्यहाँबाट निस्किने उसको निर्णय सटिक थियो । ओसोकिनको डफ्फाको बर्बादीले चिच्याउँदै त्यस निर्णयको पक्षमा तर्क दिइरहेको थियो । पटेरा सडिसकेको र खिया लागेको कुनै पुरानो सन्दुक वञ्चरोले एकचोटि हान्दाघरि धुजाधुजा भएझैँ कम्पनी नष्ट भएको थियो । सैनिकहरूले आफ्ना कमान्डरहरूको आदेश पालन गर्न छोडेका थिए । उनीहरू आँगनमा व्यर्थै घुमिरहन्थे । धेरैजना रक्सीले मात्तिएका थिए । लेभिनसनले खासगरी एउटा व्यक्तिलाई सम्झियो – दुब्लो पातलो र अलपत्र स्थितिमा उसले सडकनजिकै मैदानमा रुखो आँखाले भुइँमा एकटक हेरिरहेको थियो र हैरान भएर उसले घाम झुल्किँदै गरेको आकाशतिर गोलीमाथि गोली ठोकिरहेको थियो ।
फर्केपछि लेभिनसनले आफ्ना चिठीपत्र तुरुन्तै पठायो । तर, उसले कसैलाई पनि कम्पनी त्यसै रात गाउँ खाली गरेर अर्को ठाउँमा जाँदै छ भनी बताएन ।
७ शत्रुहरू
किसानहरूको बैठकभन्दा अघिल्लो दिन लेभिनसनले स्ताशिन्स्कीलाई जुन पत्र पठाएको थियो, त्यसमा उसले आफ्ना आशङ्काहरू जाहेर गरेको थियो । त्यसैमा उसले अस्पताललाई बिस्तारै बन्द गर्नुपर्ने सुझाव दिएको थियो । यसो गर्दा पछि फाल्तु झन्झटबाट जोगिन सकिन्थ्यो । डाक्टरले पत्रलाई दोहो¥याइ तेहे¥याइ पढ्यो । उसको आँखा अघिपछिको भन्दा तीव्रगतिमा झिम्झिमाइरहेको र उसको जबडा झन् बाहिर निस्केको देखेर उसको वरपर बसेका सबै मान्छे व्याकुल र हैरान भए । स्ताशिन्स्कीले आफ्ना पातला हातमा जुन सानो खराने खाम राखेको थियो, त्यसबाट लेभिनसनका आशङ्काहरू मानौँ स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै निस्किरहेका थिए र दुबोको एकएक पात र प्रत्येक व्यक्तिको अन्तरआत्मामा जुन शान्ति छाएको थियो, त्यसलाई तिनले डस्न थाले ।
रमाइलो मौसम एकाएक फेरियो । कहिले सूर्यले बादलहरूको बीचबीचबाट नियाल्थ्यो, कहिले झरी पथ्र्यो । शरद् यामको आगमनको पहिलो खबर सुनाउने काला मञ्चुरियाली मेपलका रूखहरूले उदास उच्छ्वास फाल्थे । कालो ठुँड भएको बुढो लाहाँचे चरोले रूखको बोक्रामा नयाँ जोशका साथ एकनासले ट्वाकट्वाक ठुँड गाडिरहेको थियो । चिन्ताले निलिरहेको पिका रुखो र नबोल्ने भयो । ऊ दिनभरि ताइगामा घुमिरहन्थ्यो । अन्तमा लखतरान र अशान्त भएर फर्किन्थ्यो । उसले सुत्ने कोसिस गर्दा चारपाईको डोरी चुँड्थ्यो, उसले बाजी लगाउँदा जहिल्यै हाथ्र्यो । उसलाई कुनै नलीबाट नुनिलो पानी पिएझैँ महसुस हुन थालेको थियो । यसबीच अस्पतालका अन्य बिरामीहरू आआफ्ना गाउँ फर्किँदै थिए । आफ्ना सानातिना झिटीगुन्टा बाँधेर ती सिपाहीहरूले एकअर्कासँग बिदा लिइरहेका थिए । तिनका पट्टीहरूको हेरविचार गर्दै नर्सले आफ्ना ‘दाजुभाइ’ लाई मायाका साथ अन्तिम बिदाइ गर्थी । अनि उनीहरू हिँडिहाल्थे । उनीहरूका छालाका जुत्ता सोत्तरहरूमा धँस्दै जान्थे र उनीहरू ताइगाको सुनसान र रहस्यमयी अन्तरमा ओझेलिन्थे ।
