भर्खरै :

दसैँंमा तलेजुभित्र सामान्य पूजामात्र गरिने

भक्तपुर, १९ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर, नेपाली सेना, सशस्त्र प्रहरी, भक्तपुरका प्रतिनिधि, गुठी संस्थान भक्तपुरका प्रमुख र तलेजुका पुजारीहरूको उपस्थितिमा नजिकिँदै गरेको दसैँ २०७८ को अवधिमा भक्तपुर दरबार क्षेत्रस्थित तलेजु परिसरमा हुने विभिन्न जात्रासँग सम्बन्धित सरोकारवालाहरूको बैठक बस्यो ।
बैठकमा नगर प्रमुख प्रजापतिले कोभिडको सङ्क्रमण घट्दै गए पनि जोखिममुक्त भइनसकेको अवस्थामा यस वर्षको दसैँ सुरक्षितरूपमा मनाउनुपर्ने बताउनुभयो । दसैँमा शान्ति सुरक्षाको व्यवस्थापन चुनौतीपूर्ण हुने बताउँदै पूजाआजा नरोक्ने, भिडभाड हुन नदिने, सामाजिक दूरी कायम गर्ने र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने गरी मनाउन जनतालाई आह्वान गर्ने उहाँले बताउनुभयो ।
बैठकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड – १९ रोगको सङ्क्रमण घट्दै गए तापनि त्यसको जोखिम भने अझै कायम रहेको वर्तमान जटिल अवस्थालाई मध्यनजर गर्दै सामान्यरूपमा मनाउने भक्तपुर तलेजुभित्र हुने सबै पूजामा बलि नदिई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई पुजारीहरूबाट नित्य पूजामात्र गर्ने व्यवस्था मिलाउन पुजारी र नगरवासीहरूलाई आग्रह गर्ने निर्णय ग¥यो ।
बैठकले घटस्थापनादेखि दशमीको दिनसम्म नगरका विभिन्न शक्ति पीठहरूलगायत धार्मिक स्थलहरूमा हुने मेला, पूजा र नवरातहरूमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भिडभाड नगर्न र सामाजिक दूरी कायम गरी कोभिड १९ रोगको सङ्क्रमणबाट बच्न र बचाउन सम्पूर्ण नगरवासीहरूलाई आह्वान गर्ने निर्णय ग¥यो ।
उक्त बैठकले दशमीको अवसरमा हुने सम्पूर्ण पूजाआजा, मेला, धार्मिक र सांस्कृतिक गतिविधि हुने सबै स्थानहरूमा शान्ति सुरक्षा र अन्य आवश्यक व्यवस्था मिलाउन जिल्ला प्रशासन, प्रहरी, वडा कार्यालय र स्थानीय टीम क्लवहरूसँग सहकार्य गर्ने निर्णय ग¥यो ।
बैठकमा भक्तपुरका प्रजिअ रुद्रादेवी शर्माले चाडपर्वमा कोभिड फैलने जोखिम बढी भएको बताउँदै स्थानीय तह, जिप्रका, प्रहरी प्रशासन र विभिन्न सङ्घ संस्थाको संयुक्त प्रयासबाट दसँै शान्तिपूर्ण र सुरक्षित बनाउनुपर्ने बताउनुभयो ।
बैठकमा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, वडा नं. ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्य, प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठ, गुठी संस्थान कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्य, तलेजुका पुजारीहरू पद्मलोचन कर्माचार्य र सिद्धिविर कर्माचार्यलगायतले यस वर्षको दसैँलाई सामान्यरूपमा सीमित गरी कोभिड सङ्क्रमणबाट बच्न र बचाउन सबैले आ–आफ्नो तर्फबाट भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *