पुराना संरचनाले हाम्रो इतिहास र सभ्यताको परिचय दिने
- जेष्ठ ६, २०८३
संरा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी गुप्तचर संस्थाहरूलाई ९० दिनको म्यादसहित कोभिड–१९ भाइरसको उत्पत्तिबारे अध्ययन गर्न निर्देशन दिएका थिए । कोभिड–१९ भाइरसको उत्पत्तिबारे अध्ययन नितान्त विज्ञानसत्ग सम्बन्धित विषय हो । त्यसकारण यसको अध्ययनको निम्ति वैज्ञानिक र विज्ञान प्रतिष्ठानहरूलाई परिचालन गरिनुपथ्र्यो । तर, बाइडेनले गुप्तचर निकायलाई त्यसको जिम्मेवारी दिएर सुरूमै आफ्नो मनसाय प्रस्ट बनाइसकेका थिए । उनको पहलको उद्देश्य भाइरसको स्रोत पत्ता लगाउनेभन्दा पनि यो मामिलालाई राजनीतिकरूपमा प्रयोग गर्न खोजेको प्रस्ट थियो । कोभिड–१९ भाइरसको उत्पत्तिको खोज अब कुनै एउटा देशसत्ग मात्र जोडिएको विषय होइन । संसारका हरेक कुना प्रभावित बनाएको भाइरसको स्रोतको अध्ययन सम्पूर्ण विश्वको दायित्व बनेको छ । त्यसको निम्ति संसारका सबै देशले सहायता गर्न जरूरी छ । तर, त्यस्तो अध्ययनको समन्वय भने कुनै अन्तर्राष्ट्रिय सङ्गठनले नै गर्नुपर्छ । आजको विश्व सन्दर्भमा यो प्रयोजनको निम्ति सबभन्दा उपयुक्त सङ्गठन निःसन्देह विश्व स्वास्थ्य सङ्गठन हो । संरा अमेरिकाको अघिल्लो ट्रम्प सरकारले विश्व स्वास्थ्य सङ्गठनबाट हात झिक्ने निर्णय गरे पनि बाइडेन सरकार बनेपछि अमेरिका फेरि त्यसमा सामेल भएको छ । त्यसकारण, अब भाइरस उत्पत्तिको खोजको निम्ति अब विश्व स्वास्थ्य सङ्गठन साझा दबु बन्नेमा कुनै सन्देह भएन । विडम्बना ! संरा अमेरिकाले यो काममा कुनै निर्विवाद अन्तर्राष्ट्रिय सङ्गठनलाई परिचालन नगरी आफ्ना गुप्तचर निकाय परिचालन गर्नु प्रस्टतः पूर्वाग्रहबाट अभिप्रेरित छ ।
९० दिनको अध्ययनपछि अमेरिकी गुप्तचर निकायहरूले आ–आफ्नो प्रतिवेदन सार्वजनिक गरिसकेका छन् । अधिकांश गुप्तचर निकायले भाइरस कुनै प्रयोगशालाबाट उत्पत्ति नभएको मत राखेका छन् । एकाधले मात्र प्रयोगशालाबाट यो भाइरस चुहेको हुनसक्ने सम्भावनालाई स्वीकारेका छन् । प्रतिवेदन बुझ्ने क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले फेरि पनि भाइरसको स्रोतलाई लिएर चीनतिर औत्ला तेर्साएका छन् । जबकि विश्व स्वास्थ्य सङ्गठनका विज्ञ अधिकारीहरू (जसमा संरा अमेरिकी प्रतिनिधि पनि थिए) र चीनले संयुक्त रूपमा गरेको अध्ययनले अमेरिकाले भन्दै आएजस्तो भाइरस कुनै प्रयोगशालाबाट उत्पत्ति नभएको प्रस्ट शब्दमा निष्कर्ष निकालिसकेको छ । त्यस्तै उहानको समुद्री खानाको बजारबाट सो भाइरस फैलिएको भन्ने प्रचारबाजीलाई पनि सो प्रतिवेदनले खण्डन गरेको छ । बरू भाइरस अन्यत्र कहीत्बाट त्यो बजारमा आएको हुनसक्ने सम्भावना देखाएको छ ।
विभिन्न खोज–अध्ययनले चीनको उहानमा कोभिड–१९ भाइरसले महामारीको रूप लिनु महिनौत्अघि नै संरा अमेरिका र युरोपका विभिन्न सहरमा कोभिड–१९ भाइरस सङ्क्रमण फैलिएको र त्यसबाट जनजीवन प्रभावित पनि बनेको देखाइसकेको छ । तर, संरा अमेरिका र युरोपेली देशहरूलाई यसको सङ्क्रमणलाई गम्भीरतापूर्वक नलिएको अथवा लुकाएको वास्तविकता पनि घामजत्तिकै छर्लङ्ग भइसकेको छ । यस्तो परिस्थितिमा चीनको उहान सहरकै वरपर मात्र यसको उत्पत्ति खोज्नु मूल स्रोतसम्म नपुग्नु हुनेछ । अब भाइरसको स्रोतको अध्ययन विभिन्न देशमा हुनुपर्ने मत त्यस अर्थमा तर्कपूर्ण छ ।
भाइरसको उत्पत्ति विज्ञानसत्ग जोडिएको विषय हो । त्यसकारण, यसबारे वैज्ञानिक अध्ययन आवश्यक छ । यो विषयलाई राजनीतिक पूर्वाग्रह र कुनै देशको छवि धमिल्याउन हिलो छ्याप्ने काममा दुरूपयोग गरिनु हुन्न । संरा अमेरिकाले आज भाइरस उत्पत्तिको खोजलाई चीनविरूद्ध दुष्प्रचारको राजनीतिक हतियार बनाउन खोजिरहेको छ । पश्चिमा सञ्चारमाध्यमले उसको यो उद्देश्यलाई टेवा पु¥याइरहेको छ । यसले विश्वलाई भाइरसको स्रोतमा होइन, विभाजन र द्वन्द्वतिर धकेल्नेछ, जसले संसार र महामारी नियन्त्रणमा कदापि पनि मद्दत गर्नेछैन ।
Leave a Reply