भर्खरै :

शिलु महादेव मन्दिरको उड्ने सिंह, बो सिंह फिर्ता गरौँ

राजा जगतप्रकाश मल्लको पालामा ने.सं.७९८ मा सन् १६५०, संवत् १७०७ मा बनेको शिलु महादेव मन्दिर भक्तपुर दरबार परिसरको पूर्वी चोकको उत्तरमा रहेको छ । यसलाई नीलकण्ठेश्वर महादेव पनि भनिन्छ, गोसाई कुण्डलाई नेवारी भाषामा शिलु भनिन्छ । २०७२ को भूकम्पले क्षतिग्रस्त मन्दिर अहिले पुरातत्व विभागले पुनर्निर्माण गरिरहेको छ । सम्पन्न हुने अवस्थामा पुगेको छ । तर, गोल्मढी धारामा त्यतिबेला राखिएको उड्ने सिंह मन्दिरमा फिर्ता दिने कुरामा विवाद चलिरहेको छ । धाराको उड्ने सिंह नदिने भनी स्थानीयको अडानले पुरातात्विक सम्पदामा असर पारिरहेको छ । त्यही धारा छेउको वीरभदे्रश्वर महादेव मन्दिरको पार्वतीको ४३ वर्षअगाडि चोरी भई अमेरिका पुगेको मूर्ति फिर्ता आउँदै छ । तर, आप्mनै छेउको मन्दिरको उड्ने सिंह फिर्ता गर्नेमा अनावश्यक विवाद चलेको छ । स्थानीय सरकार, नगरपालिका, सङ्घ सरकार, विभिन्न राजनीतिक दलहरू तमासे बनिरहेका छन् । यो विवाद समाधान कसले गर्ने हो ? सम्बन्धितहरू मौन छन् किन ?
फेरि यो सिंह उड्ने सिंह हो, भुइँको सिंह होइन । यो सिंह धारामा वा तल ढोकामै राखिने प्रकृतिको होइन । ढोकामा वा मन्दिरको पेटी तहमा राखिने सिंहको बनावट अर्कै प्रकारको हुन्छ । उड्ने सिंह त मन्दिरको बाहिरीबीच भागमा राखिने गरेका पाइन्छ । जो तस्बिरमा देखिन्छ नै । नगरपालिकाको ढोकामा रहेका अरु दुई र यी दुई सिंहको बनावट मिल्दो छ । उड्ने सिंहलाई नेवारीमा बो सिंह भनिन्छ ।
गोल्मढी ढुङ्गेधारा अगाडिको लिच्छवीकालीन वीरभदे्रश्वर महादेव मन्दिरभित्र रहेको लिच्छवी कालीन कलात्मक पार्वतीको मूर्ति ४३ वर्षजति अगाडि चोरी भएछ । हाल अमेरिकाको कनेक्किटस्थित येल विश्वविद्यालयमा भेटियो । सोही मन्दिरमा रहेको संवत् ५१६ को शिलापत्रअनुसार सो मन्दिर लिच्छविकालीन भन्ने पुष्टि हुन्छ । धनबज्र बज्राचार्यको लिच्छविकालका अभिलेखको पृ.२४९ मा यो अभिलेख प्रकाशित छ । यस अभिलेखअनुसार महासामन्त अंशुवर्माको प्रतिवेदनअनुसार राजा शिवदेवले माखोपृङ द्रङमा त्रिकर (भाग, भोग, कर) असुल गर्न अधिकारीहरू नपठाउनू, स्थानीयरूपमै असुल गर्नू भनी राजाज्ञा जारी गरेको देखिन आयो । यो शिव मन्दिर लिच्छविकालीन भन्ने प्रस्ट भयो । यो ढुङ्गेधारा पनि लिच्छविकालीन नै रहेछ ।
महादेवको मन्दिरभित्र शक्ति देवीको रूपमा रहेकी दुर्गा भगवतीको चोरी भएको मूर्ति अमेरिकाबाट ल्याएर त्यही प्रतिस्थापन गरिँदै छ । तर, त्यही अलिपरको आप्mनै टोल नजिक, आप्mनै नगर, आप्mनै जिल्ला र आप्mनै देशको ३७१ वर्ष पुरानो उड्ने सिंहको मूर्तिलाई भने ८८ वर्ष पहिले राखिएको ढुङ्गेधाराबाट झिकेर यथास्थानमा राख्न दिन विवाद उठाइएको छ । अब शिलुमहादेवले निर्माता राजा जगतप्रकाश मल्ल वा भक्तपुरका प्रशासक वा नेताहरू कोसँग न्याय माग्ने र पाउने हो ?
चोरी भएको मूर्ति अमेरिकामा फेला परेर नेपाल ल्याइँदै छ, त्यही मािन्दरमा राख्ने भनेर भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले भन्नुभएको छ । तर, आप्mनै नगरको ५ मिनेटको बाटो परको सिलुमहादेव मन्दिरको उड्ने सिंह पुनर्निर्माण भइरहेको मन्दिरलाई दिनेतर्पm भने उदासीन रहेको पाइयो ।
१. शिलु महादेव मन्दिर १९९० सालको भूकम्पपछि पुनर्निर्माण गर्दा स्वरूप परिवर्तन गरियो । गुम्बज शैलीको बनाइयो सजिलोको लागि ।
२. ग्रन्थकुट अर्थात् शिखर शैलीको बनाइएन । अनि पहिलेका चारतिरका उड्ने सिंह त्यसै राखिएकोमा २ वटा नगरपालिकाको पुरानो भवन पुनर्निर्माण हुँदा (१९९० सालपछि) ढोकाको दुईतिर राखियो ।
३.दुईवटा उड्ने सिंह गोलमढीको गहिरो ढुङ्गेधारा मर्मत गर्दा धाराको दुईतिर राखियो ।
४. उड्ने सिंह धारामा पानी खस्ने ठाउँमा राखिदैन ।
५. मन्दिरमा राखे पनि मन्दिरको ढोकाका दायाँबायाँ र पेटीको तहमा राखिन्छ । भगवानको पहरेदारको रूपमा राखिन्छ ।
६. त्यसैले त्यतिबेला फाल्नुभन्दा कतै राख्नु उचित भनेर यो ढुङ्गेधारामा राखिएको हो । संरक्षण नै भएको हो ।
७. यही गोल्मढीको ढुङ्गेधारासँगैको वीरभद्रेश्वर महादेव मन्दिरभित्रको ४३ वर्षअगाडि चोरी भएको पार्वतीको मूर्ति अमेरिकाको यल विश्वविद्यालयमा फेला पारियो । नेपाल फर्काएर त्यही नै पुनःस्थापना गरिने भएको छ । भक्तपुर नगरपालिका फर्काएर ल्याउन र स्थापना गर्न लागिपरेको छ ।
८. यो मूर्ति संवत् ५१६ सालको लिच्छविकालको भन्ने त्यही रहेको शिलापत्रबाट देखिने कुरा इतिहासकार धनबज्र बज्राचार्यको लिच्छविकालका अभिलेखबाट देखिन्छ । यो ढुङ्गेधारा पनि लिच्छविकालकै हो ।
९. उड्ने सिंह रहेको धारासँगैको वीरभदे्रश्वर महादेव मन्दिरको दुर्गाको मूर्ति अमेरिकाबाट नेपाल फर्काइदै छ ।
१०. अनि नेपालकै एउटै नगरपालिकाको वरपरको मन्दिरको उड्ने सिंहलाई भने स्थानीयले सिलुमहादेव मन्दिरमा फिर्ता नगर्ने भन्ने विवाद चलेको देखियो ।
११. मन्दिर पूरा हुने अवस्थामा पुगेको छ ।
१२. यी दुई सिंहको ठाउँमा प्वालमात्र राखिएको छ ।
१३. अमेरिकाले पनि तिमीहरू आप्mनै मन्दिरको उड्ने सिंह त फिर्ता गर्दैनौ भने हामीले त पैसा हालेर किनेको पार्वतीको मूर्ति किन फिर्ता दिने भनेर प्रश्न उठाए भने उड्ने सिंह शिलु महादेव मन्दिरमा राख्न नदिने भन्नेहरूसँग के जवाफ छ ???
१४. यो टोलवासीहरू, भक्तपुरका सबै राजनीतिक दल र नेताहरूमा निवेदन, भक्तपुरका सबै बासिन्दाहरूले शिलु मन्दिरको उड्ने दुई सिंह गोल्मढी धाराबाट झिकेर मन्दिरमा राख्न दिने काम गर्नुपर्दछ । हाम्रो पुर्खाको कीर्ति र सम्पदा बचाउन सबैले सहयोग गर्नुपर्दछ ।
स्रोत सामाग्री :
1. Voyage to Nepal / Dr. Gustav Le Bon, (1841-1931) French Scholor, Published in French in 1886, 1943 bs in English publication 1986, 2043 bs, Himal Books Nepal published in 2014, सन् १८८५ विसं. १९४२ मा नेपाल आएका,
2. Sketches from Nepal Part I & II , H. Ambrose Oldfield, British Writer, Surgeon in British Embassy Nepal / (1822-1871) Cosmo Publication, Delhi, 1981, London 1880,
ओलफिल्डका पुस्तकका तस्बिरका चित्रहरू सबै उनैले बनाएका । भारतपछि नेपालमा सर्जन भएर सन् १८६८ सम्म काम गरेका ।
3. Views of Nepal 1851-1864, H. Ambrose Oldfield, British Writer, Surgeon in British Embassy Nepal / (1822-1871) Margret Alicia Oldfield, Ratna pustak Bhandar 1975
4. BIBLOTHECA HIMALAYICA, Series III Vol 5 Edited H.K. Kuloy 36 pictures,
5. History of Kings of Nepal,नेपालिकभूप वंशावली A Buddhist Chronicle in 3 parts Editor: Niels Gutschow, Himal Books Kathmandu 2015
6. Photo by John Cloud White, 1900-1908, Nation Geographic, Facebook.com, Vintage Nepal.
७. भक्तपुर मासिक पत्रिका, प्रकाशक भक्तपुर नगरपालिका अङ्क २१८, २१९, २२१, २२३, २२४,
७. चट्टान अभिलेख र अन्य सम्पदा, डा. पुरुषोत्तमलोचन श्रेष्ठ, बबिता श्रेष्ठ २०६७
८. ओम धौभडेल, विगत र वर्तमान भूकम्पबीच भक्तपुर नगर, भक्तपुर मासिक अङ्क २२०
९. ओम धौभडेल, भक्तपुर नगरको पुरातात्विक क्षेत्रको उत्खनन्को पहिचान र आवश्यकता, भक्तपुर मासिक अङ्क २१५
१०. भक्तपुर दरबारस्थित राष्ट्रिय कला सङ्ग्रहालय (मुख्य सङ्ग्रहालय) का कलाकृति विवरण, राष्ट्रिय कला सङ्ग्रहालय भक्तपुर, २०६३
११. नेपालको महाभूकम्प १९९०, ब्रह्मशमशेर जबरा, प्राइम बुक्स प्रालि, २०७२
१२. धनबज्र बज्राचार्य, लिच्छविकालका अभिलेख, नेपाल र एसियाली अध्ययन संस्थान, २०३० पृ.२४९
१३. शिलु महादेव सच्चिने अवसर, लेखककै लेख, हिमाल १४–२० चैत, २०७२
१४. शिलु महादेव बेहालमा, कान्तिपुर कोसेलीमा भाद्र ७, २०७६ मा प्रकाशित
१५. नेपाललात्मा ३० साउन ०७८ मा प्रकाशित शिलु महादेव मन्दिरमा हुनुपर्ने उड्ने सिंह यसरी पानीमा डुबे
१६ नेपाल लात्मा प्रकाशित, २०७८ रानीपोखरीकै गल्ती दोहोरिँदै छ शिलु महादेवमा,
कान्तिपुर, देवेन्द्र भट्टराई, द काठमाडौँ पोष्ट, नागरिक दैनिकलगायत पत्रिकाहरू, नेसनल जोग्राफिक, भिन्टेज नेपाल, फेसबुक, इन्टरनेट, रवीन्द्र पुरी सम्पदा विज्ञ ।
gauribkarki@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *