तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
रौतहट, ६ कार्तिक । नेपाल मजदुर किसान पार्टीले सुनसरी, मोरङ र झापा जिल्लामा एमसीसी सम्झौताको विरोधमा जुलुस र सभाको आयोजना ग¥यो ।
मोरङ
एमसीसी सम्झौता खारेजीको माग गर्दै शनिबार नेमकिपाले मोरङको विराटनगरमा विरोध जुलुस र सभाको आयोजना ग¥यो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले एनजीओ र आईएनजीओमार्फत अमेरिकी साम्राज्यवादले नेपाललाई खोक्रो बनाउन खोजेको बताउनुभयो । उहाँले नेपालका शासक दल, केही बुद्धिजीवी र पत्रकारहरूले एमसीसीको डलर खाएर सम्झौताको पक्षमा बोलिरहेको चर्चा गर्दै देशभक्त पत्रकार र बुद्धिजीवीहरूले एमसीसीको विरोध गर्नुपर्ने बताउनुभयो ।
नेमकिपाका पूर्वकेन्द्रीय सदस्य नरेन्द्र हुमागाईँले एमसीसीको परियोजना सञ्चालन गर्न भारतको अनुमति लिनुपर्ने प्रावधानले नेपाललाई भारत र अमेरिकाको चङ्गुलमा फसाउने षड्यन्त्र भइरहेको स्पष्ट छ भन्नुभयो ।
उहाँले सर्तसहितका अनुदान सहयोगमात्र नभई लगानी हुने उल्लेख गर्दै एमसीसी सम्झौता पास गर्न नेपालका शासक दलहरू विदेशीको दलाल बनेको बताउनुभयो ।
नेक्राविसङ्घ १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक प्रकाश गुरूङले एमसीसी सम्झौतामार्फत अमेरिकाले नेपाललाई आफ्नो मुठीमा पार्ने जालो बुनेको बताउँदै भ्रष्टाचार नियन्त्रण, स्रोत नखुलेको सम्पत्ति र कालो धनमात्र जफत गर्ने हो भने देशले एमसीसीको सहयोग रकमभन्दा धेरै गुणा आम्दानी गर्नसक्ने बताउनुभयो ।
नेपालको संविधान र कानुनभन्दा माथि रहने एमसीसीको प्रावधानले देशको सार्वभौमिकता र स्वतन्त्रतामाथि प्रहार भएको संयोजक गुरूङको भनाइ थियो ।
विराटनगरको भट्टा चोकदेखि सुरू भएको विरोध जुलुस महेन्द्र चोकमा पुगी सभामा परिणत भएको कार्यक्रममा नेमकिपा तेस्रो मोरङ जिल्ला सम्मेलन तयारी समितिका संयोजक शालिकराम राउतले एमसीसी सम्झौता देश हितविपरित रहेको बताउनुभयो ।
इटहरी
एमसीसी सम्झौताको विरोधमा शनिबार सुनसरीको इटहरी बजारमा नेमकिपाले विरोध जुलुस तथा सभाको आयोजना ग¥यो ।
सभामा नेमकिपाका राजेन्द्र माकले शासक दलका नेताहरूको जालझेल र षड्यन्त्रबाट सचेत र सजग हुनुपर्ने बताउनुभयो । उहाँले एमसीसी सम्झौता अमेरिकी साम्राज्यवादको हिन्द प्रशान्त सैन्य रणनीतिको अङ्ग भएको हुँदा यो सम्झौता खारेज गर्नुपर्छ भन्नुभयो ।
नेमकिपा १ नं प्रदेश समितिका सदस्य शालिकराम राउतले एमसीसी सम्झौताको विषयमा नेमकिपाले विभिन्न जिल्ला–जिल्लामा विरोध जुलुस र कोणसभामार्फत नेपाली जनतालाई सुसूचित बनाउने अभियान चलाइरहेको बताउनुभयो ।
इटहरी बजार परिक्रमापछि भएको कोणसभामा नेक्राविसङ्घ १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिका सचिव रमेश प्रजापतिले सडक र सदनमा एमसीसीको विरोध गर्ने एकमात्र पार्टी नेमकिपा रहेको बताउँदै न्यायालयका न्यायमूर्तिहरूसमेत मन्त्री पद र सत्ताको भागबन्डामा लाग्नु विडम्बनापूर्ण रहेको बताउनुभयो ।
उहाँले जुन देशमा अमेरिका शान्ति, सुशासन र प्रजातन्त्रको हवाला दिएर पसेको छ, ती देशहरूलाई तहसनहस र ध्वस्त बनाएर फर्केको बताउनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका दिनेश खड्गीले पनि एमसीसी सम्झौता देश हितविपरीत भएको विचार व्यक्त गर्नुभयो ।
झापा
नेमकिपाले एमसीसी सम्झौताको विरोधमा झापाको दमक बजारमा शनिबार विरोध सभाको आयोजना ग¥यो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सदस्य राजकृष्ण गोराले सम्झौता पास गरिए नेपाल दीर्घकालसम्म अमेरिकी साम्राज्यवादको उपनिवेश बन्ने खतरा रहेको बताउनुभयो ।
नेक्राविसङ्घका किरण गोसाईले एमसीसीमार्फत अमेरिकाले नेपालको प्राकृतिक स्रोत साधनमाथि कब्जा जमाउन खोजेको बताउनुभयो ।
उहाँले नेपाल हिन्द प्रशान्त सैन्य रणनीतिको हिस्सेदार बन्दा नेपालको परराष्ट्र नीतिमा समेत असर पुग्ने र भोलि युद्धको चपेटामा पर्ने हुँदा कुनै पनि हालतमा सम्झौता खारेज गर्नुपर्ने बताउनुभयो ।
Leave a Reply