भार्याले बिदा गरेको अन्तिम व्यक्ति त्यही खुट्टा खोच्याउने युवक थियो ।
“बिदा भाइ,” उसलाई म्वाइँ खाँदै उसले भनी, “हेर, ईश्वरले तिमीलाई माया गर्छन् । उनले तिम्रो लागि राम्रो मौसमको बन्दोबस्त मिलाएका छन् । हामी गरिबहरूलाई नबिर्सनु है… ।”
“हैन कहाँ छ तिम्रो ईश्वर ?” खुट्टा खोच्याउने युवकले व्यङ्ग्यपूर्ण मुस्कान फाल्दै भन्यो, “ईश्वर–सिश्वर छैन, नर्क कसम, छँदै छैन !…” सदाझैँ आफ्नो चञ्चले र चटपटे शैलीमा ऊ अझै बोल्न चाहन्थ्यो । तर, केही भन्न सकेन र उसका ओठहरू फरफराए । उसले निराशा भरिएका हात हल्लायो र मोडिएर गोरेटोमा लर्खराउँदै अघि बढ्यो । उसको खानाको डिब्बा कुनै अलच्छिनको जनाउ दिएझैँ खन्द्रङ–खन्द्रङ बजिरहेको थियो ।
घाइतेहरूमा अब फ्रोलोभ र मेतचिकमात्र बाँकी थिए । पिका तङ्ग्रिसकेको थियो, तैपनि उसलाई फर्किने इच्छा थिएन । मेतचिकले नर्सले सिलाएर दिएको हरियो भोटो लगाइरहेको थियो । उसको टाउकोमा पट्टी थिएन । उसको कपाल बढेको थियो र सुनौलो गुजुल्टो परेर लत्रिरहेको थियो । टाउकाको घाउले गर्दा उसको अनुहार आफ्नो उमेरभन्दा बुढो र गम्भीर देखिँदै थियो ।
“तिमी चाँडै तङ्ग्रिएर फर्किनेछौ,” नर्सले उदास भएर भनी ।
“कहाँ फर्किने ?” उसले अनिश्चित भावले सोध्यो र आफ्नै प्रश्नले छक्क प¥यो । यस विषयमा उसले पहिलोचोटि विचार गर्दै थियो । एउटा स्पष्ट, व्यग्र पार्ने र निरस भावना उसको हृदयमा भरियो । यस्तो भावनासँग ऊ पहिल्यैदेखि परिचित थियो । मेतचिकले मुख अमिलो बनायो । “मेरो जानुपर्ने कुनै ठाउँ छैन,” उसले खिन्न हुँदै भन्यो ।
“के रे ?” अचम्मित भार्या चिच्याई, “तिमी लेभिनसनकहाँ गएर उसको कम्पनीमा मिसिन्छौ, यसमा केको शङ्का ! तिमी घोडा चढ्न सक्छौ ? हाम्रो कम्पनी घोडचढीहरूको हो । धन्दा नमान, तिमीले घोडा चढ्न सिकिहाल्छौ ।” ओछ्यानमा उसको बगलमै बसेर भार्याले उसको हातलाई आफ्नो हातमा राखी । मेतचिकले त्यहाँबाट आफ्नो आँखा हटायो । ढिलोचाँडो त्यहाँबाट जानैपर्छ भन्ने विचार अब उसलाई अप्रियमात्र होइन विषजस्तै तीतो लागिरहेको थियो ।
प्रस्तुतिः सुरेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *