भर्खरै :

चाडपर्व लाग्यो, सरकारको बजार अनुगमन खोइ ?

नेपाली हिन्दूहरूको ठूलो चाड दसैँ सङ्घारमै आइसकेको छ । लगत्तै तिहार पनि छ । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई अधिकांशले वास्ता गर्न छोडेका छन् । बजारमा भिड बढ्न थालेको छ । कोभिडबाट बच्न पालना गर्नुपर्ने स्वास्थ्य मापदण्डलाई कसैले बाध्यतावस त कसैले जानाजानी छोड्न थालेका छन् । स्वास्थ्य सुरक्षाको चिन्ता धेरैलाई छैन । व्यापारीहरू व्यापार–व्यवसाय टिकाउने र बढी नाफा कमाउने ध्याउन्नामै छन् भने आम उपभोक्तालाई चाडपर्वको अगाडि बजारमा चीजवस्तुको मूल्य आकासिएकोमा बढी चिन्ता छ ।
व्यापार भनेको व्यवसायमात्र नभई उपभोक्ताको सेवा पनि हो । सेवा प्रदान गरेबापत उचित सेवा शुल्क हुनआउने नाफा जोडेर मूल्य लिनु अस्वाभाविक होइन । तर, हामीकहाँ वस्तुको वास्तविक मूल्त्न्दा तीनचार गुणा बढी मूल्य भनेर त्यसमा केही प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको घोषणा गरेर आमउपभोक्तालाई ठग्ने कार्य बढिरहेको छ । कुनै सजग उपभोक्ताले प्रश्न गरेमा नक्कली बिजक र बिल देखाएर चुप लगाउने चाल पनि कतिपय व्यापारीले चालिरहेका छन् । तयारी पोशाक र जुत्ता पसलहरूमा त्यसरी बढी ठगी भइरहेका छन् । खाने तेल, मसलालगायतमा पनि तोकेको भन्दा बढी मूल्य लिनु सामान्यजस्तै भइसकेको छ । मूल्य उचित नलागे पनि तिर्न सर्वसाधारण उपभोक्ता बाध्य छन् । व्यापारीसित प्रश्न गरेमा–लिनु छ भने लिनू नत्र आफ्ना बाटो तताउनू – भन्ने जवाफ फिर्ता पाइन्छ । तीन तहकै सरकारहरू आमजनता र उपभोक्तालाई ठगी हुन नदिने आश्वासन त बरोबर दिन्छन् तर दैनिक जनजीवनमा देखिएका समस्या देख्यानदेख्यै गर्छन् । चाडपर्व लागिसक्यो, केही प्रतिशत ठग व्यापारीहरू उपभोक्तालाई ठग्ने तयारीमा लागिसकेको आभास हुन्छ । उपभोगको म्याद नाघेका र तोकेको गुणस्तर कायम नभएका उपभोग्य वस्तु बजारमा देखिन थालेका छन् । सक्कली वस्तुसँगै नक्कली वस्तुको मिसावट पनि देखिन थालेको छ । सरकारहरूको बजार अनुगमन देखिएको छैन । फेरि सूचना दिएर गरिएका औपचारिक बजार अनुगमनको क्रममा केही पाइने पनि गर्दैन । एकचोटि घुमेपछि अनुगमनकर्ताहरू फर्केर नआउने निश्चित भएकोले कालाबजारियाहरूले फेरि उही ठगीधन्दा निष्फिक्री चलाउँछन् । समय छँदै छड्के अनुगमन हुनुप¥यो र दोषीमाथि कडा कानुनी कारबाही हुनुप¥यो ।
– आरोही श्रेष्ठ, काठमाडौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *