भर्खरै :

चितवनमा कुम्भ मेला

एमालेको दसौँ महाधिवेशनको रौनक छ– चितवनमा । पदको भागबन्डा तिनका नेता कार्यकर्ताहरूमाझ चासोको विषय बनिरहँदा पचास लाख (!) खर्चिएर नारायणी नदी किनारमा बनेको महाधिवेशन उद्घाटन सत्रको मञ्चले भने जनतामा के के न होला जस्तो भएको छ ।
एमालेको महाधिवेशन चितवनमा हुँदै गर्दा विशेषतः होटल व्यवसायीहरू मख्खै छन् । सौराहाको सबै होटल लजहरू बुकिङ हुँदा करोडौँ रूपैयाँ बराबरको कारोबार हुनेछ । एमाले पार्टीले लज भाडामात्रै चार करोड आकलन गरेको छ । करोडौँ अर्बौँ रूपैयाँ खर्चिन एमाले पार्टीलाई कहाँबाट पैसा आउँछ ? यहीँ नै सामान्य जनताको कौतुहलताको विषय हो । पार्टीको सम्मेलन, महाधिवेशन हुनु ठुलो कुरा रहेन । त्यस पार्टीको संस्कार र व्यवहार महत्वपूर्ण रहन आउँछ ।
एमालेमा ठूलठूला पँुजीपतिहरू छन् । एमाले पुँजीपतिहरूको पार्टी हो । एमालेमा गुन्डाका नाइकेहरूको हालिमुहालि छन् । एनजीओ आईएनजीओ सञ्चालकहरू एमालेमा छन् । भ्रष्ट ठेकेदार, मेनपावरका दलालीहरू एमाले पार्टीमा आस्रित रहेर बसेका छन् । यिनीहरूलाई एउटा कार्यक्रमको लागि करोडौँ अर्बौँ रूपैयाँ खर्च गर्न कुनै गा¥हो पर्दैन । अझ पार्टीमा लागेर गलत काम गरेर पैसा कुम्ल्याएकाहरूलाई पार्टीको कार्यक्रमहरूमा पैसा खन्याउनु भनेको लगानी गर्नु सरह ठान्छन् । त्यसैले पनि एमालेको महाधिवेशनमा भड्किलो खर्च, रिमिझिम हुनुमा कुनै आश्चर्य नहोला ।
एमालेले देशभक्ति हो भनेर अलिकति मात्रै देखाउने हो भने देशघाती एमसीसी सम्झौतालाई खारेज गरेको घोषणा महाधिवेशनबाट आउनुपर्दछ । सामान्य जनताले एमालेको दसौँ महाधिवेशनबाट यतिमात्रै आशा गरेका छन् । दसौँ महाधिवेशनले कोरोनाले ग्रसित बनेका चितवन सौराहाका होटल व्यवसायीहरूले भने राहत महसुस गरेका छन् । कम्युनिस्ट पार्टी दाबी गर्ने एमालेमा नेताको चाप्लुसी गर्नेहरू, पैसा, सम्पत्ति हुनेहरू नै नेता बन्ने, पदमा पुग्ने रहेछ भन्ने गुनासो तिनकै सोझा कार्यकर्ताहरूबाट सुनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *