भर्खरै :

होटेल रेस्टुरेन्टको अनुगमन आवश्यक

बढ्दो सहरीकरण सँगसँगै खुलेका विभिन्नखाले पसलहरूले मानिसहरूलाई सेवा सुविधा दिइरहेका छन्, यो सकारात्मक पाटो हो ।
हिजोआज जिब्रोको स्वादको लागि खोलेका नयाँ होटल÷रेस्टुरेन्टहरूका कारण मानिसले फरक फरक स्वादका खानेकुरा खान पाइरहेका छन् । तर, होटल रेस्टुरेन्टमा पाइने खानेकुरा खान योग्य छ वा छैन ? यो कसैको सरोकारको विषयजस्तो लाग्दैन ।
कमलविनायक क्षेत्रमा बस्ती तथा पसलहरूको विस्तारसँगै मौलाएको विकृति र फोहोरका कारण आधुनिकताको नाममा मानिसमा नैतिक चरित्र गुम्दै गएको हो कि भन्ने धेरैलाई लागेको छ । कमलविनायक क्षेत्रमा खुलेका नयाँ नयाँ होटल तथा रेस्टुरेन्टमा हिजो–आज लाइभ म्युजिकले वातावरणमा प्रतिकूल असर पर्नुका साथै खानेकुरा र पेय पदार्थका सीसीहरू जताततै फाल्ने गर्नाले दिनप्रतिदिन अशोभनीय हुँदै गइरहेको छ ।
ती रेस्टुरेन्टहरू राति अबेरसम्म सञ्चालन हुने, हो हल्ला गर्ने र विदेशी गीत गुञ्जाउनेजस्ता क्रियाकलाप बढिरहेको विषयमा स्थानीय तह एवम् सुधार समितिहरूको ध्यान जानुपर्छ । यस प्रकारका विकृतिहरू हटाउने विषयमा के सरोकारवालाहरूले पहल गर्नुपर्दैन ? रातभरि हहो हल्ला भए पनि के चुप लागेर बस्न मिल्छ ? के के बेच्ने गर्छन् ? कति बजेसम्म सञ्चालन गर्न मिल्ने हो ? यतातर्फ ध्यान खोइ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *