तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
धरान, ३ कार्तिक । ‘सुसूचित सहमति’ (Informed Consent) शीर्षकमा विविध कार्यक्रमसहित सन् २०२१ को बायो–इथिक्स दिवस मनाइएको छ । मानव जीवन, समाजसम्बन्धी चिकित्सा, शिक्षा, शोधलगायत यावत क्रियाकलाप र व्यवहारमा पर्याप्त जानकारीसहित सचेत भएर कुनै पनि निर्णय, सहमति गर्दा असङ्गत कुराहरू कम भएर नितिगत र सङ्गत परिणाम ल्याउन सकिन्छ भन्ने नारासहित बायोइथिक्स दिवस मनाइएको हो । बायो–इथिक्स नेपाल एकाइबाट आयोजित विविध कार्यक्रमहरूमा नेपालका विभिन्न मेडिकल कलेजहरूबाट सहभागिता भएको हो । यस वर्षका विभिन्न चेतनामूलक कायक्रमहरूको मङ्गलबार अक्टोबर १९ का दिन बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समापन भएको हो ।
नेपाल एकाइका प्रमुख तथा नेपालका लागि यस कार्यक्रमका संयोजक प्रा.डा. धनरत्न शाक्यको अध्यक्षतामा सम्पन्न भर्चुअल कार्यक्रममा बायोइथिक्सकोे एसिया प्यासिफिक तथा शिक्षा विभागका प्रमुख अस्ट्रेलियाका प्रा.डा. रसेल डिसुजा प्रमुख अतिथि हुनुहुन्थ्यो । प्रा.डा. रसेल डिसुजाले यस वर्षको नाराबारे चर्चा गर्नुभयो । कार्यक्रममा अतिथिहरू एकाइकी पूर्व प्रमुख प्रा.डा. रूपा राजभण्डारी सिं, नेपाल स्वास्थ्य परिषदका सदस्य सचिव डा. प्रदिप ज्ञवाली तथा बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन प्रा.डा. शिवेन्द्र झाले यस वर्षको नारा, नेपाल एकाइलगायत यसको महत्वबारे प्रकाश पार्नुभयो । विद्यार्थीद्वय नवीन अधिकारी र एलिसा श्रेष्ठ कार्यक्रम सञ्चालक रहेको सो सत्रमा बायोइथिक्सको महत्वपूर्ण सिद्धान्त यस वर्षको नाराले मानव व्यवहार व्यक्तिगत मात्र नभई समाज र राज्यस्तरमै सङ्गत र नीतिगत व्यवहारका लागि आधार तयार हुने धारणा राख्नुभयो । कार्यक्रममा आयोजक समितिका सदस्य डा. अशोक ऐर, डा. सुमित शर्मा, डा. प्रशन्न सुवेदी, विद्यार्थी सङ्कायका सशाङ्क भट्टराई र सिबिका मल्लले मन्तव्य व्यक्त गर्नुभयो ।
कार्यक्रमकै दोस्रो चरणमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रा.डा. धनरत्न शाक्य, प्रा.डा. सङ्घरत्न बज्राचार्य, प्रा.डा. रविराम श्रेष्ठ, प्रा.डा. तारा शाह, डा. रीता खड्का, डा. सरुण कोइराला, डा. किशोर गुरुङ, डा. सन्दिप शाह, डा. उज्वल गौतम र खेमचन्द्र सुवेदीलगायतबाट स्वास्थ्य, सेवा, नर्सिङ, अनुसन्धान, चिकित्सा शिक्षा, ल्याब, कानुन, दन्तचिकित्सा, जनसमुदाय र मानसिक स्वास्थ्यजस्ता विविध कोणहरूबाट विश्लेषण र जानकारीमूलक प्रस्तुति भयो । सो क्रममा विविध प्रतियागिताहरू निबन्ध, पोस्टर, फोटोहरू र कविताको परिणाम पनि घोषणा भयो । फोटो प्रतियोगितामा डा. बोलबम रजक र अपेक्षा उप्रेती, निबन्धमा रिचा कोइराला, विजया राजभण्डारी, सागर कार्की र सन्देश काफ्ले, कवितामा मानव पन्थी र सुयोग झा तथा आर्ट पोस्टरमा शशाङ्क भट्टराई र रिचा कोइराला पुरस्कृत हुनुभयो । नेपालको तर्फबाट सहभागी शशाङ्क भट्टराईको पोस्टरका लागि नेपाल यस वर्षको अन्तर्राष्ट्रिय प्रतियोगितामा द्वितीय भएको छ ।
कार्यक्रमका संयोजक नेपाल एकाइ तथा प्रतिष्ठानको मानसिक रोग विभाग प्रमुख प्रा.डा. धनरत्न शाक्यले बायोइथिक्सबारे छलफल, अध्ययन, मन्थन र मननको यस्ता अवसर र कार्यक्रमहरूबाट नियमित र विस्तारित हुँदै जाने शुभेच्छा राख्नुभयो । उहाँले यस वर्षको नाराले सबैलाई परस्परमा सुसूचित र सहमत हुँदै मानव व्यवहार नितिसङ्गत बनाउनको लागि आवश्यक मनन्, चिन्तन, मन्थन गर्न र अभ्यासहरू अवलम्बन गर्न घच्घच्याएको धारणा राख्नुभयो । विश्वभरि नै सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१३ मा संलग्न भएको हो । सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाइँदै आएको छ । युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नीतिनियम (इथिक्स) को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिएको छ ।
Leave a Reply