पुराना संरचनाले हाम्रो इतिहास र सभ्यताको परिचय दिने
- जेष्ठ ६, २०८३
तस्वीर: देवराज सुवेदी /रासस
काठमाडौँ, १३ भदौ । विगतमा हिमाली र पहाडी क्षेत्रमा वर्षाले ठूलो क्षति गरायो । विभिन्न जिल्लमा पहिरो खसेर खोला र नदीसमेत थुनित्दा तल्लो तटीय क्षेत्रका बासिन्दाको उठिबास लाग्यो । कति मानिसको अकालमै ज्यान गयो भने अझै धेरै हराइरहेका छन् ।
वर्षापछिको बाढी, पहिराले सिन्धुपाल्चोक, मनाङलगायत दुई दर्जन बढी जिल्ला प्रभावित पा¥यो । सिन्धुपाल्चोक जिल्ला पछिल्ला केही वर्षमा बढी प्रभावित हुनेमा पर्छ । त्यसबेला दुई पटक परेको भारी वर्षाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा शताब्दीकै ठूलो क्षति भएको भूगर्भविद्को दाबी छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालका अनुसार नेपालमा मनसुन भित्रिएपछि आजसम्म बाढी पहिराले ९४ जनाको मृत्यु भएको र ४४ जना बेपत्ता भएका छन् । झन्डै ६ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । २५ जलविद्युत् आयोजना, २९ वटा मोटरेवल र २९ वटा झोलुङ्गे पुलमा क्षति भएको छ । झन्डै ८०० घर पूर्ण क्षति भएको छ । नेपालमा जेठ २८ मा मनसुन भित्रिएको थियो भने जेठ ३० गते देशैभर फैलिएको थियो मनसुन असोजको मध्यबाट हट्नेछ ।
मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा बढी नै वर्षा हुने आकलन गरेको थियो । विगतमा हिमाली र पहाडी क्षेत्रमा परेको भारी वर्षा यसपालि मध्य नेपालको तराई क्षेत्रमा देखियो । यद्यपि मुलुकभर नै भदौरे झरी जारी छ । त्यसकारण, हजारौत् घर डुबानमा परेको छ । अहिलेसम्म चार हजार घर डुबानमा परेको प्रहरीको तथ्याङ्क छ ।
प्राप्त विवरणअनुसार विभिन्न जिल्लामा पछिल्लो तीन दिनदेखिको वर्षापछिको बाढी, पहिरो र डुबानका कारण नौ जनाको मृत्यु भइसकेको छ । अन्य ६ जना बेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता आर्यालले जानकारी दिनुभयो ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सोमबार पनि वर्षा जारी रहने तर मङ्गलबारबाट भने बिस्तारै खुल्दै जाने जानकारी दिएको छ । यद्यपि, वर्षा केही घट्दो क्रममा नै रहेको मौसमविद्को भनाइ छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कपिलवस्तुमा १८२ मिलिमिटर पानी परेको छ । चितवनमा १२७, पाल्पामा १२४ र नवलपरासीमा ११५ मिलिमिटर पानी परेको छ । वर्षा जारी रहेकोले प्राधिकरणले क्षति कसरी कम गर्न सकिन्छ र जोखिमबाट मानिसलाई कसरी जोगाउन सकिन्छ भनेर आइतबार दातृ निकायका प्रतिनिधिसहितको समन्वयात्मक बैठक आयोजना गरेको थियो । बैठकमा रूपन्देही र आसपास एक दिनमा ४५० मिलिमिटरसम्म पानी परेको जानकारी गराइएको थियो ।
अझै पनि गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही खोलामा बहाव बढ्ने देखिन्छ । गण्डकी नदी अहिलेकै अवस्थामा रहने देखिन्छ भने कोसीमा बहाव बढेको नभई थेग्य्रान बढेकोले नदीमाथि आएको हुत्दा डुबान हुने सम्भावना कायमै छ । साना खोलामा भने बाढी बढ्नसक्ने र ठूला नदीमा घट्दो क्रममा रहेको जनाइएको छ । जमिन गलिसकेकोले थोरै पानी पर्दा पनि जोखिम बढ्नसक्नेतर्फ सचेत हुन अनुरोध गरिएको छ । स्याटलाइट तस्बिरको विश्लेषण गरी पश्चिम क्षेत्रको बाढी अवस्था हेर्दा झन्डै ९५ हजार मानिस बाढीबाट प्रभावित हुने अनुमान गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले स्वास्थ्य संस्था क्षति भएको जानकारी प्राप्त नभएको र आवश्यक स्वास्थ्य सामग्री, जनशक्ति सबै तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।
नवलपरासी, रूपन्देही, कपिलवस्तुलगायत जिल्लामा चार हजार ५०० घर डुबानमा परेको जनाइएको छ । डुबेका मध्ये १० प्रतिशत पूर्ण क्षति छ । एक हजार घरका मानिस अहिले विस्थापित भएको र कतिपय ठाउत्मा रोगब्याधी निम्तिन सक्नेतर्फ सचेत हुन भनिएको छ ।
मौसमविद् राजु प्रधानाङ्गले पानी पार्ने न्यूनचापीय रेखा तल झर्न थालिसकेको जानकारी दिनुभयो । मङ्गलबार भने पूर्वतर्फ प्रभाव पार्ने उहात्ले बताउनुभयो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यस वर्ष मनसुनको आधा समय पार गरेर आउत्दा विगतमा शताब्दीभर नभोगेका घटना व्यहोर्नुपरेको बताउनुभयो । उहात्ले कसरी घटना कम गर्ने, उद्धार र राहतलाई कसरी प्रभावकारी बनाउने र हराइरहेकाको खोजी र थप क्षति हुन नदिन कसरी समन्वयमा काम गर्नेतर्फ ध्यान दिन अनुरोध गर्नुभयो ।
