पुराना संरचनाले हाम्रो इतिहास र सभ्यताको परिचय दिने
- जेष्ठ ६, २०८३
काठमाडौँ, १४ भदौ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ को १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिको आयोजनामा भक्तपुर काण्डको विरोध एवं भत्र्सना कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले भक्तपुर काण्ड नेमकिपामाथिको मात्र नभई प्रगतिशील विचार र सिद्धान्तमाथिको आक्रमण भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पञ्चायतले दिएको यातनाभन्दा बढी सङ्कटको समयमा पार्टीको साथ छोड्ने अवसरवादीहरूले दिएको चोट दुःखदायी भयो ।”
उहाँले भक्तपुर काण्डजस्ता घटनाहरूको अध्ययन गरेर भविष्यमा हुनसक्ने षड्यन्त्रहरूको सामना गर्न नयाँ पुस्ताका विद्यार्थी तयार हुनुपर्नेमा जोड दिनुभयो ।
वरिष्ठ ईन्जिनियर राजदास श्रेष्ठले देशका ठूला भनिएका पार्टीहरू सबै नामले कम्युनिस्ट भए पनि व्यवहारमा कम्युनिस्ट नभएको बताउनुभयो ।
उहाँले देशभक्त नेता–कार्यकर्ताहरूकै नेतृत्व पाएर भक्तपुरले विकास गर्न सकेकोमा प्रशंसा गर्नुभयो ।
आयोजक समितिका सहसंयोजक सुरेश परियारले भक्तपुर काण्डको विषयमा विद्यार्थीले थप अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले नेमकिपा सङ्कटमा हुँदा अन्य पार्टीहरूले सहयोग गर्नुको सट्टा उल्टो इमानदार कार्यकर्ताहरूलाई लोभलालच र डर देखाउँदै आफ्नो पार्टीमा तान्ने गरेबाट अवसरवादीहरू कतिसम्म तल गिरेर काम गर्दारहेछन् भन्ने प्रस्ट भएको बताउनुभयो ।
नेक्राविसङ्घ १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक प्रकाश गुरूङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेक्राविसङ्घका रमेश प्रजापति, तारा न्यौपाने र मिलन गणेजूले बोल्नुभएको थियो ।
Leave a Reply