सप्तकोसी नदीमा पानीको बहाव यस वर्षकै उच्च, विभिन्न ठाउत्मा कटान सुरू
पूर्वी पहाडी तथा तराईका जिल्लामा दुई दिनदेखि लगातार भएको वर्षाका कारण सप्तकोसी नदीमा यस वर्षकै उच्च पानीको मापन गरिएको छ । आइतबार सात्झ गरिएको मापनअनुसार कोसी ब्यारेज भएर दुई लाख ७४ हजार पाँत्च क्युसेक प्रतिसेकेन्ड पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
नदीको बहाव बढेसत्गै अहिले ब्यारेजका ३८ वटा ढोका खुला गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । चतरामा समेत कोसी नदीको जलस्तर बढेको कारण कोसी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाव थप बढ्ने आकलन गरिएको छ ।
यसैबीच सप्तकोसी नदीमा पानीको बहावमा उतारचढाव हुन थालेपछि श्रीलङ्का टापु क्षेत्रमा नदीले कटान सुरू गरेको छ । नदीमा पानीको बहावमा आएको उतारचढावका कारण उक्त क्षेत्रको कतिपय स्थानमा पुनः कटान सुरू भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । सप्तकोसी नदीले टापु क्षेत्रका केही स्थानमा कटान गरेको उहात्ले जानकारी दिनुभयो ।
भारी वर्षाले चार हजार ५०० घर डुबानमा
पछिल्लो केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र डुबानबाट मुलुकका विभिन्न क्षेत्रमा चार हजार पात्च सय घर डुबानमा परेको छ । डुबानमा परेका मध्ये झन्डै १० प्रतिशतमा क्षति पुगेको अनुमान गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार सात्झ एक विज्ञप्ति जारी गरी पछिल्लो तीन दिनमा मनसुनजन्य घटनाबाट नौ जनाको मृत्यु भएको र पात्चजना घाइते भएको जनाएको छ । उक्त अवधिमा ४२ घर पूर्ण क्षति भएको तथा सात सय ५६ जनालाई सुरक्षित स्थानमा सारिएको छ । यो वर्षाबाट ९० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।
प्राधिकरणले नेपालमा अधिकांश भेगमा वर्षा भएको र तराईको केही जिल्लामा डुबान तथा पहाडी क्षेत्रमा पहिराका घटना भइरहेको जनाएको छ । मुख्यगरी भारी वर्षाको कारण धेरै क्षेत्रमा जनजीवन प्रभावित हुन पुगको छ । अझै १५ गतेसम्म नै वर्षाको सम्भावना भए पनि आइतबारदेखि भने केही घट्ने अनुमान गरिएको मौसम विज्ञान विभागले जनाएको छ । आज मात्रै विषयगत क्षेत्रमा सरकारी निकाय, सहयोगी तथा सरोकारवाला निकायको बैठक बसी जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा समन्वयात्मकरूपमा अघि बढ्ने निष्कर्ष निकालिएको छ ।
खोज, उद्धार तथा आश्रयस्थल तथा खाद्यान्न व्यवस्थापनमा स्थानीय तहसत्गको समन्वयमा काम भइरहेको जानकारी गराइएको छ । खानेपानी सरसफाइ, प्राथमिक स्वास्थ्य सेवाको लागि समन्वयात्मक रूपमा अघि बढ्ने निर्णय पनि भएको छ । आवास पुनर्निर्माण तथा पुनस्र्थापनका लागि यसअघि जारी भएको कार्यविधिअनुसार अघि बढेको जनाइएको छ ।
नारायणीले सतर्कता तह पार गर्यो ः उच्च सतर्कता अपनाउन आग्रह
नारायणी नदीले सतर्कता तह पार गरेपछि नदी तटीय क्षेत्रका जिल्लावासीलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले आग्रह गरेको छ । नारायणी नदीले देवघाटस्थित बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले नदी तटीय क्षेत्रका बासिन्दाले आइतबार रातिसम्म उच्च सतर्कता अपनाउनुपर्ने बताउनुभयो । पङ्गेनीले भन्नुभयो, “नारायणी नदीमा पानीको बहाव बढ्दै गएको छ । नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीमा ठूलो बाढी आउन सक्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जरूरी छ ।”
जिल्लाको गैत्डाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी गाउत्पालिकाका विभिन्न वडामा नारायणी नदीको तटीय क्षेत्रमा बसोबास रहेको भन्दै ती स्थानमा डुबान र कटानको समस्या देखिएको पङ्गेनीले बताउनुभयो ।
त्यसैगरी जिल्लाका अन्य खोलामा समेत बाढी आउन सक्ने भएकोले सतर्कता अपनाउनुपर्ने उहात्को भनाइ छ । बर्खामा बाढी र पहिराको उच्च जोखिम रहेको भन्दै उद्धारको लागि सुरक्षाकर्मीसहितको उद्धार टोली तयारी अवस्थामा राखिएको उहात्ले बताउनुभयो ।
देवघाटको बाढी मापन केन्द्रका अनुसार आइतबार अपराह्न ४ः४५ बजे नारायणी नदीमा पानीको बहाव ७.७ मिटर रहेको छ । नारायणी नदीमा पानीको सतह ७.३ मिटरलाई सतर्कता तहको बिन्दु मानिएको छ भने नौ मिटरलाई खतराको तह मानिएको छ । नारायणी नदीमा पानीको बहाव अहिले पनि निरन्तर बढ्दो क्रममा रहेको बाढी मापन केन्द्रले जनाएको छ ।
Leave a Reply